इजरायली नाकाबन्दीका कारण यूएन मिसनलाई गाजामा प्रवेशमा रोकावट



प्रकाशित मिति : चैत्र २९, २०८१ शुक्रबार

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का महानिर्देशक टेड्रोस एधानोम गेब्रेयससले गाजामा इजरायली नाकाबन्दीका कारण राष्ट्रसङ्घका ७५ प्रतिशत मिसनलाई गाजा प्रवेश गर्नबाट रोकिएको बताएका छन् ।

जेनेभामा पत्रकार सम्मेलनमा बोल्दै डा टेड्रोसले मार्च २ देखि गाजामा इजरायलले लगाएको पूर्ण नाकाबन्दीले खाद्यान्न तथा चिकित्सालगायतका आधारभुत वस्तुको आपूर्तिसमेत रोकिएको बताए ।

गत हप्तामा मात्रै संयुक्त राष्ट्रसङ्घका ७५ प्रतिशत मिसनहरू रोकिँदा भोक कुपोषण आश्रय र पर्याप्त स्वास्थ्य सेवाको पहुँच अभावले रोग र मृत्युको जोखिम बढेको चेतावनी उनले दिएका छन् ।

इजरायली नाकाबन्दीका कारण यूएन मिसनलाई गाजामा प्रवेशमा रोकावट

इजरायली नाकाबन्दीका कारण यूएन मिसनलाई गाजामा प्रवेशमा रोकावट

उनले टेड्रोसले गाजाको स्वास्थ्य प्रणालीमा इजरायली आक्रमण जारी रहेको कुरामा जोड दिँदै सन् २०२३ अक्टोबर ७ देखि ४०० भन्दा बढी मानवतावादीहरू मृत्यु भएको बताए । उनले बढ्दो जोखिम र घट्दो आपूर्तिको बावजुद, गाजामा सहायता, स्वास्थ्य सेवा र निर्बाध मानवीय पहुँचका लगि तत्काल नाकाबन्दी हटाउन आह्वान गरेका छन् ।





Source link

Leave a Comment