राज्य चरित्रको पुनर्संरचना हुन अझै बाँकी: राष्ट्रपति


राष्ट्रपति रामचन्द्र पौडेलले राज्यको प्रशासनिक रुपमा पुनर्संरचना भएपनि राज्यको चरित्रको पुनर्संरचना हुन बाँकी रहेको बताएका छन्।

शनिबार महोत्तरीको मटिहानीमा शहीद केशव कोइरालाको प्रतिमा अनावरण पश्चात् मटिहानी नगरपालिकाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन्।

‘हामीले प्रशासनिक रुपमा राज्यको पुनर्संरचना गर्‍यौँ तल्लो भन्दा तल्लो तहमा रहेका जनताको पहुँचमा राज्यसत्ता पुगेको छ, तर राज्यको चरित्रको भने पुनर्संरचना हुन अझै बाँकी नै छ। राजनीतिक रुपमा जनताको सर्वोत्तम उपलब्धि गणतन्त्र हामीले प्राप्त गरेका छौ। तर गणतन्त्रको वास्तविक अर्थ बुझ्न र त्यसलाई अनुभूत गर्न बाँकी नै छ। गणतन्त्र भनेको शासन व्यक्तिको परिवर्तन मात्र होइन।’ उनले भने।

प्रकाशित: ३ चैत्र २०८० १६:५१ शनिबार





Source link

Leave a Comment