श्री ३ हरूको लोकतन्त्र देशबासीका लागि भारी महँगो छ । सामाजिक सञ्जालमा शेरचण्डओलीहरूको दिग्विजयलाई राणाहरूको १ सय ३ वर्षको जहानियाँ शासनका रूपमा हेरिएको छ । यिनैको इसारामा कठपुतलीको रूपमा चलेको लोकतन्त्र र गणतन्त्र लोभतन्त्र र गाँडतन्त्रको रूपमा परिचित छ । परिवारवादमा सीमित रहेको यो लोभतन्त्र भ्रष्टहरूका लागि उर्बर छ । ९० प्रतिशत यहाँको अर्थतन्त्र यिनकै वरिपरि चलायमान छ । औपचारिक रूपमा २० प्रतिशतको हाराहारीमा गरिबीको रेखामुनिको जलसंख्या बताइए पनि यो संख्या ३२ प्रतिशतमाथि छ । अधिकांश सहुलियतको बैंक लोन यी र यिनका चाटुकदार वरिपरि सीमित छ । यिनको निर्देशन पालन नगर्नेहरू दलभित्रैबाट आत्मग्लानि गरिरहेका र सकेसम्म निष्कासित पनि छन् ।
कुलमानलाई कार्यसम्पादनमा शून्य अंक दिँदा पनि हटाउन नसकेपछि यिनकै इसारामा सरकारी विद्युत् प्राधिकरणको बैंक खाता रोक्का गरियो । बालेनलाई असहयोग गरेर कर्मचारीहरूको तलब–भत्ता खोल्न प्रमुख प्रशासकीय अधिकृतको आपूर्ति नगर्ने सिंहदरबारको सिंहभैंm गर्जन छ र २५ फागुनमा काठमाडौंमा उर्लेको जुलुसलाई र त्यसपछि उर्लेको निरन्तर भीडप्रति श्री ३ हरूको कडा प्रतिवाद छ । देश लुट्न पल्केकाहरूले इतिहासको विरासत बोकेको संस्थालाई अनेकौं लाञ्छना लगाउँदै छ । मूल प्रवाहमा रहेका मेडियाले सत्य र यथार्थ चित्र दिन सकेका छैनन् । युट्युबको सहारा लिनुपरेको छ त्यो भीडले । लोकतन्त्रको दुरुपयोग गर्ने श्रीहरूको वितण्डाको कारण यो भीड सडकमा उर्लेकामा पछुतो छैन श्री ३ हरूलाई । गणतन्त्रका नाममा ढुकुटीमा रजाइँ गर्नेहरूले घरभाडा औषधि भन्दै राज्य दोहन गरिरहेका छन् । पूर्वहरूलाई दिइएको सुरक्षा, तिनलाई भरणपोषण भन्दै दिइएको ढुकुटी, करोडौं रकम तिनले कुम्ल्याएका छन् । गरिब नेपालीको सास रोकेर जम्मा गरिएको करमा राज्यदोहन गर्न सिपालु विशिष्ट भनिएकाहरू नागरिकताका नाममा समेत कुकर्म गर्न पछि परेका छैनन् । देशदोहन गर्ने काममा व्यग्र श्री ३ र तिनका अनुयायीले पूर्वाधार, विकास निर्माणमा काममा जुठो हाल्ने, काम कहिल्यै पूरा नगर्ने, लागत खर्च बढाइरहने, समयावधि थपिरहने गरेका छन् । बैंक, वित्तीय संस्था यिनकै वरिपरि घुमिरहेका छन् । उद्योगमा लगानी नगर्ने र सहुलियत बैंक लोन लिएर सधैं व्यापार गर्ने, तीव्र व्यापारघाटा र विदेशी ऋण बढाउनमा यी बढी व्यस्त छन् । एक दशकमा चार खण्ड ऋण वृद्धि गराएर देशको अर्थतन्त्र एकलौटी आप्mनै गराइराख्ने, बजेटमा चलखेल गर्ने गरेका छन् । यिनको साँठगाँठकै कारण उद्यमीले बिजुलीको पैसा तिरेका छैनन् । श्री ३ हरूको अप्राकृतिक गठबन्धन छ यिनीहरूसँग र सरकारी प्राधिकरणको बैंक खाता रोक्कामा गएको छ ।
बीसौं हजार मान्छे मारेर खर्बौंका पूर्वाधार ध्वस्त पारेर १९०३ को जंगबहादुरको कोतपर्वभन्दा बढीको नरसंहार गरेर सत्तामा पुगेका श्री ३ हरूको दबदबामा परेको छ देश । पछि आएका केही राम्रा राजनीतिकर्मीलाई यिनले टाउको उठाउनै दिएका छैनन् । भित्तोमा टाँसेर राखेका छन् । चुनाव भनौं ब्यालोट बक्स देखाएर यिनले बुलेट राजनीति गरिरहेका छन् । देशको ढुकटी निश्चित वर्गमा सीमित राखेर केही समूह व्यापारीलाई आप्mनो हातमा लिएर राज्यदोहन गरिरहेका छन् । पछिल्लो पाथीभरा विवाद यसैका लागि हो किनकि निश्चित आप्mनो मुठीभित्रको व्यापारिक घरानियाँको यसमा हात रहेको छ । पैदलयात्रुलाई पनि शुल्क तिराउने गरी यिनको समूहले नेपालको अनुपम प्रकृतिभित्र नयाँ संरचना तय गरेका छन् । कतै भ्यूटावर त कतै होटल, रिसोर्ट भन्दै ।
सिमाना आक्रमण हुँदा मौन रहने श्री ३ हरूले परराष्ट्र सम्बन्ध पनि बिगारेका छन् र आपूmलाई बोलाइदेओस् भन्छन् छिमेकीसँग । बोलाउन ढिलो गरे औंला ठड्याउँछन्, आफू उतैबाट पालित, पोषित भएको बिर्सन्छन् । १२ बुँदेको सहारामा रहेका यिनले लोकतन्त्रको ठेक्का लिएका छन् संविधानविपरीत गर्नेलाई कुनै छुट हुनेछैन भन्दै धम्क्याउँदै छन्
शिक्षा र स्वास्थ्यक्षेत्र यिनकै कब्जामा छ । निःशुल्क शिक्षाका नाममा लोकतन्त्रका पर्याय बनेका शेरचण्डओली समर्थकले ब्रह्मलुट मच्चाएका छन् । शिक्षालयमा, विद्यालयहरूमा शिक्षा बा विद्याको क्रय–विक्रय हुन्न बरु व्यापार हुन्छ । ठूलो मात्रामा शैक्षिक सामग्रीको, वस्तुहरूको । अभिभावकलाई बेस्सरी दोहेका छन् यिनले । स्वास्थ्य क्षेत्रमा यिनकै हालीमुहाली छ जहाँ बिरामीलाई शोषण गरिन्छ । सामान्य बिरामी पनि लाखौं खर्चिन बाध्य हुन्छ । सरकारी अस्पताल नाम मात्रको छ । सेवा दिन सकेको छैन । निजी मेडिकल कलेज वा स्वास्थ्य संस्थाले चरम लापरबाही र बिरामीको शोषण गरिरहेका छन् । संविधानमा लेखिएको मौलिक हक शिक्षा, स्वास्थ्य, स्वच्छ हावाको कुरो व्यवहारतः प्रयोगमा छैन र संसारमा अब्बल किसिमको प्रदूषण र विप्रेषण छ यहाँ । थोरै जनता धेरै सरकार हुने स्थान हो यो । सरकार सेवा दिन होइन कर लिन र दुःख दिन मात्र बनेका छन् । धारामा पानी झर्दैन । बिल मात्रै आउँछ । जारको पानी र ट्यांकर व्यवसायी यिनकै छन् । मेलम्चीमा यति ठूलो राजनीति भयो । पानी नियमित छैन । जब आउँछ घरका धारामा होइन बाटो बगाउँछ । पानी बढी भयो भन्दै बाग्मतीमा हाल्ने गरिरहँदा पंक्ति तयार गरिरहँदा एक महिनादेखि घरको धारामा पानी आएको छैन । टोलसुधार भन्दै टोल बिगार गर्ने र ढल महसुल भन्दै उपभोक्ता ठग्ने यिनै शेरचण्डओलीका भजनमण्डलीहरू नै छन् । बर्सेनि पैसा उठाउँछन् यी । खानेपानीलाई छुट्टै ढल महसुल बुझाउनुपर्छ । यिनलाई पनि, धारो हाल्ने भन्दै बिचौलियाहरू मिलेर पालिकाहरूबाट पैसा लिन्छन् । उपभोक्ताबाट पनि असुल्छन् गजबको दोहोरो सुविधा लिने लोकतन्त्रका पर्यायहरू छन् । यिनको रवाफ धेरै छ स्थानीयका प्रतिनिधिहरू तिनकै पछि लागेर माला लगाउँछन् पालिका प्रमुख र अन्य कार्यकर्ता । यिनैको इसारामा भीड जम्मा हुन्छ र अनेक संस्था भन्दै पालिकालाई तिनैले दोहन गर्छन् । देशभक्ति पटक्कै नदेखिएका शेरचण्डओलीहरूले एकअर्कालाई टाउकाको मोल तोके, चुनावबिना नै सिंहदरबार छिराए र मौका मिल्नासाथ घाँटी जोड्दै अप्राकृतिक गठबन्त्रन गर्दै सत्तामा बसिरहेका छन् ।
लोकतन्त्रमा सुशासन कुन चराको नाम हो थाहा छैन, पारदर्शिता र जिम्मेवारीबोध के हो थाहा छैन । देशको पुनर्निर्माणका लागि चुस्त र भरपर्दो निजामती प्रशासन सञ्चालन गर्ने र विकास प्रशासन कसरी कुन ढंगले गर्ने राजनीतिका ठेकेदारहरूलाई अवगत छैन । बरु यिनले पेसाकर्मी निजामती प्रशासनलाई मुठीभित्र लिएका छन् । दलका खेताला बनाएका छन् र उर्बर ठाउँमा पदस्थापना गर्न सघाएका छन् । देशको इतिहासमै सबैभन्दा पंगु निजामती प्रशासन नाम मात्रको छ र संघीय निजामती ऐन बा प्रहरी ऐन ल्याएका छैनन् यिनले । अहिले गरेको निर्णय भर्खरै बदल्छन् र दिगो विकास नीति छैन । छिमेकमा एघार वर्षमा २ प्रधानमन्त्री तर यहाँ एक दशकमा ११ प्रधानमन्त्री हुने झल्को दिइरहेका छन् ।
श्रमजीवी बिदेसिएका छन् । खेतबारी बाँझो छ । पशु चौपाया छैनन् । माछा मासु, दूध, खाद्यान्न, तरकारी विषादीयुक्त बस्तुहरू आयात गरिँदै छ । निकासी नहुने र आयातित सामानले बजार भरिएको छ । महँगो छ । राहत छैन । खेतबारीमा डोजर कुदिरहेका छन् । वनजंगल विनाश भइरहेको पर्यावरण रक्षा नभएको जलवायु संकट थपिएको छ । विदेशीहरूसँग गुहार माग्दै रहेको अवस्था छ । लोकतन्त्र लुटेराको हातमा गएको भनिँदै छ यहाँ । देशको स्वाभिमान छैन । विदेशीको परेडभूमि बनेको छ । पूmलबारी बनेको छ । बेरोजगारीकै कारण हत्या, हिंसा, लुटपाट चलिरहेको छ । एकै ट्रकमा करोडौं नगद ओसारपसार भइरहेको छ । सामाजिक संरचना ध्वस्त छ । नैतिकता र इमानदारी कतै भेटिँदैन ।
देशलाई ऋणमा चुर्लुम्म डुबाएका श्री ३ हरूले विगत ८ महिनामा ढाई खर्ब ऋण थपेका छन् । अस्ति असारसम्म २४ खर्ब ३४ अर्ब ९ करोड ऋण लगाउनेहरूले त्यसपछि अहिले २७ खर्ब ७६ अर्ब ३ करोड पु¥याएर कुल गार्हस्थ्य उत्पादनको ४६ः९१ प्रतिशतमा उकालेका छन् । एक नेपाली अब नजन्मँदै करिब लाख ऋणमा पर्ने भएको छ । पुँजीगत खर्च २० प्रतिशत पु¥याउन नसक्ने लोकतन्त्रले चालू खर्च धेरै गरिसकेको छ र गर्दै छ । आप्mना आसेपासेहरू सबैजसोलाई राजनीतिक रोजगारी दिने श्री ३ हरूले ननपोलिटिकल व्यक्तिलाई भने रोजगारी दिएका छैनन् । उद्योग व्यवसाय शिथिल छ । कति राम्रो हिमाल वा उदयपुर सिमेन्ट कारखाना यिनले खाइसकेका छन् । बाँसबारी जुत्ता, गोरखकाली टायर, ट्रली बस, भृकुटी कागज, भक्तपुर इँटा टायललगायतका दर्जनौं उत्पादनमूलक उद्योगलाई यिनले निले । कति राम्रा औद्योगिक क्षेत्रहरू थिए पहिले । कतिले रोजगारी पाएका थिए । थोरै ऋण हुँदा पनि कति राम्रा राजमार्ग थिए । ती सबै ढुटो बनाए । मन्दिर भत्काए । गाई काटे । किरियापुत्रीहरू लखेटे । पुराण वक्तालाई चपाए । धर्म बेचे, संस्कृति, संस्कारबिनाको लंगडो राष्ट्रियता बोकिरहेका छन् अहिले र हजारौं विदेशी धर्म बोक्ने चर्चलाई प्रश्रय दिइरहेका छन् । होलिवाइनका प्यारा विदेशी भक्तहरूले देशको अस्मिता लुटे । धर्मनिरपेक्ष बनाए जबकि अधिकांश नेपाली वैदिक सनातनी हिन्दू बाहुल्य छन् । देश धर्मको पर्याय हो र यहाँ घरभन्दा बढी मन्दिर छन् । धर्मविरोधी नारा दिने यिनले पशुपति मूर्तिमा आप्mनो सुनको नाम लेखाए । विदेशी भूमिमा गएर गेरुवस्त्र लगाएर पण्डा बने । बाहिर जाँदा हामी त क्रिस्चियन हौं भन्ने यहाँ रहँदा पशुपतिको पूजामा गएर क्विन्टल सुन बुझाउने परस्परविरोधी धर्मका अनुयायीहरूबाट देश समृद्ध होला । यो असम्भव कुरो हो । मिलेर बसेका नेपालीहरूलाई जात, भात, धर्म, सानो ठूलोको भेद देखाएर देशको समतामूलक संस्कृतिलाई छिन्नभिन्न गराए र भाषण दिँदा देशको संस्कृतिमा धावा बोल्नेलाई छोडिन्न भन्ने गर्छन् । सिमाना आक्रमण हुँदा मौन रहने श्री ३ हरूले परराष्ट्र सम्बन्ध पनि बिगारेका छन् र आपूmलाई बोलाइदेओस् भन्छन् छिमेकीसँग । बोलाउन ढिलो गरे औंला ठड्याउँछन्, आपूm उतैबाट पालित, पोषित भएको बिर्सन्छन् । १२ बुँदेको सहारामा रहेका यिनले लोकतन्त्रको ठेक्का लिएका छन् संविधानविपरीत गर्नेलाई कुनै छुट हुनेछैन भन्दै धम्क्याउँदै छन् । सडकमा खनिएको जुलुसप्रति लक्षित गर्दै यी खलपात्र हुन् भन्दै छन् । बिनारसको नाटक मञ्चन भन्दै छन् । त्यो नाटक कुनै दिन सफल भयो भने यिनको धोती टोपी के होला त ? हुन त यिनको शिरमा टोपी, जीउमा जनै वा दौरासुरुवाल नै छैन । लज्जाबोध नहुनेमा पुगिसकेका छन् । बाबुआमाको मृत्युमा काजकिरिया छोडेर दाम राखेर प्रधानमन्त्रीको उम्मेदवार भन्दै दरबार धाउनेहरूको के इज्जत के बेइज्जत ?
(Visited 31 times, 1 visits today)
