झण्डै २१ लाख नगदसहित हुण्डी कारोबारमा संलग्न चिनियाँ नागरिक काठमाडौंबाट पक्राउ



प्रकाशित मिति : चैत्र २१, २०८१ बिहीबार

नेपाल प्रहरीले २० लाख ९२ हजार नगदसहित हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा एक चिनियाँ नागरिकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा तीब्बत स्थायी वतन तथा सुजा–३ जोगिन्दर नगर, मडी भारत ठेगाना भई हाल काठमाडौँ महानगरपालिका–६ बौद्ध, बस्ने २६ वर्षीया रिक्शे वाङमो रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

उनले भने, “हिजो बुधबार १७ः३० बजेको समयमा महाबौद्धस्थित हुण्डी कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरी टोलीले निज वाङमो तथा निजको साथबाट रु २० लाख ९२ हजार नगद फेला पारी उक्त रकम सहित निजलाई नियन्त्रणमा लिएको हो ।”

झण्डै २१ लाख नगदसहित हुण्डी कारोबारमा संलग्न चिनियाँ नागरिक काठमाडौंबाट पक्राउ

झण्डै २१ लाख नगदसहित हुण्डी कारोबारमा संलग्न चिनियाँ नागरिक काठमाडौंबाट पक्राउ

पक्राउ परेका निज वाङमोलाई जिल्ला अदालत काठमाडौँबाट चार दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान सुरु भइरहेको प्रवक्ता बोहराले बताए ।

निजको साथबाट एक हजार दरको नोट थान एक हजार एक सय ८३ जम्मा रु ११ लाख ८३ हजार पाँच सय दरको नोट थान एक, आठ सय १८ जम्मा रु नौ लाख नौ हजार तथा आइफोन कम्पनीको मोवाइल एक थान बरामद गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।





Source link

Leave a Comment