बङ्गलादेशद्वारा अमेरिकी गुप्तचर प्रमुखको आलोचना, साम्प्रदायिक तनाव भड्काउने टिप्पणी गरेको आरोप

प्रकाशित मिति : चैत्र ५, २०८१ मंगलबार

बङ्गलादेशले अमेरिकी गुप्तचर प्रमुखको आलोचना गरेको छ । दक्षिण एशियाली देशमा धार्मिक हिंसासम्बन्धी आधारहीन र साम्प्रदायिक तनाव भड्काउने टिप्पणी गरेको भन्दै बंगलादेशले गुप्तचर प्रमुख तुलसी गबार्डको आलोचना गरेको हो ।

गबार्ड यस हप्ता भारतको कूटनीतिक भ्रमणका लागि आएका थिए । भारतसँग बङ्गलादेशको सम्बन्ध गत वर्ष विद्यार्थी नेतृत्वको विद्रोहले सरकारलाई अपदस्थ गरेपछि बिग्रिएको छ ।

भारतले आफ्नो मुस्लिम बहुल छिमेकीलाई आफ्ना अल्पसङ्ख्यक हिन्दू नागरिकहरूको पर्याप्त सुरक्षा गर्न असफल भएको बारम्बार आरोप लगाउदै आएकोछ ।

बङ्गलादेशद्वारा अमेरिकी गुप्तचर प्रमुखको आलोचना, साम्प्रदायिक तनाव भड्काउने टिप्पणी गरेको आरोप

बङ्गलादेशद्वारा अमेरिकी गुप्तचर प्रमुखको आलोचना, साम्प्रदायिक तनाव भड्काउने टिप्पणी गरेको आरोप

उक्त आरोपहरू अहिले सत्तामा रहेको अन्तरिम प्रशासनले अस्वीकार गरेको छ ।

तर गबार्डले टेलिभिजन अन्र्तवार्तामा बंगलादेशमा लामो समयदेखि धार्मिक अल्पसङ्ख्यकहरूको दुर्भाग्यपूर्ण उत्पीडन, हत्या र दुर्व्यवहार अमेरिकी सरकारका लागि चिन्ताको प्रमुख क्षेत्र बताएका थिए ।

उनले यो मुद्दा इस्लामवादी चरमपन्थसँगै ‘चिन्ताको केन्द्रविन्दु क्षेत्र बनेको र ट्रम्प प्रशासनले पहिले नै बङ्गलादेशी सरकारसँग यी मुद्दाहरू उठाएको बताएका थिए ।

बङ्गलादेशले जवाफ दिँदै गबार्डका टिप्पणीहरू देशको छवि र प्रतिष्ठामाका लागि ‘भ्रामक’ र ‘हानिकारक’ दुवै भएको बताएको छ ।

बङ्गलादेशको १७ करोड जनसङ्ख्याको करिब लगभग आठ प्रतिशत हिन्दूहरू छन् ।

बङ्गलादेशद्वारा अमेरिकी गुप्तचर प्रमुखको आलोचना, साम्प्रदायिक तनाव भड्काउने टिप्पणी गरेको आरोप

अन्तरिम सरकारले भारतको सञ्चार माध्यम र सरकारलाई बङ्गलादेशी हिन्दूहरूलाई खतराहरू बढाएर देखाउने भ्रामक सूचनाहरू फैलाएको आरोप पनि लगाएको छ ।

Source link

Leave a Comment