आर्थिक विकासमा विकास केन्द्रको महत्व र यसका समस्या तथा सुझाव : RajdhaniDaily.com


विकास केन्द्रको अवधारणाले क्षेत्रीय विकासलाई राष्ट्रिय आर्थिक विकासको कार्यको रूपमा मान्छ । विकास केन्द्र अवधारणाको मुख्य सैद्धान्तिक अवधारणाअनुसार क्षेत्रीय विकास केन्द्रहरूको विकास मुख्यतः त्यस क्षेत्रबाहिर रहेका बजार क्षेत्रको मागअनुसारको वस्तु तथा सेवा उत्पादन गर्ने क्षमतामा निर्भर रहन्छ । वस्तु तथा सेवाको निर्यातबाट सो क्षेत्रमा वित्तीय तथा पुँजी प्रवाह हुन्छ । ती क्षेत्रभित्र पुँजीको प्रवाह अर्थात् पुँजीको आयातले ती निर्यात केन्द्रको क्षेत्रीय उद्योगका लागि आधारभूत संरचना, सुविधा र आन्तरिक बजारको विस्तारमा सहयोग पु¥याउँछ । यस्तो क्षेत्रीय विकासलाई निर्यातमुखी क्षेत्रीय विकास भनिन्छ । गुणक प्रभाव सम्पूर्ण क्षेत्रीय विकासको प्रमुख तत्व हो । गुणक प्रभावको प्रभावकारिता निम्न तत्वहरूसँग सम्बन्धित हुन्छ । जस्तै ः (क) स्थानीय उद्योगहरूको सम्बन्धी प्रकृति, (ख) निर्यात प्रदेशका लागि आवश्यक भौतिक पूर्वाधार तथा सेवा सुविधाहरू, (ग) श्रमको संख्या तथा गुण र (घ) सो क्षेत्रभित्रको आयवितरण । निर्यातमुखी अर्थतन्त्रको सफलतालाइ प्रायः त्यस क्षेत्रको विकास दरलाई निर्धारण गर्ने प्रमूख तत्वका रूपमा हेर्ने गरिन्छ । जब मुद्राको आयात प्रवाहमा वृद्धि हुन्छ त्यस क्षेत्रको समग्र माग पनि बढ्छ र फलस्वरूप आर्थिक विकास बढ्दै जान्छ र दिगो हुन्छ ।

ग्रोथ सेन्टर अप्रोचको अवधारणाले टप टु अप्रोच अंगीकार गरेको छ । केन्द्रको विकासले त्यस’roundका क्षेत्रहरूको विकास स्वतः हुन्छ भन्ने मान्यता राख्छ । ग्रामीण विकासको सन्दर्भमा ग्रामीण क्षेत्रमा दिइने सेवा सुविधाहरू स्कुल, स्वास्थ्य केन्द्र, खानेपानी, जलविद्युत्, सञ्चार, कृषि बजार आदिलाई केन्द्र मानी एउटा स्थापना गरिन्छ र त्यस’roundका ग्रामीण बस्तीहरूलाई सो केन्द्रबाट सेवा सुविधा प्रयोग गर्न प्रोत्साहित गरिन्छ । यसकै माध्यमबाट बिस्तारै अन्य क्षेत्रमा यी र यस्ता सेवा सुविधा विस्तार गर्दै लगिन्छ । यी अवधारणाहरूको प्रभावहरू यसप्रकार छन् ।

१) सकारात्मक प्रभाव
निश्चित केन्द्रहरूमा भएको विकासबाट त्यसका सकारात्मक असर क्रमशः ’roundका ग्रामीण क्षेत्रमा पर्दै जान्छ । नया“ प्रविधिको प्रयोगले परिवर्तनका लहर देखा पर्छन् । ग्रामीण क्षेत्रको उत्पादन सो केन्द्रमा बिक्री वितरण गर्न सकिने तथा ग्रामीण रोजगारका अवसरहरू पनि सिर्जना हुन्छन् ।

२) नकारात्मक असर
सीमित क्षेत्रमा मात्र विकास हुन्छ । ग्रामीण केन्द्रबीचमा प्रत्यक्ष रूपमा सीमा देखिन्छ । केन्द्रले सधैं ’roundका क्षेत्रको शोषण गर्ने हुनाले त्यस क्षेत्रमा विकासभन्दा पनि शोषण बढी हुन्छ । यस अर्थमा यो नमुनामा गरिएको विकास ग्रामीण विकासका लागि नकारात्मक मानिन्छ ।

ग्रोथ सेन्टर अप्रोचको मुख्य आशय भनेकै आर्थिक प्रगति सबै ठाउँमा एकैपटक आउन सक्दैन । त्यो एकपटक एकै ठाउँमा ठूलो शक्तिको केन्द्रीकरण गरेर मात्र आउन सक्छ । यस सिद्धान्तको सबैभन्दा महत्वपूर्ण मान्यता भनेको केन्द्रको विकासको परिणामले विकासको प्रभाव वरिपरि चारैतिर फैलन्छ । केन्द्रदेखि पृष्ठतिर विकास तथा सेवासुविधा प्रसारित हुन दुईवटा तत्व आवश्यक पर्छन् । पहिलो स्पाटियल स्ट्रक्चर हो भने अर्को स्पाटियल प्रोसेस हो । यी दुवै तत्वले केन्द्रबाट वरिपरिका क्षेत्रमा सेवासुविधा फैलिँदै जान्छन् ।

यस अवधारणाका अनुसार लगानी तथा सम्पूर्ण नवीन सेवासुविधा तथा आविष्कारहरूलाई सावधानीपूर्वक चयन गरिएका निश्चित केन्द्रहरूमा केन्द्रित गरिएमा त्यसलाई स्वतःस्फूर्त रूपमा वरिपरिका क्षेत्रमा विकासको प्रभाव पर्छ । यसैले यो विकासको प्रारूप माथिबाट तल जाने अवधारणाअन्तर्गत रहेको पाइन्छ । यो अवधारणाको सन्दर्भमा तथा यसले पार्ने प्रभावका सम्बन्धमा पनि फरक–फरक तरिकाले विश्लेषण गरेको पाइन्छ । जसलाई निम्नअनुसार उल्लेख गर्न सकिन्छ ः

१) विस्तारित प्रभाव
यो मान्यताअनुसार एउटा क्षेत्रको निश्चित केन्द्रमा विकास भएपछि यसले निश्चय पनि त्यस’roundका क्षेत्रमा सकारात्मक प्रभाव पार्छ । केन्द्रमा भएका सेवासुविधा बिस्तारै ’roundिका ग्रामीणतिर फैलिँदै जान्छन् । यसका साथै ग्रामीण उत्पादनले पनि नजिकै बजार पाउँछन् र ग्रामीण आर्थिकस्तर पनि वृद्धि हुँदै जान्छ भन्ने सकारात्मक अवधारणा विस्तारित प्रभावको रहेको छ ।

२) पश्च प्रभाव
यो अवधारणाअनुुसार केन्द्र मात्र समृद्ध हुने र त्यसले आफ्ना पृष्ठभागमा रहेको समाज तथा क्षेत्रको व्यापक शोषण गर्ने काम गर्छ । पृष्ठक्षेत्रमा रहेको स्रोतसाधनको शोषण गरेर तिनीहरूलाई सदैव गरिबीतर्फ धकेल्ने काम गर्छ । त्यसैले विकासको यो प्रारूप ग्रामीण विकासका लागि नकारात्मक हुन्छ भनी पश्च प्रभावले विश्लेषण गर्छ ।

विकास केन्द्रको सिद्धान्तले लगानी केन्द्रीकरण र केही विशेष केन्द्रहरूमा भएको नयाँ आविष्कारले विकास प्रक्रियालाई स्वतःस्फूर्त रूपमा प्रोत्साहित गरी ‘वेलनी’ प्रभाव प्रक्रियामार्फत सो क्षेत्रभरि नै पु¥याउँछ । यो प्रक्रिया केन्द्रहरूमा भएको विकासको परिणाम हो भन्ने मान्यतामा आधारित छ । यो एउटा अधोगामी योजना प्रकार्य हो । विकास प्रक्रियामा दुई प्रकारका विपरीत स्थानिक शक्तिहरू हुन्छन् । ती हुन् : विस्तारित प्रभाव र पश्च प्रभाव ।

विस्तारित प्रभावले त्यस्तो संयन्त्रलाई जनाउँछ जसले विकास केन्द्रमा भएको आर्थिक उन्नतिलाई त्यस केन्द्रवरिपरिको पृष्ठक्षेत्र अर्थात् ‘वृद्धि स्थान’ मा प्रसारण गर्छ । यस्तो विकासलाई ‘प्रोत्साहित विकास’ अर्थात् ‘सकारात्मक विकास’ पनि भनिन्छ । यस विस्तारित प्रभावअन्तर्गत सहर औद्योगिक कामदारका लागि विकासस्थलको कृषि उत्पादनमा प्रोत्साहन, औद्योगिक उत्पादनका लागि कच्चापदार्थको माग विस्तार, त्यस्ता वस्तु उत्पादकहरूको उच्च आय, रोजगारीका अवसरहरूको सिर्जना तथा आयआर्जनको अवसर, सहर कामदारले आफ्नो गाउँक्षेत्रमा पठाउने नगदी रकम, नयाँ आविष्कारहरूको वरिपरिको पृष्ठक्षेत्रमा हुने विस्तरा र आर्थिक प्रेरणाले सामाजिक धारणा र व्यवहारमा परिवर्तन आदि पर्छन् । यस्तो प्रकारको विकास प्रक्रियाको प्रकृतिका ’boutमा विकासको अवस्थितिगत प्रसारणमा अर्थात् विकास स्थानभरि हुने वस्तु प्रवाहको गुणक प्रभावमा दुईवटा विचारधारा छन् । पहिलो तर्क हो— कुनै विकास केन्द्रमा गरिएको लगानीले विस्तारित प्रभावलाई सो विकास केन्द्र र त्यसको प्रभाव क्षेत्रमा केन्द्रीकृत गराउनेछ । यस्तो प्रकारको प्रोत्साहित विकासले निश्चित विकास क्षेत्रभित्र अग्रगामी तथा पश्चगामी सम्पर्क सूत्रद्वारा रोजगारीका अवसरहरूको सिर्जना गर्छ । दोस्रो अवरधाणा हो— विकास प्रभवाको तहगत प्रसारणको विधिले विकासको अवस्थितिय रूपान्तरणको प्रतिनिधित्व गर्छ अर्थात् सहर तहगत केन्द्रमार्फत विकासको प्रतिफलबाट तल–माथि सर्ने प्रक्रियाको विकास हुन्छ । यसको अर्थ हो— आर्थिक विकास तथा नयाँ आविष्कार पहिले सबैभन्दा ठूला सहरहरूमा अवलम्बन गरिन्छन् र बिस्तारै तिनीहरू त्यस क्षेत्रभित्रका अन्य साना सहर केन्द्रमा प्रसारित हुन्छन् ।

अर्कोतर्फ यी विकास केन्द्रहरूले वास्तवमा नकारात्मक प्रभावहरू पनि पार्छन् । जहाँ ती विकास केन्द्रहरूले वरिपरिको पृष्ठक्षेत्रलाई अझ गरिब, स्थिर बनाउने मात्र नभएर तिनीहरूको विकास प्रक्रियामा नकारात्मक प्रभाव ल्याउन सक्छन् । विकास प्रक्रियाको यस्तो प्रभावलाई नकारात्मक वा पश्च प्रभाव पनि भनिन्छ । यस्ता नकारात्मक प्रभावहरू खासगरी पृष्ठ क्षेत्रबाट केन्द्रतर्फ उत्पादनका स्रोतसाधनहरूलाई केन्द्रीकरण गर्ने प्रवृत्तिका हुन्छन् । अर्को शब्दमा, विकासका सम्पूर्ण स्रोत र साधनहरू विकास केन्द्रमा केन्द्रीकरण हुन्छ र विकास प्रक्रिया ध्रुवीकरण हुन पुग्छ । यस्तो अवस्थाले विकास केन्द्रमा लगानीका बृहत् अवसरहरूको सिर्जना गर्छ र त्यहाँ श्रम (दुवै दक्ष एवं अदक्ष) पुँजी, कच्चा पदार्थहरू र उद्यमीहरूको विकास केन्द्रहरूमा केन्द्रमुखी प्रवाह हुन पुग्छ । परिणामतः यस प्रक्रियाले विकास प्रक्रियाको क्षेत्रीय असमानतालाई अझ वृद्धि गराउँछ । सहर तथा क्षेत्रीय विकासका केही सिद्धान्तहरू तल व्याख्या गरिएको छ ।

पेरोक्सले १९५० मा पहिलोपटक विकास केन्द्र अवधारणाको प्रतिपादन गरे । यस सिद्धान्तलाई १९६० पछि विकासशील राष्ट्रहरूमा अवस्थितीय विकास रणनीतिका रूपमा प्रयोग गरिएको थियो । विकासको यो रणनीति विकास केन्द्रलाई सन्तुलित क्षेत्रीय विकासको प्रारम्भ गर्ने आशा लिएर ती विकासशील देशहरूमा लागू गरिएको थियो । पेरोक्सको यो विकास केन्द्र सिद्धान्त ठूला उत्पादनशील फर्महरू भएको ठूलो सहरी औद्योगिक विकासका सम्भावित क्षेत्रहरूमा आधारित छ । विकास केन्द्र सिद्धान्त अर्थतन्त्रको गैर–स्थानिक ध्रुवीकरणसँग सम्बन्धित छ । यस्तो केन्द्रहरू (विकास ध्रुव तथा केन्द्र) अर्थतन्त्रमा नयाँ विकास ल्याउन सक्ने आकर्षण केन्द्रहरू हुन् । धेरै ठूला फर्महरूले ठूलो उद्योगहरूलाई जनाउँछ र ती फर्महरूले अन्य ठूला एवं साना फर्महरूसँग पारस्परिक अन्तक्र्रियात्मक सम्बन्ध स्थापित गरेका हुन्छन् । साथै तिनीहरूले दक्षता र समताको विकास गर्ने अवसरहरू प्रदान गर्छन् । पेरोक्सले उद्योगकेन्द्रित विकास नमुनामा दुईवटा अवधारणा प्रस्तुत गरेका छन् । पहिलो, एकत्रित आर्थिक क्रियाकलाप हो । यो सैद्धान्तिक धारणा ठूला फर्महरूको एक सुविधाजनक स्थानमा हुने संगठितसँग सम्बन्धित छ जहाँ उद्योगहरूबीचको पारस्परिक आकर्षण र भौतिक संरचना तथा सेवा उपयोगले लागत कम गराउँछ । यसले सहर केन्द्रहरूको दिगो विकासलाई सहयोग पु¥याउँछ । दोस्रो अवधारणा सहर केन्द्रहरूको तीव्र विकास हो । क्षेत्रीय विकासमा विस्तारित प्रभावले गर्दा पृष्ठक्षेत्रमा विकास केन्द्रहरूको विकास हुन्छ ।

हिस्र्चम्यान (१९५८) र म्यार्डल (१९५७) ले केन्द्रमा भएको विकासको परिणामस्वरूप वरिपरिको पृष्ठक्षेत्रमा विकास प्रक्रिया विस्तारित हुने कुराको तर्क गर्छन् । उनीहरूका अनुसार विकास विभिन्न क्षेत्रहरूबीचको अन्तक्र्रियात्मक प्रक्रिया हो । जहाँ प्रारम्भमा ती क्षेत्रबीच विकास असमानता देखापर्ने र समयान्तरमा आर्थिक विकास परिपक्वतातर्फ उन्मुख हुँदै जाँदा ती असमानता हराउँदै जान्छन् । एकपटक जब विकास राष्ट्रिय क्षेत्रमा दरिलो रूपमा देखिन्छ, यसले अन्य भागको विकासमा पनि गति प्रदान गर्छ । हिस्र्चम्यान र म्यार्डल माथि उल्लिखित विस्तारित प्रभाव र पश्चप्रभावको विकास गरे जुन प्रोत्साहित विकास केन्द्रका दुई विपरीत शक्तिका दुई भाग हुन् । उच्च आर्थिक वृद्धि हासिल गर्न सके विकास हुन्छ भन्ने यस अवधारणाको सैद्धान्तिक मान्यता रहेको छ । संयुक्त राष्ट्र संघले सन् १९६० को दशकलाई विकास दशकको रूपमा घोषणा गरी यो अवधारणा प्रचलनमा आएको हो ।

१. कृषिकेन्द्र सिद्धान्त
ग्रामीण विकासमा कृषिकेन्द्र योजना विधि १९६० को सुरुतिर चीनमा माओत्सेतुङको समयमा विकसित भएको हो । यो विधिले १९७० को अन्ततिर फायर्डम्यान र डग्लस (१९५७) को कार्यमा पुनः ठूलो महत्व पाउन सफल भयो । कृषिकेन्द्रित नमुनाको आधारभूत विशेषता बन्द कृषिकेन्द्रित क्षेत्र अर्थात् बन्द भौगोलिक एकाइबाट क्षेत्रीय विकास हुन्छ भन्ने वास्तविकतामा आधारित छ । यसले क्षेत्रीय खुला प्रणालीको अवधारणालाई अस्वीकार गर्छ । यो मुख्य रूपमा भौगोलिक विकासमा आधारभूत आवश्यकता रणनीति हो । यो ऊध्र्वगामी योजना प्रक्रिया हो । यी केन्द्रहरूमा जीविकोपार्जनको मुख्य स्रोत कृषि प्रणाली हो । कृषिकेन्द्रित क्षेत्र उच्च जनघनत्व भएका कृषि समुदायहरू हुन् । यहाँ न्यून सामाजिक विकास, उच्च जनसंख्या वृद्धि दर, प्रारम्भिक सहरकेन्द्रित औद्योगिकीकरण, उच्च परनिर्भरता र असमानताजस्ता विशेषता रहेका हुन्छन् ।

२. मध्यमस्तरीय सहरमार्फत ग्रामीण विकास
सहरकेन्द्रित औद्योगिक विकास रणनीतिहरू हालैका वर्षहरूमा तीव्र आलोचित हुन पुगे । यो रणनीति सैद्धान्तिक रूपमा (अवधारणात्मक अस्पष्टलाई घटाउन) मात्रै कमजोर नभएर अधिकांश अवस्थामा यिनको प्रयोगमा पनि धेरै कमीकमजोरीहरू देखिएका छन् । यस सिद्धान्तको परिणामको असन्तुष्टिले यस रणनीतिले जन्माएका सहर–गाउँको बढ्दो असमानताको खतरालाई कम गर्न नयाँ एवं वैकल्पिक विकास योजनाहरूको विकासलाई जन्मायो । सन् १९७० को दशकदेखि विकास योजनाकारहरूको रुचि विकास नीतिको अवस्थितीय आयाममा बढ्दै गएको पाइन्छ । उनीहरूले उच्चस्तरमा पुँजीको लगानी र केन्द्रीकरण तथा विकास केन्द्रहरूमा भन्दा साना सहरहरूमा हुनुपर्नेमा जोड दिएका छन् । यी योजनाकारहरूका अनुसार विकास उत्प्रेरणाको तहगत प्रसारणले विकासको भौगोलिक प्रसारणलाई जनाउँछ र तहगत विकास केन्द्रमा भएको आविष्कारको प्रसारणलाई न्यून श्रेणीका सहरसम्म पु¥याउन सहयोग गर्ने माध्यमको रूपमा लिइन्छ । यसले गर्दा ती केन्द्रहरूको भूमिका ग्रामीण पृष्ठक्षेत्रको विकास तथा आधुनिकीकरणमा सबल एवं पर्याप्त हुन सक्छ । यसलाई केन्द्रित स्थानिक विकेन्द्रीकरण प्रक्रिया पनि भनिन्छ । सहर बजारमा आधारित यो अवस्थिति विकास उपागमलाई जोन्सन (१९७०) को कार्यसँग जोडेर हेर्न सकिन्छ । उनले ग्रामीण विकासका लागि जिल्लास्तरीय केन्द्रहरूको स्थापनाको पक्षमा बलियो तर्क अघि सारेका थिए । यी केन्द्रहरू सेवाहरूको न्यायिक स्थल र सहर उच्चस्तरीय केन्द्र तथा तिनीहरूको सेवास्थल दुवैबीचको उपयुक्त सम्पर्कमार्फत अस्तित्वमा रहन्छन् । जोन्सनका अनुसार, स्थानीय विकास केन्द्रहरू ग्रामीण क्षेत्रलाई ठूला सहर अर्थव्यवस्थासँग एकीकृत गर्न आवश्यक हुन्छन् ।

३. आर्थिक विकासका लागि बजार केन्द्र अवधारणा
विकासको आधारभूत सवाल भनेको वास्तविक आम्दानीलाई कसरी वर्तमान अवस्थाबाट लक्षितस्तरसम्म वृद्धि गर्न सकिन्छ भन्ने हो । खासगरी कृषिप्रधान देशहरूमा, आयस्तरको वृद्धि मुख्यतः कृषिको वास्तविक प्रतिव्यक्ति आयवृद्धिसँग सम्बन्धित हुन्छ । गरिब विकासशील राष्ट्रहरूको एक मुख्य चासोको विषय कुनै हदसम्म कसरी गाउँ र सहरी क्षेत्रबीच सन्तुलित विकास गर्न सकिन्छ भन्ने हो । यसले विकासशील देशहरूका ग्रामीण र क्षेत्रीय विकासका सम्भाव्यताहरू उपयुक्त वित्तीय लगानी, सहरीकरण रणनीति र ढाँचाबिना पूर्ण उपयोग गर्न सकिँदैन भन्ने तर्क प्रस्तुत गर्छ । यो रणनीति उत्पादकत्व वृद्धि गर्न आवश्यक सहर उत्पादनको लगानी एकाइहरूको आपूर्ति उपभोक्तासम्म सहरी वस्तु तथा सेवाको प्रवाह र ती सेवाप्रतिको पहुँचतामा वृद्धि गर्न आवश्यक मानिन्छ । सहर प्रणाली पर्याप्त मत्रामा सेवा प्रदान गर्न ती सेवाहरूको भौगोलिक वितरण अन्य ग्रामीण क्षेत्रको उत्पादकतव वृद्धिका लागि आवश्यक अन्य सहयोग प्रदान गर्न ती सेवाहरूको भौगोलिक वितरण अन्य ग्रामीण क्षेत्रको उत्पादकत्व वृद्धिका लागि आवश्यक अन्य सहयोग प्रदान गर्न सक्षम हुनुपर्छ ।

ग्रोथ सेन्टर अप्रोचको मुख्य उद्देश्य भनेकै आर्थिक प्रगति सबै ठाउँमा एकैपटक आउन सक्दैन । त्यो एकपटक एकै ठाउँमा ठूलो शक्तिको प्रयोगबाट मात्रै आउँछ अथवा ल्याउन सकिन्छ । यस मान्यताका अनुसार लगानी तथा सम्पूर्ण नवीन सेवा सुविधा तथा आविष्कारहरूलाई ध्यानपूर्वक चयन गरिएका निश्चित केन्द्रहरूमा केन्द्रित गरिएमा त्यसलाई स्वतःस्फूर्त रूपमा वरिपरिका क्षेत्रमा विकासको प्रभाव पर्छ । त्यसैले यो विकासको प्रारूप माथिबाट तल जाने अवधारणाअन्तर्गत रहेको पाइन्छ । यो अवधारणाको सन्दर्भमा तथा यसले पार्ने प्रभावका सम्बन्धमा पनि फरकफरक विश्लेषण पाइएको छ जसलाई छोटकरीमा निम्नबमोजिम उल्लेख गर्न सकिन्छ ः

  • आर्थिक विकासका योजनाहरूले निम्नबमोजिम सफलता प्राप्त गर्छ भन्ने कुरा एरिया डेभलपमेन्ट अप्रोचको मुख्य विषयवस्तु हो ।
  • जनताको प्रत्यक्ष सहभागितामा आर्थिक विकासका योजनाबनाएमा बजारको सन्दर्भमा तत्कालीन बजारको सूचना प्राप्त गर्न सकिन्छ ।
  • स्थानीय जनताको सहभागितामा अघिल्ला कार्य तथा योजनाको अनुगमन तथा मूल्यांकन गरी आवश्यक सुधारलाई अपनाउन सकिन्छ ।
  • आर्थिक, वातावरणीय, प्राविधिक, सामाजिक तथा राजनीतिक रूपले कार्यक्रम तथा योजनाको सही मूल्यांकन गरी भावी योजनाको तर्जुमा गर्न सकिन्छ ।

यसरी एरिया डेभलपमेन्ट अप्रोच निश्चित क्षेत्रका खातिर जनताको सहभागितामा विकास क्रियाकलाप जनताका लागि सञ्चालन गरिनुपर्छ भन्ने अवधारणा हो । यस अवधारणाले ग्रामीण क्षेत्रमा एकैपटक सेवासुविधा तथा मानवीय आधारभूत आवश्यकतालाई पूरा गर्न सकिँदैन भन्ने तर्क दिएर ग्रामीण विकासको प्रक्रियालाई पछाडि धकेल्न खोजेको भन्ने अवश्य होइन । धेरैजसो अल्पविकसित तथा तेस्रो मुलुकका लागि एकैपटक ग्रामीण क्षेत्रलाई सबै सेवासुविधा पु¥याउने क्षमताको अभाव रहेको हुन्छ र त्यो प्रायः असम्भसरह नै हुन्छ । तर, निश्चित भू–भागमा सेवा केन्द्रहरूको स्थापना गर्नुपर्छ भन्ने अवधारणा राख्नु नै यस ग्रोथ सेन्टरको आशय हो ।

ग्रामीण विकासका सन्दर्भमा ग्रामीण सेवा तथा सुविधाअन्तर्गत विद्यालय, क्याम्पस, प्रशिक्षण केन्द्र, स्वास्थ्य केन्द्र, खानेपानी, विद्युत्, यातायात, सञ्चार, कृषि बजार तथा बैंक तथा त्यस्तै प्रकृतिको सुविधा विस्तार गर्नु र तिनमा ग्रामीण जनताको पहुँच अभिवृद्धि गर्न विकासको पहिलो प्राथमिकता हुन आउँछ । यी सबै सन्दर्भ मानवको आधारभूत मानवीय अधिकारभित्र पर्छन् । यद्यपि, यी सम्पूर्ण तत्व मानवीय आवश्यकताका आधारभूत पक्षहरू भए तापनि त्यसलाई ग्रामीण क्षेत्रका सबै भागमा एकैसाथ र एकैपटक विस्तार गर्न सकिँदैन भन्ने मूल मान्यतामा आधारित रहेर विकासको नयाँ प्रारूपका रूपमा ग्रोथ सेन्टर अप्रोच आएको पाइन्छ ।

(Visited 9 times, 1 visits today)





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School