‘मैले प्रेमपूर्वक घुस स्वीकार गरें’


सन् २००० मा राज्यले आयोजना गर्ने देशकै सबैभन्दा ठूलो धनराशि भएको चिठ्ठा (लोट्टरी) विजेताको नाम घोषणा हुँदैथियो । सन् १९९९ मा बैंकमा कम्तीमा ५००० जिम्बाबियन डलर मौज्दात कायम रहेका सबै बैंकका ‘क्लाइन्ट’ हरू यो चिठ्ठा कार्यक्रमका स्वतः सहभागी हुनेथिए ।

देशका सर्वोच्च नेता तथा राष्ट्रपति रोबर्ट मुगाबे प्रमुख अतिथिको कुर्सीमा आसीन थिए । १९८० को ठूलो जनआन्दोलनले विदेशी राज हटाएर स्थापित गरेका जननेता थिए उनी । जनताको उनीप्रति ठूलो विश्वास थियो । विजेतालाई दिने उपहार राशिको बैंक चेकमा उनैले हस्ताक्षर गरेका थिए ।

पाठकवृन्द ! स्मरणरहोस् मुगाबेकै पालामा जिम्बाबेले इतिहासमै सबैभन्दा डरलाग्दो मुद्रास्फीति र आर्थिक संकट भोग्नु परेको थियो । सन् १९८० मा १ जिम्बाबियन डलर बराबर लगभग १.५ अमेरिकन डलर विनिमयदर थियो भने सन् २००८ को डिसेम्बर १५ मा १ अमेरिकन डलर बराबर ६ करोड जिम्बाबियन डलर विनिमय दर पुग्यो । १५ दिनपछि डिसेम्बर ३१ मा एक अमेरिकन डलर बराबर २ अर्ब जिम्बाबियन डलर पुग्यो । जिम्बाबेले १ को पछाडि १४ वटा शून्य राखेर पनि नोट निष्काशन गर्‍यो ।

सन् २००८ मा विभिन्न पत्रपत्रिकाले जिम्बाबेमा एक बोतल पानीको मूल्य १० करोड जिम्बाबियन डलर भन्ने समाचार नै छापेका थिए । रेस्टुरेन्टमा पुग्दा खानेकुराको मूल्य १० लाख हुन्थ्यो, अर्डर दिंदा २० लाख र बिल तिर्दा ३० लाख भइसक्थ्यो । एक बोतल पानी किन्ने पैसाले करोडौंको बैंक ऋण तिर्न सकिन्थ्यो । सबै बैंक टाट पल्टिएका थिए ।

त्यहाँको राष्ट्र बैंकको काम वैदेशिक ऋण लिएर कागज किन्ने र नोट छाप्ने मात्र थियो । सन् २००८ को मध्यतिर २३ करोड प्रतिशत र त्यो वर्षको अन्त्यमा अर्ब प्रतिशत मुद्रास्फीति भएको थियो । त्यो बेला वर्षको शुरूमा १०० पर्ने सामानलाई अन्त्यमा अर्ब पथ्र्यो, जुन कुरा हामीलाई दन्त्यकथा झैं लाग्छ ।

खैर, जिम्बाबेको चिट्ठा कार्यक्रमतर्फ फर्कौं । एकैछिन पछि उद्घोषक फलोट चावावालाई विजेताको नाम घोषणा गर्न जब नामको चिर्कटो हातमा थमाइयो, त्यो नाम देखेर उनी स्तब्ध त भए नै, झन्डै बेहोश नै भए । विजेताको नाम थियो, ‘रोबर्ट मुगाब्बे ।’

उनले लर्बराउँदै विजेताको घोषणा गरे तालीको ठूलो गडगडाहट बीच राष्ट्रपति मुगाबे आफैंले हस्ताक्षर गरेको चेक आफैंले पाए । करोडौं जनता भएको जिम्बाबेमा हरेक खाले भाग्यको चिठ्ठाले सिर्फ मुगाब्बेलाई मात्र साथ दिन्थ्यो बीसौं वर्षदेखि । (ह्वाई नेसन्स फेल, ३९९)

शायद हामी जस्तो तेस्रो विश्वका जनताको विकासको रेखाचित्र यस्तै कलमले लेखिन्छ होला । किनकि हामी जहिले पनि जादुमयी नेताको अपेक्षा गर्दछौं वा पर्खाइमा हुन्छौं । अनि कोही अलि–अलि काम गर्ने र जनताले चाहे जस्तो भाषण गर्न जान्ने मानिस राजनीतिमा आइपुग्यो भने उसैलाई भगवान् मानेर व्यक्तिपूजा गर्न लाग्छौं ।

त्यसैले त यो देशमा भगवान्को अवतार भएका धेरै नेता आए तर देशको माटो र सम्भावना बुझेर दिगो विकास गर्न सक्ने र बलियो आर्थिक र सामाजिक प्रणाली विकास गर्न सक्ने परिवर्तनका बाहक नेता भने कहिल्यै आएनन् ।

यस्तो अवस्थामा समावेशी आर्थिक र सामाजिक संस्थाहरूको निर्माण हुन सक्दैन । असीमित अवसर र सम्भावना सत्ता र नेताको नजिक भएका मानिसहरूलाई मात्र खनिन्छ । असीमित सार्वजनिक सम्पत्तिहरू विकासको नाममा नाममात्रको शुल्क लिएर मुठीभर व्यक्तिमा पुग्छ ।

कानून र नीति–नियम आवश्यकता अनुसार वक्ररेखामा बांगिन्छन्, दोब्रिन्छन्, खुम्चिन्छन् र तन्किन्छन् । कहिले अध्यादेशको बहानामा त कहिले सरकारको सफलताको मार्गचित्र कोर्ने चाहनामा । तर सिधा र सोझो बाटो हिंड्न खोज्ने मानिसलाई यी वक्ररेखाहरूले यसरी खुट्टामा फाले लगाउँछन् कि उसले पाइला चाल्नै सक्दैन ।

मैले एक जना सरकारी मित्र चिनेको छु । अल्पसंख्यक इमानदार सरकारी कर्मचारी मध्येमा उनी एक हुन् । लाखौं खर्च गरेर मात्रै भाग्यमा आइपर्ने मालपोतको जागिरको आलु अनायासै एक दिन उनको तालुमा बज्रियो । धेरैलाई भगवान् दाहिना भए जस्तो ठूलो खुसीको कारण बन्न सक्ने त्यो सरुवाले उनको जीवनमा भने ठूलो समस्या र पीडा लिएर आयो, आलु घाँटीमा अड्कियो ।

उनीहरूलाई लागेको थियो कि घुसको पैसा नदिंदासम्म सरकारी मान्छेहरूले सक्कली काम गरिदिंदैनन् सोही कामको लागि बारम्बार धाउनुपर्छ । मैले हरसम्भव उनीहरूलाई सम्झाउने प्रयास गरें तर उनीहरूले मेरा कुरा विश्वास नै गरेनन् । म खाजा खान गएँ । फर्केर आउँदा पनि उनीहरू मेरै कोठामा पर्खिरहेका थिए । मलाई पैसा दिन

सरुवा पछि उनको जागिर सिधै वीरगंजको मालपोत कार्यालयमा स्थानान्तरण भयो । त्यहाँको केही दिनको बसाइ पछि उनी यति निस्सासिए कि तुरुन्तै सरुवा गर्न यताउता कुरा गर्न लागे । उनीलाई के लाग्दथ्यो भने मालपोतको जागिरबाट अरू सेवामा जान पक्कै सजिलो छ, किनकि मालपोत कार्यालयमा आउनको लागि धेर–थोर खर्चै गरेर पनि धेरै कर्मचारी तयार हुनेछन् ।

तर त्यसो भएन किनकि उनलाई अरू सेवामा सरुवा जाने भए पनि केही केही खर्च गर्नै पर्ने हुन्छ भनियो । लगभग ३५/४० हजार बुझाए मात्र अन्यत्र जाने ढोका खोलिदिने खालको कुरा माथिबाट आयो । यसनिम्ति उनी तयार थिएनन् । किनकि त्यसो गर्नु उनकै शब्दमा ‘तावाबाट उम्केर भुंग्रामा पर्नुसरह’ थियो ।

त्यसैले उनले सरुवाको बाटो त्यागिदिए । अब भने शुरू भए उनका अनौठा र डरलाग्दा वा भनौं अजिब–गरिब दिनहरू । सबैभन्दा पहिला उनलाई थाहा भयो कि यो कार्यालयमा जनताको कुनै पनि काम घुस विना अघि बढ्न सक्दैनथ्यो । कुनै कामलाई कति समय लगाउने कर्मचारीकै तजबिजको कुरा भयो । त्यसमाथि गरिब, निमुखा सोझा–सादा जनता एकातर्फ र समाजका गन्यमान्य कहलाउने राजनीतिज्ञ, व्यापारी र जमिनदार अर्कोतर्फ ।

उनलाई दिनदिनै धम्की र प्रलोभन आउन लागे कि उनले मानेको भए ठूलो रकमको जग्गा वा पैसा उनले पाउने थिए । तत्कालीन सांसद र नेताहरूबाट बिघाका बिघा सरकारी जग्गा व्यक्तिको नाममा मिलाएर दाखा (नामसारी) गरिदिन यति ठूलो प्रेसर आउन लाग्यो कि काम नगरिदिएमा ज्यानमै तल–माथि हुन सक्छ भन्ने उनलाई लाग्यो ।

हरेक दिन घरबाट हिंड्दा कि त निधारमा भ्रष्टाचारीको तिलक लगाएर घर फर्किनुपर्ने कि त घर नै फर्किन नपाइने डरमा निस्कनुपर्थ्यो । कार्यालयमा सबै कर्मचारीको मिलेमतो भइसकेको थियो । उनी मात्र यो सब सेटिङको एक्लो बाधक थिए । त्यसैले कि त बेइमानीको साक्षी र सहयात्री हुनुपर्ने कि त भाग्नुपर्ने नत्र भने ज्यान नबच्ने उनले बुझे ।

त्यसैले उनले थाहै नदिई कार्यालय छोडे र घर आए । अनि घरबाटै कार्यालयका हाकिमलाई फोन गरेर आफू बिरामी भएकोले तत्काल कार्यालय आउन नसक्ने जानकारी गराए । केही महिनाको दौडधुपपछि उनी आफ्नो जागिर हेटौंडा सरुवा गर्न सफल भए । जागिर जोगियो, ज्यान पनि जोगियो भन्ने उनलाई लाग्यो ।

हेटौंडाको मालपोतमा पनि तात्विक फरक त पाएनन् उनले तर ज्यान नै जाने खालको अवस्था थिएन । हेटौंडामा उनले जति समय काम गरे, गरिब–निमुखालाई सहज सेवा र ज्येष्ठ नागरिकलाई प्राथमिकतामा राखेर काम गरे । सेवाग्राही उनकै फाँटमा जान चाहन्थे भने कति सेवाग्राहीले आफूले अर्को फाँट र कर्मचारीबाट राम्रो सेवा पाउन नसकेको गुनासो गर्न पनि आउँथे ।

त्यसपछि उनी सम्बन्धित फाँटमै गएर सहज रूपमा काम गरिदिन भन्दथे । माथिल्लो तहको कर्मचारी नभएकोले उनले भनेको सबै कुरा त लागू हुँदैनथ्यो तर एक जना कर्मचारी असल र इमानदार हुँदा पनि निकै फरक पर्ने कुरा त्यो बेलाको मालपोत कार्यालय, हेटौंडामा गएर थाहा पाउन सकिन्थ्यो । हाल उनी नेपाल सरकारकै अर्को कार्यालयमा कार्यरत छन् ।

पछि उनले एकपटक अनुभव साझा गर्ने क्रममा भने, ‘मैले त्यो वीरगंज मालपोत कार्यालयमा कुनै परिवर्तन गर्न त सकिनँ, अनियमितता रोक्न त परै जाओस् कुनै विरोध गर्न समेत सकिनँ । किनकि मलाई हरेक समय मार्छन् भन्ने डर मात्रै लाग्थ्यो । जेहोस् मैले गलत काममा सहयोग गरिनँ, भ्रष्टाचारको काममा निव चोबिनँ र आजसम्म जिउँदैछु । इमानदारी नबेच्नु र जिउँदो रहन पाउनु नै मेरा लागि खुसीका कुरा भए ।

तर मैले त्यही कार्यालयमा एकपटक घुसको पैसा लिएको छु, त्यो पनि गर्वका साथ भन्दै उनले एउटा अनौठो अनुभव पनि सुनाए । ‘शुरुआती दिनकै कुरा थियो । अत्यन्तै गरिब र दलित परिवारबाट बाबु–छोरा आफ्नो जग्गाको हालसाविक गर्न र नयाँ लालपुर्जा लिन मालपोत कार्यालय आइपुग्छन् ।

मैले उनीहरूको कागज हेरेर, मोठ भिडाएर सबै काम सकी १२ नबज्दै उनीहरूको हातमा नयाँ लालपुर्जा राखिदिएँ । ती बाउ–छोरालाई यो कुराको विश्वास नै लागेन । उनीहरूलाई पक्कै पनि यो नक्कली काम भएको छ नत्र भने कसरी एक पैसा पनि नमागी आजको आजै र यति छिटै काम सकियो भन्ने लाग्यो ।

उनीहरूलाई लागेको थियो कि कतै गडबड छ । नत्र पैसा विना सरकारी काम, त्यो पनि मालपोतमा कसरी सम्भव छ ?’ उनीहरूले मलाई कति पैसा चाहिने हो माग्न भने । मैले केको पैसा ? तपाईंहरूको काम त भइसक्यो, अब घर जानुस् भनें । तर उनीहरू मान्न तयार थिएनन् ।

आफू गरिब भएकोले धेरै पैसा दिन नसक्ने ठानेर तपाईंले पैसा नलिनुभएको होला, तर हामीलाई जसरी पनि काम गर्नु छ, पैसा नलिएसम्म त यो कागज नक्कली नै हुन्छ भनेर उनीहरूले आफ्नो हातमा भएको लालपुर्जा टेबलमा राखिदिए ।

उनीहरूलाई लागेको थियो कि घुसको पैसा नदिंदासम्म सरकारी मान्छेहरूले सक्कली काम गरिदिंदैनन् सोही कामको लागि बारम्बार धाउनुपर्छ । मैले हरसम्भव उनीहरूलाई सम्झाउने प्रयास गरें तर उनीहरूले मेरा कुरा विश्वास नै गरेनन् । म खाजा खान गएँ । फर्केर आउँदा पनि उनीहरू मेरै कोठामा पर्खिरहेका थिए । मलाई पैसा दिन ।

तीन बजेपछि कुनै काम गर्न म बाहिर निस्कें तर उनीहरू त्यहीं बसिरहेका थिए । जब ४ बजेतिर म मेरो कोठामा फेरि फर्कें, त्यतिखेर उनीहरू त्यहाँ थिएनन् तर मेरो टेबलमा १ रुपैयाँका चार वटा ढ्याक छाडेर गएका रहेछन् ।

उनीहरूले भोगिराखेको गरिबीको पराकाष्ठा र सोझोपन देखेर मेरा आँखामा अनायास नै आँशु आए । हामीले नेपाली जनतालाई कुन खालको सूचना सम्प्रेषित गरेर कस्तोस्तरको चेतना प्रवाह गरेका छौं र कति हदको गुमराहमा राखेका रहेछौं भन्ने विचारले मेरो मन पोल्यो । अनायास नै मेरा स्वचालित हातहरू त्यो पैसातिर गए र मैले प्रेमपूर्वक घुस स्वीकार गरें ।





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School