व्यापारमा देखिएको तनाव अन्त्य गर्न अमेरिकासँग वार्ता गर्न आवश्यक रहेको चीनको भनाई



प्रकाशित मिति : फाल्गुन २९, २०८१ बिहीबार

अमेरिकासँग सुरु भएको व्यापार तनाव समाधानका लागि चीनले वार्ताको लागि आव्हान गरेको छ ।

विश्वका दुई सबैभन्दा ठूला अर्थतन्त्रले एक अर्काको आयातमा थुप्रै भन्सार शुल्क लगाएपछि व्यापारमा तनावको स्थिती सृजना भएको छ ।

तनावलाई घटाउदै लैजानु अनिवार्य भएकाले चीनले अमेरिकासँग वार्ताको लागि आव्हान गरिएको बताएको हो ।

व्यापारमा देखिएको तनाव अन्त्य गर्न अमेरिकासँग वार्ता गर्न आवश्यक रहेको चीनको भनाई

व्यापारमा देखिएको तनाव अन्त्य गर्न अमेरिकासँग वार्ता गर्न आवश्यक रहेको चीनको भनाई

चीन र अमेरिकाले आर्थिक र व्यापारिक क्षेत्रमा मतभेद र विवादप्रति सकारात्मक र सहयोगी मनोवृत्ति अपनाउनुपर्छ भनी चीनले सधैँ वकालत गर्दै आएको छ”, वाणिज्य मन्त्रालयका प्रवक्ता हे योङ्गकियानले साप्ताहिक पत्रकार सम्मेलनमा भनेका छन ।

“तर कुनै पनि प्रकारको सञ्चार र परामर्श आपसी सम्मान, समानता र आपसी फाइदामा आधारित हुनुपर्छ भन्ने कुरामा जोड दिनुपर्छ, उनले भने ।
धम्की र डर देखाएर समस्या समाधान नहुने चीनको बुझाइ रहेको चीनले बताएको छ ।

अमेरिका र चीनले संवाद र परामर्शमार्फत समस्याहरू समाधान गर्ने सही मार्गमा फर्कन सक्छन भन्नेमा चीन आशावादी रहेको चीनले बताएको छ ।

जनवरीमा पुनः पदभार ग्रहण गरेयता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घातक फेन्टानिल र सम्बन्धित पूर्ववर्ती रसायनहरूको प्रवाह रोक्न असफल भएको भन्दै चीन, क्यानाडा र मेक्सिको लगायत प्रमुख व्यापारिक साझेदारहरूमा भन्सार शुल्क लगाएका छन ।

ट्रम्पले चिनियाँ उत्पादनहरूमा लाग्दै आएको १० प्रतिशतको सामान्य भन्सारलाई बढाएर २० प्रतिशत पुराएका छन ।

व्यापारमा देखिएको तनाव अन्त्य गर्न अमेरिकासँग वार्ता गर्न आवश्यक रहेको चीनको भनाई

चीनले यसको जवाफमा सोयाबिन, सुँगुरको मासु र कुखुरासहितका अमेरिकी कृषि वस्तुहरूमा १५ प्रतिशतसम्म कर लगाएको छ ।





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School