प्रकाशित मिति : चैत्र २५, २०८१ सोमबार
अमेरिकाको मध्यपश्चिम र दक्षिणी क्षेत्रहरुमा आएको आँधी र बाढीका कारण मृत्यु हुनेको संख्या २२ पुगेको छ ।
मृतकमा अधिकांश बालबालिका र वृद्धहरु रहेका छन । आँधी र बाढीले झण्डै २ मिलियन मानिस विजुलीविहिन भएर बस्नु परेको थियो ।
विद्यालय तथा सार्वजनिक क्षेत्रहरुमा आँधी र बाढीले क्षति पुराएको अधिकारीहरुले बताएका छन ।
क्षतिको विवरण संलकन भइरहेकाले आँधी र बाढीले कति नोक्सान गर्यो भनेर अनुमान गर्न नसकिएको बताइएको छ ।
अझै पनि धेरै ठाउँमा आँधी र बाढीको चेतावनी दिइएका कारण मृत्यु र घाइतेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।
मृतकहरु मध्ये आधा जति टेनेसी राज्यका रहेका छन । मिसोरीमा तीन , केन्टकीमा तीन जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन ।
इन्डियाना, मिसिसिपी, जर्जिया र अर्कान्सास राज्यहरूमा पनि बाढीका कारण मृत्यु भएका घटनाहरु रेकर्ड गरिएका छन ।
अकस्मात रुपमा बदलिएको मौसमले नदिहरूको पानीको मात्रा बढाएको छ । मौसम विभागले अझैपनि केहि स्थानहरूमा बाढीको संभावना रहेको चेतावनी दिएको छ ।
सोमबार ९ मिलियन अमेरिकीहरु बाढीको उच्च जोखिममा रहेका थिए । तर अहिले भने अबस्था कम हुँदै गएको छ ।
आँधी देशभर फैलिएको थियो । फ्लोरिडा, जर्जिया र क्यारोलिनासमा आँधीले अत्यधिक वर्षा गराएको थियो ।
यो मध्यपश्चिमका लागि कडा मौसमको हप्ता बनेको छ । दर्जनौं टर्नाडो आँधीहरु आएको रिपोर्ट गरिएको छ ।
मार्च महिनामा टर्नाडो, जंगली आगो र धूलोका आँधीले अमेरिकामा ४० जनाको मृत्यु भएको थियो ।



