प्रकाशित मिति : फाल्गुन ३०, २०८१ शुक्रबार

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले युएससीआईएसले विगारेका अध्यागमन आवेदनबारे लोकपालमा उजुरी गर्ने केस सहायता अनुरोध फारममा अपडेट गर्न लागेको छ । प्रस्तावित परिवर्तनहरूका लागि आज फेडरल रजिष्ट्ररमा ६० दिने सूचना जारी गरिएको छ भने सार्वजनिक टिप्पणी समेत मागिएको छ । युएससीआईएसमा ओम्बुड्सम्यानको कार्यालयद्वारा व्यवस्थित यो फारमले आवेदक र रोजगारदाताहरूलाई युएससीआईसँगका समस्याहरू समाधान गर्न सहयोग गर्छ।
प्रस्तावित फारममा मे १३, २०२५ सम्म सार्वजनिक टिप्पणीहरू आमन्त्रण गरिएको छ । आगामी परिवर्तनहरूले फारमको प्रयोग बढाउने लक्ष्य राखिएको छ। मुख्य अपडेटहरु अनुशार लोकपाल समक्ष समस्या पेश गर्दा आवेदकले एकपटकमा एउटा अध्यागमन समस्या पेश गर्नुपर्नेछ । जसले मुद्दामा स्पष्टता र दक्षता कायम गर्ने अपेक्षा गरिएको छ ।
विगतमा आवेदकहरुले गलत जवाफ दिएका प्रश्नहरू हटाएर भ्रम कम गर्ने प्रयास गरिने भएको छ । त्यस्ता समस्याग्रस्त प्रश्नहरू हटाउँदा आवेदकलाई सहज हुने अपेक्षा छ । त्यस्तै फारमको प्रत्येक खण्डमा मार्गदर्शन संशोधन र स्पष्ट गरिने भएको छ । प्रयोगकर्ताको दृष्टिकोणलाई ध्यानमा राखी फारमको संरचना पुन व्यवस्थित गरिने भएको छ ।
यी परिवर्तनहरू २००२ को होमल्याण्ड सेक्युरिटी ऐन अन्तर्गत स्थापित ओम्बुड्सम्यानको मिशनमा आधारित रहेको जनाइएको छ, जसले युएससीआईएससँग सम्बन्धित समस्याहरू पहिचान र प्रशासनिक सुधारहरू प्रस्ताव गर्ने उद्देश्य राख्छ।
६० दिने सूचनामा उल्लेखित विशिष्ट संशोधनहरूबाहेक थप सुधारहरू पनि ल्याउन लागिएको छ । २०२४ मा सुरु गरिएको नयाँ अनलाइन पोर्टलले प्रयोगकर्ताहरूलाई केस स्थिति जाँच्न र कागजातहरू अपलोड गर्न अनुमति दिन्छ, जसले कागजी प्रस्तुतिमा निर्भरता घटाउँछ। फारम अब मोबाइल अनुकूल रहेको छ।
प्रस्तुति अंग्रेजीमा हुनुपर्ने भए पनि गैर अंग्रेजी भाषीहरूलाई सहयोग गर्न पाँच सामान्य रूपमा माग गरिएका भाषाहरूमा अनुवाद गरिनेछ। सहभागीहरूसँग गरिएको अध्ययनपछि प्रोगेस बार, अनुकूल प्रश्नहरू र छुटाएका प्रश्नका लागि अलर्ट जस्ता सुविधाहरू थपिएका छन्, जसले फारम पूरा गर्ने औषत समय ५० मिनेटबाट घटाउने लक्ष्य लिइएको छ ।
यो फारम बार्षिक २४ हजारले भर्दै आएका छन् । फेडेरल रजिस्टरमा प्रोटोटाइपको रूपमा प्रकाशित यो सूचना अझै फेडेरल रजिस्टरको आधिकारिक कानुनी संस्करण होइन। फेडेरल रजिस्टरको प्रशासनिक समितिले आधिकारिक स्थिति नदिएसम्म यो सूचनात्मक स्रोत मात्र रहनेछ। आप्रवासन प्रक्रियामा संलग्नहरूको आवश्यकता पूरा गर्ने गरी फारम ७००१ को अन्तिम संस्करण तयार गर्न सार्वजनिक रायले महत्त्वपूर्ण भूमिका खेल्ने डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको विश्वास छ ।
लोकपालको कार्यालय युएससीआईएसको हिस्सा होइन । यो डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको मुख्यालयको हिस्सा हो । लोकपालले अध्यागमन फारमलाई स्वीकृत वा अस्वीकार गर्न वा युएससीआईएसद्वारा गरिएको निर्णय परिवर्तन गर्न सक्दैन। कानुनी सल्लाह पनि दिन सक्दैन ।
तर डेलिभर नभएका युएससीआईएसका सूचनाहरू वा निर्णयहरूबारे मद्दत गर्नसक्छ । रसिद सूचनाहरू, प्रमाणका लागि अनुरोधहरू, अप्वाइन्टमेन्ट सूचनाहरू, वा अस्वीकार सूचनाहरू युएससीआईएसको प्रणालीले जारी गरेको संकेत गरेको तर अमेरिकी हुलाक सेवाले कुनै कार्ड वा कागजात आवेदकलाई डेलिभर गर्न नसकेर फिर्ता गरेको अवस्थामा लोकपालको कार्यालयले मद्दत गर्नसक्छ । त्यस्तै ग्रिनकार्डका लागि योग्यताको उमेर नाघ्नसक्ने अवस्थामा भएकाहरुलाई पनि मद्दत गर्नसक्छ, उदाहरणका लागि यदि ग्रिनकार्डवाहक वा अमेरिकी नागरिकको सन्तानको उमेर २१ बर्ष नाघ्नसक्ने अवस्था भएमा लोकपालले मद्दत गर्नसक्छ ।
अमेरिकी सैन्य कर्मचारीहरू र तिनका परिवारहरू संलग्न केही खास मामिलाहरूमा पनि लोकपालको कार्यालयले मद्दत गर्नसक्छ । युएससीआईएसद्वारा तथ्यको स्पष्ट त्रुटि वा सम्बन्धित कानुनको स्पष्ट गलत प्रयोगका कारण अनुचित रूपमा अस्वीकार गरिएका आवेदनहरू र याचिकाहरूबारे पनि मद्दत गर्नसक्छ । ग्रिनकार्ड, वर्क परमिट लगायतका आप्रवासन कागजातहरूमा गलत नाम वा जन्म मितिजस्ता टाइपोग्राफिक त्रुटिहरू भएमा पनि लोकपालले मद्दत गर्नसक्छ ।
युएससीआईएसको मापदण्डअन्तर्गत पर्ने इमर्जेन्सी वा हार्डसिप समावेश भएका केही आवेदनहरु र २ महिना भन्दा बढी समयअघि स्वीकृत भएका एक्सडाइट अनुरोधहरूबारे पनि मद्दत गर्नसक्छ । यदि युएससीआईएसले स्वीकृत आवेदनहरु विदेश मन्त्रालयको नेशनल भिसा सेन्टरमा पठाउन ढिलो गरेको अवस्थामा पनि लोकपालले मद्दत गर्नसक्छ ।
एक मात्र समस्या युएससीआईएसको प्रशोधन ढिलाइ हो र युएससीआईले द्रुत अनुरोध स्वीकृत गरेको छैन भने यस प्रकारको केस सहायता अनुरोधमा लोकपालले केवल तब मद्दत गर्न सक्छ, जब आवेदकले पछिल्लो ९० दिनमा यसको ग्राहक सेवा उपकरण मार्फत युएससीआईएसमा केसबारे सोधपुछ गरेर एजेन्सीलाई प्रतिक्रिया दिन कम्तिमा ६० दिन दिएको
तपाईंको केस सोधपुछ मिति पहिले नै बितिसकेको हुन्छ ।
युएससीआईएसमा आवेदनबारे सोधपुछ मिति आइसकेको नभएमा लोकपालले सहयोग गर्न सक्दैन । तर वैधानिक वा नियामक प्रशोधन समय आवश्यकता फर्महरु आई ३६०, एन ४००, एल वान भिसाका लागि आई १२९ फर्महरुबारे पनि अपवाद लागु हुन्छ । प्रशोधन समय उल्लेख नभएका फर्महरुका सन्दर्भमा लोकपालमा सोधपुछ गर्न ६ महिना कुनुपर्छ । युएससीआईएसले हालै एक्सपडाइट अनुरोध अस्वीकार गरेको भएमा पनि लोकपालले सहयोग गर्न सक्दैन ।
लोकपालले युएससीआईएस संलग्न नभएका समस्याहरूमा सहयोग गर्न सक्दैन । साथै सांसदले केसबारे सोधपुछ गरेको ४५ क्यालेन्डर दिनभन्दा कम भएको अवस्थामा पनि लोकपलालले सहयोग गर्दैन । लोकपालले औपचारिक अपील वा प्रस्ताव प्रक्रियालाई प्रतिस्थापन गर्न वा अपील पेश गर्ने समयसीमा परिवर्तन गर्न सक्दैन । लोकपालले तेस्रो पक्षहरू, जस्तै कानुनी प्रतिनिधिहरू वा डीएसओहरूले दिएको गलत जानकारीबाट उत्पन्न कार्यहरू ठीक गर्न पनि सक्दैन । लोकपालमा अनुरोध गर्दा अनलाइन, इमेल र हुलाकबाट गर्न सकिने भएपनि अनलाइनलाई सबैभन्दा राम्रो विकल्प मानिएको छ ।