अमेरिकाको कोलम्बिया विश्वविद्यालयमा विद्यार्थीमाथि कारवाही, इजरायल विरोधी प्रर्दशनमा सहभागि भएको आरोप



प्रकाशित मिति : फाल्गुन ३०, २०८१ शुक्रबार

अमेरिकाको कोलम्बिया विश्वविद्यालयले इजरायल विरोधी प्रर्दशनका क्रममा क्याम्पसको भवनमा क्षति पुराउने विद्यार्थीहरुलाई निष्कासन गरेको छ ।

केहि विद्यार्थी निलम्वनमा परेका छन भने केहिलाई निष्कासन गरिएको छ । गत वर्ष उक्त विश्वविद्यालयमा इजरायल विरोधी प्रर्दशन भएको थियो ।

इजरायलविरोधी प्रर्दशनमा सहभागि भएकालाई कारवाही नगरेको भन्दै ट्रम्प प्रशासनले विश्व विद्यालयलाई दिएको ४०० मिलियन डलर भन्दा बढीको संघीय अनुदान फिर्ता लिएको छ ।

अमेरिकाको कोलम्बिया विश्वविद्यालयमा विद्यार्थीमाथि कारवाही, इजरायल विरोधी प्रर्दशनमा सहभागि भएको आरोप

अमेरिकाको कोलम्बिया विश्वविद्यालयमा विद्यार्थीमाथि कारवाही, इजरायल विरोधी प्रर्दशनमा सहभागि भएको आरोप

यहूदी विद्यार्थीहरूमाथि निरन्तर उत्पीडन भइरहदा विश्वविद्यालयले नजरअन्दाज गरेको ट्रम्प प्रशासनको आरोप रहेको छ ।

कोलम्बिया विश्वविद्यालयको न्यायिक बोर्डले आक्रमणमा सम्लग्न विद्यार्थीहरु मध्ये केहिलाई सम्बन्धित बहुवर्षीय निलम्बन, अस्थायी डिग्री रद्दीकरण र निष्कासन गरिएको बताएको छ ।

कोलम्बिया विश्वविद्यालयको प्रशासनका अनुसार यी दण्डहरू विद्यार्थीहरुले गर्ने अपील अवधि समाप्त भएपछि लागू हुनेछन् । कारवाहीमा परेका विद्यार्थीहरुको संख्या विश्वविद्यालयले खुलाएको छैन ।

कोलम्बिया विश्वविद्यालय अमेरिकाको सबैभन्दा प्रतिष्ठित विश्वविद्यालयहरू मध्ये एक हो । यसमा लगभग ३० हजार विद्यार्थी अध्ययनरत रहेका छन् ।





Source link

Leave a Comment