प्रकाशित मिति : फाल्गुन २९, २०८१ बिहीबार
पोल्याण्डका राष्ट्रपति आन्द्रेज दूदाले अमेरिकालाई पोल्याण्डको भूमिमा आणविक हतियार राख्न आह्वान गरेका छन् ।
पोल्याण्डलाई बलियो र सुरक्षित बनाउन अमेरिकाले पोल्याण्डमा आणविक हतियार राख्नु आवश्यक छ भनेर उनले भनेका छन । रुससँग खतरा रहेको र खतरा बढी रहेको राष्ट्रपतिले बताए ।
पोल्याण्डको दृष्टिकोणबाट रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र रूस स्पष्ट र वर्तमान खतरा रहेको उनको दावी छ । उनले रुसमा साम्राज्यवादी लालच बढेको भन्दै निन्दा र आलोचना गरे ।
अमेरिकी आणविक हतियार पोल्याण्डमा राखियो भने पोल्याण्डले आफु अहिलेको भन्दा सुरक्षित महशुष गर्ने भन्दै राष्ट्रपति दूदाले यसले रक्षात्मक उपायको रूपमा काम गर्ने बताए ।
रुसले आफनो आणविक हतियारहरु बेलारुसमा स्थानान्तरण गरिरहेको सन्र्दभमा अमेरिकाले पनि आफना आणविक हतियार पोल्याण्डमा ल्याओस भन्ने चाहना रहेको उनले बताए ।
पोल्याण्डले अमेरिकी आणविक हतियारलाई आफूसँग राख्न तयार रहेको बताएको हो । पोल्याण्डले आफ्नो रक्षा खर्च अहिले बढाएको छ ।
पोल्याण्डमा लगभग १० हजार अमेरिकी सैनिकको घुमाउरो उपस्थिती रहेको छ । राष्ट्रपति दूदा दक्षिणपन्थी पार्टी पीआईएसका सदस्य हुन् । उनले आफूलाई डोनाल्ड ट्रम्पको मित्र मान्छन् ।