सुस्वागतम् नयाँ वर्ष २०८२ : RajdhaniDaily.com


श्रीगणेशाय नमः । स जयति सिन्धुरवदनो देवो यत्पादपंकजस्मरणम् । वासरमणिरिव तमसां राशीन्नाशयति विघ्नानाम् ।।
सिद्धार्र्थिवत्सरे भूपाः शान्तवैरास्तथा प्रजाः । सकला वसुधा भाति बहुसस्यार्घवृष्टिभिः । रौद्राब्दे नृपसम्भूतसंक्षोभक्लेशभागिनः । सततं त्वखिला लोका मध्यसस्यार्धवृष्टयः ।।

यो वर्ष विसं २०८२ साल, ६० संवत्सरमध्ये कालयुक्त नामको संवत्सर समाप्तिसँगै सिद्धार्थी नामक संवत्सर सुरु भएको छ । सौरमानअनुसार अर्को साल भने रौद्र नामको संवत्सर हुनेछ । १७ चैत, शुक्लपक्षको प्रतिपदादेखि नै अहिलेको संवत्सर सुरु भइसकेको हो । सिद्धार्थी संवत्सर आगमनसँगै जनता र शासकका बीच वैरभावको अन्त्य हुने सम्भावना देखिन्छ । आम जनतामा खुसीको सञ्चार हुनेछ । सौर्यमण्डलमा यस वर्षका राजा सूर्य र मन्त्री चन्द्र हुनेछन् । फलतः अघिल्लो सालजस्तो निराश नहुनुपर्ने हो तर वर्ष अधिक राम्रो भने नदेखिने भयो ।

राजा सूर्यको फल
सूर्ये नृपे स्वल्पफलाश्च मेघाः स्वल्पं पयो गोषु जनेषु पीडा । स्वल्पं सुधान्य फलमल्पवृक्षाश्चौराग्निबाधा निधनं नृपाणाम् ।।

राजा सूर्यका कारण वर्षा न्यून हुनेछ, कृषि, गोधनको कमी र दुग्ध पदार्थको उत्पादनमा कमी हुने सम्भावना छ । उत्पादनमा कमी आउँदा आपूर्ति प्रणालीमा संकट हुन सक्छ । गत वर्ष धानको उत्पादन वृद्धि भए पनि धान–चामलको आयातमा कमी नभई मूल्य वृद्धि नै भएभैंm यस वर्ष पनि कृषिउपजको मूल्य अस्थिर रहने देखिन्छ । फलपूmल पनि देशले आयात गरिरहेको सन्दर्भमा यस वर्ष पनि यस्ता वस्तुको आयात घट्ने छाँट दखिएन । अग्नि प्रकोप, वनडढेलो, चट्याङ, हुरी, बतास र जन–धनको क्षतिमा कमी हुने देखिएन । चोरी, हिंसा, अभद्र व्यवहार, आम जनमानसमा निराशाकै वर्ष देखिन्छ । चोर, फटाहाहरूको बिगबिगीमा कमी आउने देखिँदैन । सामाजिक संस्कारमा चुनौती रहेको छ । रोगको भय, शासक वर्गमा क्रूरता, विग्रह, जनतामा दुःख, कष्टले यस वर्ष पनि नछोड्ने भयो । मेघ, बादलको सम्भावना अधिक रहे पनि वर्षाको न्यूनताले अनाजको कमी देखिन्छ । र, राज्य सञ्चालनमा रहेका कुनै प्रतिष्ठित व्यक्तिको निधनको पनि सम्भावना छ ।

कार्यकारी मन्त्री चन्द्रको फल
शशिनि मन्त्रि गते बहुसस्यवत्यपि धरा रमते सुखमण्डिता । वियति वारिधरा बहुवर्षिणो जनपदाः सुखराशिसुशोभिता ।।

चन्द्रमा मन्त्री भएकाले राज्यमा साह्रै क्रूरता नहोला । सस्येश गुरु वृहस्पति भएकाले पनि जनतामा केही सकारात्मक चेत आउनेछ । धर्ती सुखी हुने संकेत मिलेको छ । जनता आशावादी हुनेछन् । सुख र समृद्धिको ढोका खुल्ला । आम जनमानसमा आध्यात्मिक, धार्मिक जागरण आउनेछ । अरूलाई दिएर, बाँडेर खाने देवत्वभाव जनतामा देखिनेछ । धान्येश मंगल छन्, अतः धान उत्पादनमा कमी र मूल्य वृद्धिको सम्भावना यताबाट पनि बढेको छ । चिनीको भाउ वृद्धि, उखु उत्पादनमा कमी देखिन्छ । मेघेश सूर्य रहेकाले जनतामा सन्तापको वृद्धि, वैकप्पिक अनाज गहुँ, जौ, चनाको उत्पादनमा भने कमी नहुने देखिन्छ । रसेश शुक्र छन् र जनतामा किञ्चित् सुखानुभूति हुनेछ । जलको सञ्चितिको उपाय खोजिनेछ । जल भण्डारण, रिचार्जको सम्भावना खोजिनेछ । चुरे दोहनमा कमी आउनेछ । निरशेष बुध रहेकाले इम्ब्राइडरी कार्य बुट्टा, तयारी पोसाक, डिजाइन र लत्ताकपडाको भाउ तीव्र रहनेछ । खासगरी सौन्दर्यका सरसामानको भाउ अस्थिर हुनेछ ।

सिमानाको रक्षा गर्ने दुर्गेश सूर्य छन् र देशको सीमा रक्षा गर्न सुक्षाकर्मी तैनाथ हुनेछन् । पूर्वाधार विकास निर्माणमा राज्यले पुँजीगत खर्च गर्न नसकेको सन्दर्भ यस वर्ष पनि रहनेछ तर अतीतजस्तो विकास निर्माणमा खिन्न हुनुपर्ने छैन । योजना, आयोजनामा विगतजस्ता उल्झन नआई सामान्य रूपमा सञ्चालित हुने देखिन्छ

फलेश शनि रहेकाले कलह वृद्धि हुने, भैmझगडा, मारकाटको सम्भावना रहन्छ । चोरी, हिंसा वृद्धि हुनेछ र चिसो, हिमपात, बेमौसमको समस्या सामना गर्नुपर्नेछ । धनेश बुध छन् । व्यापारकै काम बढ्नेछ । लगानी उत्साहजनक नहुने र व्यापार वृद्धिले व्यापारघाटा र ऋणमा कमी हुने देखिँदैन र बैंकहरूमा अधिक तरलता कायमै रहनेछ । औद्योगिक कलकारखानामा मन्दी हुँदा मानिस विदेश जाने क्रममा कमी देखिँदैन, स्वदेशमा रोजगारी सिर्जनाबाट राज्य पछि हटेको आभास हुनेछ । सिमानाको रक्षा गर्ने दुर्गेश सूर्य छन् र देशको सीमा रक्षा गर्न सुक्षाकर्मी तैनाथ हुनेछन् । पूर्वाधार विकास निर्माणमा राज्यले पुँजीगत खर्च गर्न नसकेको सन्दर्भ यस वर्ष पनि रहनेछ तर अतीतजस्तो विकास निर्माणमा खिन्न हुनुपर्ने छैन । योजना, आयोजनामा विगतजस्ता उल्झन नआई सामान्य रूपमा सञ्चालित हुने देखिन्छ । समग्रमा शुभाशुभ फल मिश्रित वर्ष हुनेछ यो । कुण्डलीको बाह्रौं घरमा पाप ग्रह शनि र राहुका साथमा बुध अनि शुक्र रहेकाले राजनीतिकर्र्मीले सस्तो लोकप्रियता बाँड्न छोड्दैनन् र राज्यको ढुकुटीमा दोहन गर्ने कार्यमा कमी हुन्न । आयोजनाको कार्यान्वयनमा राज्यको रकम दुरुपयोग घट्ने देखिन्न । द्वादशभावका पाप ग्रहले देशको खर्च असन्तुलन भई बजेट घाटामा कमी हुन दिँदैनन् । दोस्रो घरमा गुरु बसेकाले खर्च सन्तुलनको प्रयास हुन्छ तर कमजोर । छैटौं केतु रहेकाले रोग वा देशका शत्रुमा कमी आउने सम्भावना छ तर परराष्टृ नीति सन्तुलन र असंलग्नमा रहने प्रण भने राज्यले गर्न नसकेको अनुभूति हुनेछ ।

१७ चैतदेखि नै सिद्धार्थी नामको संवत्सर सुरु भई विक्रम संवत् २०८२ सुरु भएकोे छ । नयाँ वसन्त, नयाँ उत्साह, नवीन वर्षले नयाँ जोस र जाँगर प्राप्त रहोस् । सबै नेपाली स्वदेश वा विदेश जहाँ बसे रहे पनि वर्षभरि नै शुभ रहोस् भन्ने शुभकामना । श्रीशाके १९४७, श्रीसंवत् २०८२ सिद्धार्थी नामक संवत्सर, सूर्य उत्तरायण, वसन्त ऋतु, वैशाख कृष्ण प्रतिपदा तिथि, स्वाती नक्षत्र, बज्र योग, कौलव करण सोमबार, प्रातः ५ः५१ बजे प्रवादनकालमा सूर्य मीन राशिबाट मेष राशिमा प्रवेश गर्दै चैत सकिएर वैशाख महिना सुरु भई नयाँ वर्षको आरम्भ हुँदै छ । तिथि, बार, नक्षत्र, योग र करण मिलेर बनेको पञ्चांगको श्रवण मात्रैले पनि गंगास्नानको फल मिल्ने शास्त्रीय मान्यता छ । वर्षमा जम्मा ६० वटा संवत्सर हुन्छन् । क्रमिक परिवर्तन हुने क्रममा यो वर्ष ५३औं संवत्सर सिद्धार्थी हो । आउने वर्ष रौद्र नामको संवत्सर हुनेछ । सृष्टि सुरु भएको १ अर्ब ९५ करोड, ५८ लाख, ८५ हजार १ सय २६ वर्ष व्यतीत भएको छ । कलि आरम्भको समय भने ५ हजार १ सय २६ वर्ष व्यतीत भएको छ । यो वर्ष इसं २०२५–२०२६ हो भने नेपाल संवत् ११४५–४६ हो । यो वर्षको सूर्य राजा र मन्त्री चन्द्र हुन् ।

यो वर्ष शनि पूरै मीन राशिमा रहनेछन् । अतः यो राशिलाई मध्य साढेसाती रहनेछ भने कुम्भ राशिलाई अन्त्य साढेसाती रहनेछ । मेष राशिलाई वर्षभरि आद्य साढेसाती, सिंह र धनु राशिलाई वर्षभरि अढैया शनि हुनेछ । यस्ता दोष भएकालाई भूmटा आरोप लाग्ने, शत्रु भय हुने, मनमा चिन्ता हुने, सञ्चित धनको नोक्सानी हुने हुन्छ । चोटपटकको डर, काममा ढिलाइ, मानसम्मानमा आघात विभिन्न समस्या हुन सक्छन् । आप्mनो जन्मकुण्डलीमा ग्रह उच्च छ । राम्रो स्थानमा बसेको छ । शनि ३, ६, ११ स्थानमा बसेको छ भने शुभ फल दिने हुन्छ । अशुभ फल दिने संकेत भएकाले शनिको विशेष साधना, मन्त्र, जप, पीपलमा जल, गायत्री, दीक्षा मन्त्र, नित्य पाञ्चायन पूजा, साधना, सूर्य, देवी, गणेश, शिव, विष्णु आदिको विशेष कृपा प्राप्तिका काम गर्नुपर्ने हुन्छ । नित्य उपासना, शरीर शुद्धि, पितृको सेवा, देवताको उपासना, सत्संगबाट मनलाई निर्मल गराउनुपर्ने हुन्छ । यथाशक्य दान पुण्य गर्नुपर्ने हुन्छ ।

समय शुद्धिको हिसावले हेर्दा यो वर्ष वृहस्पति २९ जेठ बिहीबार पश्चिममा अस्ताउनेछन् र २२ असार आइतबार पूर्वमा उदाउनेछन् । शुक्र ग्रह २७ मंसिरमा पूर्वमा अस्त र १५ माघमा पश्चिममा उदाउँछन् । गुरु, शुक्र अस्त भएका बेला हामीले गरेका काम उनीहरूले नदेख्ने भएकाले नित्य पूजाआजा र नैमित्तक पितृकार्यबाहेक अन्य काम्यकर्म गर्न निषेध छ, फल मिल्दैन । काम्य कर्म भन्नाले नयाँ स्थान, तीर्थ, मन्दिर आदि । नयाँ उद्यानको निर्माण, धाम आदि देवताको दर्शन, गृहारम्भ, प्रवेश, सप्ताह आदि । दीक्षा ग्रहण, व्रत उद्यापन, चूडाकर्म, व्रतबन्ध, विवाह, वधू प्रवेश, महादान, उपाकर्म आदि पर्छन् । नयाँ वर्ष आरम्भ हुँदा यो युगको समय ४ लाख ३२ हजार वर्षमध्ये जम्मा ५ हजार १ सय २६ वर्षमा प्रवेश हुनेछ भने सृष्टिको क्रम भने १ अर्ब ९५ करोड ५८ लाख ८५ हजार १ सय २६ वर्षमा हुनेछ । शनि प्रभावबाट बच्न भने ॐ शनैश्चराय नमः १०८ मन्त्र जप्दै पीपलमा पानी हाल्दा पनि हुन्छ । श्रीगणेशको सेवा त सधैं गर्नुपर्छ । नयाँ वर्षमा झन् गर्नैपर्छ । २०८२ भाद्र शुक्ल पूर्णिमा तिथिमा २२ भदौ खग्रास चन्द्रग्रहण छ र २९ फागुन पूर्णिमामा खण्डग्रास चन्द्रग्रहण छ । पहिलो ग्रहणले कुम्भ राशि बढी कष्टकर र पछिल्लो ग्रहण सिंह राशिलाई कष्टप्रद छ । अर्को वर्ष जेठमा अधिकमास छ ।

स्नानले तनशुद्धि, दानले धनशुद्धि, ध्यानले मनशुद्धि हुन्छ । दानमा महिना विशेष, समय विशेष तोकिएको छ । गाई, भूमि, तिल, वस्त्र, सुन धान्यादि वस्तुको दानले तन, मन, धन सबै पवित्र बन्छ । वैशाखमा जल र अन्नदानको महत्व बढी छ भने तप र पूजाको अधिक महत्व छ । स्नानले मात्रै पनि यी फल प्राप्त हुन्छन् । सकाम भावले स्नान गरे मनोरथ पूरा हुने र निस्काम भावले स्नान गरे जीवनमा परमगति प्राप्त हुन्छ । अन्य पुण्य कर्मले स्वर्ग प्राप्ति र पुण्य क्षीण भएपछि स्वर्गबाट फिर्ता हुनुपर्छ भने वैशाख स्नानबाट सदाका लागि दिव्यधाम प्राप्त हुने कुरामा शास्त्रहरूले गर्जन गरेका छन् । कलियुगमा सदा यज्ञ, हवनादि कार्य सम्भव हुँदैन । पर्वविशेषको तीर्थस्नानबाट यसको पूर्ति हुने कुरा शास्त्रले पुष्टि गरेका छन् । विभिन्न क्षेत्रमा गरिने पुण्यकर्मले सत्य, त्रेता, द्वापर आदि युगविशेषमा मानवले गर्ने सत्कर्मको फल प्राप्त हुने हुन्छ । मानवजीवनको उषाकाल सत्ययुग हो । ज्ञानको आरम्भको समय त्रेतायुग हो । ज्ञानको प्रयोगको समय द्धापरयुग हो । कलियुग धर्म र कर्म दुवैको समय हो, सबैलाई शुभकामना ।

(Visited 32 times, 1 visits today)





Source link

Leave a Comment