अमेरिकी अदालतद्वारा एसोसिएटेड प्रेसलाई रोक नलगाउन ट्रम्प प्रशासनलाई आदेश



प्रकाशित मिति : चैत्र २६, २०८१ मंगलबार

अमेरिकी न्यायधीशले ट्रम्प प्रशासनलाई एसोसिएटेड प्रेसलाई राष्ट्रपतिका कार्यक्रमहरुमा पहुँच पुन प्रदान गर्न आदेश दिएका छन् ।

ह्वाइट हाउसले गल्फ अफ अमेरिका शब्दको विवादमा समाचार संस्थालाई प्रतिबन्धित गरेको थियो।

जिल्ला न्यायधीश ट्रेभर म्याकफ्याडनले प्रशासनको एसोसिएटेड प्रेसका पत्रकारहरूलाई प्रतिबन्ध लगाउनु कानुन विपरित रहेको भन्दै यसले यस्ता कार्यले अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी नगर्ने बताएका छन ।

अमेरिकी अदालतद्वारा एसोसिएटेड प्रेसलाई रोक नलगाउन ट्रम्प प्रशासनलाई आदेश

अमेरिकी अदालतद्वारा एसोसिएटेड प्रेसलाई रोक नलगाउन ट्रम्प प्रशासनलाई आदेश

एसोसिएटेड प्रेसले राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेश पछि गल्फ अफ मेक्सिकोलाई गल्फ अफ अमेरिकामा परिवर्तन गर्ने प्रशासनको नाम परिवर्तनलाई आफ्नो रिपोर्टिङमा स्वीकार गर्न नमानेपछि यो विवाद बाहिर आएको हो ।

प्रतिबन्धको कारण एसोसिएटेड प्रेस ह्वाइट हाउस र एयर फोर्स वनमा भएका कार्यक्रमहरुमा पहुँच पाएको थिएन । न्यायधीश म्याकफ्याडनलाई ट्रम्पले आफ्नो पहिलो कार्यकालमा नियुक्त गरेका थिए ।

पत्रकारहरूको दृष्टिकोणका कारण राष्ट्रपतिसँग सम्बन्धित कार्यक्रमहरुका ढोकाहरूलाई बन्द गर्न नमिल्ने न्यायधीशले बताए ।

एसोसिएटेड प्रेसले भाषामा असहमतिका कारण समाचार संस्थाको संवैधानिक अधिकारलाई उलङ्घन गर्दै पहुँचलाई ट्रम्प प्रशासनले प्रतिबन्धित गरेको बताएको छ।

फेब्रुअरीमा न्यायधीश म्याकफ्याडनले तत्काल राष्ट्रपतिका कार्यक्रमहरुमा एसोसिएटेड प्रेसको पहुँच पुन सुचारु गर्न अस्वीकार गरेका थिए।

अमेरिकी अदालतद्वारा एसोसिएटेड प्रेसलाई रोक नलगाउन ट्रम्प प्रशासनलाई आदेश

एसोसिएटेड प्रेसकी प्रवक्ता लरेन ईस्टनले समाचार संस्था अदालतको निर्णयबाट सन्तुष्ट रहेको बताइन । एसोसिएटेड प्रेसमाथिको प्रारम्भिक प्रतिबन्धको आलोचना गरेका विभिन्न संस्थाहरुले अदालतको निर्णयको स्वागत गरेका छन ।

एसोसिएटेड प्रेसले ट्रम्प प्रशासनका तीन वरिष्ठ अधिकारीहरू प्रेस सचिव क्यारोलिन लीभिट, मुख्य कर्मचारी सुसी वाइल्स, र डिप्युटी मुख्य कर्मचारी टेलर बुडोविच विरुद्ध अदालतमा मुद्दा दायर गरेको थियो । प्रतिबन्धलाई कानूनी उल्लङ्घन र प्रेस स्वतन्त्रता उल्लङ्घनको रूपमा दाबी गरिएको थियो ।





Source link

Leave a Comment