लिस्बनस्थित नेपाली राजदूतावासले १६ अप्रिलबाट सेवा सुरु गर्ने



प्रकाशित मिति : चैत्र ३१, २०८१ आईतबार

लिस्बनस्थित नेपाली राजदूतावासले १६ अप्रिलबाट सेवा सुरु गर्ने

नेपाल सरकारको निर्णयअनुसार स्थापना भएको लिस्बनस्थित नेपाली राजदूतावासले आगामी बुधबार, १६ अप्रिल २०२५ देखि औपचारिक रूपमा सेवा सुरु गर्ने भएको छ। राजदूतावासले लिस्बनको पेरो द अलेंक्वेर मार्ग २९, १४००-०६९ ठेगानामा रहेको भाडाको भवनबाट नियमित सेवा सञ्चालन गर्नेछ।

यसअघि राजदूतावासको स्थापना प्रक्रिया पूर्ण नहुँदा पेरिसस्थित नेपाली राजदूतावासमार्फत घुम्ती कन्सुलर शिविर र कागजात वितरण सेवा प्रदान गरिएको थियो। अब लिस्बनमा स्थायी कार्यालयबाट सेवा सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ।

राजदूतावासले कागजात प्रमाणीकरणजस्ता तत्काल आवश्यक सेवाका लागि ११ अप्रिल २०२५ सम्म पेरिसस्थित राजदूतावासको बैंक खातामा शुल्क जम्मा गरी सेवा लिन सकिने जनाएको छ। त्यसपछि सबै सेवा लिस्बनबाटै उपलब्ध हुनेछ।

लिस्बनस्थित नेपाली राजदूतावासले १६ अप्रिलबाट सेवा सुरु गर्ने

लिस्बनस्थित नेपाली राजदूतावासले १६ अप्रिलबाट सेवा सुरु गर्ने

सेवाग्राहीहरूलाई अनावश्यक भीडभाडबाट बच्न अनुरोध गरिएको छ। तत्काल सेवा आवश्यक परेकाहरूलाई मात्र सुरुमा राजदूतावासमा सम्पर्क गर्न भनिएको छ। अन्य नागरिकले आफ्नो सुविधाअनुसार पछि सेवा लिन सक्नेछन्।

राजदूतावासको वेबसाइट हाल तयारीको अन्तिम चरणमा छ। सेवा सुरु भएपछि त्यहाँबाट थप जानकारी प्राप्त हुनेछ। कुनै जिज्ञासा वा सुझाव भएमा दूतावासमा इमेल गर्न अनुरोध गरिएको छ।

यसै क्रममा पोर्चुगलस्थित सातवटा नेपाली संस्था र व्यक्तित्वहरूले संयुक्त रुपमा एक सूचना जारी गर्दै राजदूतावास स्थापनाको ऐतिहासिक सफलतामा सबैको योगदानको कदर गरेका छन्। उनीहरूले लामो समयदेखि पोर्चुगलवासी नेपाली समुदायले उठाउँदै आएको मागलाई सम्बोधन गर्दै नेपाल सरकार, मन्त्रिपरिषद्, राजनैतिक दल, तथा अन्य सम्बद्ध निकायहरूलाई हार्दिक धन्यवाद ज्ञापन गरेका छन्।

संयुक्त सूचनामा भनिएको छ, “नेपाली दूतावास – लिस्बन स्थापनाको लागि सबै प्रकारको सहयोग गर्नु हुने सघ – संगठन तथा व्यक्तिहरुलाई वैचारिक समन्वयन समितिका तर्फ बाट हार्दिक अभिवाद व्यक्त गर्दछौ । साथै पोर्तुगल स्थित नेपाली जनसमुदायको मागलाई सम्बोधन गर्दै नेपाल – पोर्तुगल सम्बन्ध विकासका लागि दूतावास स्थापना गरिएको प्रति नेपाल सरकार -मन्त्रिपरिषद्, राजनैतिक दल तथा सरोकार राखिदिनु हुने मानननीय महानुभाव व्यक्तित्वहरुलाई हार्दिक अभिवाद व्यक्त गर्दछौ ।”

“पोर्तुगल स्थित वैचारिक, सामाजिक, जातिय, लैंगिक, क्षेत्रीय, सामाजिक व्यक्तित्व लगायत नेपाली जनसमुदायको लामो प्रयास र निरन्तर अभियानको फलस्वरुप स्थापना हुन आएको नेपाली दूतावास – लिस्बनले कुटनैतिक तथा प्राविधिक तयारीका कारण केही दिनहरुका साथ अत्यावश्यक तयारी पुरा गर्दै आफुले काम सम्पादन गर्न सहजैको कुरा पोर्तुगलवासी सम्पूर्ण नेपाली जनसमुदायलाई जानकारी गराउँछ,” संयुक्त सूचनामा भनिएको छ ।

लिस्बनस्थित नेपाली राजदूतावासले १६ अप्रिलबाट सेवा सुरु गर्ने

संयुक्त सूचनामा हस्ताक्षर गर्ने संस्थाहरुमा जनसम्पर्क समिति, प्रवासी नेपाली मञ्च, नेपाली जनगणतान्त्रिक मञ्च, प्रवास नेपाली सम्पर्क विभाग, नेपाली समाज, प्रवासी नेपाली एकता मञ्च लगायत रहेका छन्।

कभर फोटोमा पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेलले पोर्चुगलका राष्ट्रपति महामहिम मार्सेलो नुनो डुआर्टे रेबेलो डी सूसा समक्ष मार्च ३१ मा लिस्बनस्थित बेलेम प्यालेसमा आयोजित एक औपचारिक समारोहकाबीच आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्दै ।





Source link

Leave a Comment