ग्रीनल्याण्डलाई कब्जा गर्ने अधिकार अमेरिकालाई नरहेको डेनमार्कको भनाई



प्रकाशित मिति : चैत्र २१, २०८१ बिहीबार

ग्रीनल्यान्डलाई डेनमार्कले अमेरिकालाई हस्तान्तरण नगर्ने प्रष्ट पारेको छ । डेनमार्ककी प्रधानमन्त्री मेटे फ्रेडरिकसेनले आर्कटिक टापुमा भ्रमणको क्रममा यो धारणा सार्वजनिक गरेकी हुन ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्याण्डलाई नियन्त्रणमा लिने धम्की दिइरहेको बेला फ्रेडरिकसेनले अरुको देशलाई कब्जा गर्ने अधिकार अमेरिकालाई नरहेको बताइन ।

उनले सुरक्षा क्षेत्रमा नजिकको सहकार्य प्रस्ताव भने उनले गरेकी छन । फ्रेडरिकसेन ग्रीनल्यान्डका प्रधानमन्त्री जेन्स फ्रेडरिक नील्सन र उनका पूर्ववर्ती मुते एगेडेसँग उभिएर गीनल्याण्डलाई हत्तान्तरण नगरिने बताइन ।

ग्रीनल्याण्डलाई कब्जा गर्ने अधिकार अमेरिकालाई नरहेको डेनमार्कको भनाई

ग्रीनल्याण्डलाई कब्जा गर्ने अधिकार अमेरिकालाई नरहेको डेनमार्कको भनाई

गत हप्ता अमेरिकाकी उपराष्ट्रपति जेडी भान्सको नेतृत्वमा भएको अमेरिकी प्रतिनिधिमण्डलको विवादास्पद भ्रमण पछाडि उनको भ्रमण भएको हो । ग्रीनल्यान्ड र डेनमार्कमा भान्सको भ्रमणको आलोचना गरिएको थियो ।

भान्सले भ्रमणको क्रममा ट्रम्पको ग्रीनल्यान्डलाई अमेरिकाको नियन्त्रणमा ल्याउने इच्छालाई दोहोर्याएका थिए ।

उनले डेनमार्कलाई क्षेत्रीय सुरक्षा खर्चमा थप ध्यान दिन आग्रह पनि गरेका थिए । ग्रीनल्यान्डका लागि डेनमार्कले सार्वजनिक रूपले राम्रो काम नगरेको पनि भान्सले आरोप लगाएका थिए ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले बेल्जियमको ब्रस्सेल्समा डेनमार्कका विदेशमन्त्री लार्स लोक्के रासमुसनसँग भेट गरेका छन ।

भेटका क्रममा अमेरिका र डेनमार्क बीचको बलियो सम्बन्धको कायम गर्ने गरि छलफल भएको विदेश मन्त्रालयले निकालेको विज्ञप्तिमा भनिएको छ ।

ग्रीनल्याण्डलाई कब्जा गर्ने अधिकार अमेरिकालाई नरहेको डेनमार्कको भनाई

रासमुसनले अमेरिकी विदेश मन्त्री रुबियोले ग्रीनल्यान्डको आत्मनिर्णयको अधिकारलाई स्वीकार गरेको बताएका छन ।

फ्रेडरिकसेनले डेनमार्क आर्कटिक क्षेत्रमा आफ्नो सैन्य उपस्थिति सुदृढ गर्दै गरेको बताइन । अमेरिकासँग सुरक्षा क्षेत्रमा नजिकको सहकार्य प्रस्ताव पनि डेनमार्कले गर्ने उनले बताइन ।

धेरै मानिसहरूले डेनमार्ककी प्रधानमन्त्रीलाई स्वागत गरेका बताइएको छ । ग्रीनल्याण्ड टापुले ८० वर्षभन्दा बढी समयदेखि अमेरिकासँग सुरक्षा क्षेत्रमा सहकार्य गरेको छ ।

१९५१ मा डेनमार्क र अमेरिकाबीचको सम्झौतामा पिटुफिक स्पेस बेसको निर्माण गर्ने उल्लेख रहेको थियो ।

ट्रम्पले पहिलो कार्यकालमा ग्रीनल्यान्ड किन्ने धारणा प्रस्तुत गरेका थिए । पछिल्लो कार्यकालको सुरुवात मै टापुलाई अमेरिकी स्वामित्वमा ल्याउने आफनो इच्छा रहेको उनले बताउदै आएका छन ।

ग्रीनल्यान्ड संसारको सबैभन्दा ठूलो टापु हो । आर्कटिक र एटलान्टिक महासागर बीचमा यो रहेको छ । लगभग ३०० वर्षदेखि यो टापु डेनमार्कको नियन्त्रणमा रहेको छ ।

ग्रीनल्यान्डले आफ्ना आन्तरिक मामिलाहरूमा स्वायत्तता राखेको बताएपनि विदेश नीति र सुरक्षा निर्णयहरू डेनमार्कमा तय गरिन्छ ।





Source link

Leave a Comment