क्यानडाले अमेरिकालाई भन्यो : नयाँ व्यापार सम्झौता गर्न तयार छौं



प्रकाशित मिति : फाल्गुन २८, २०८१ बुधबार

अमेरिकाले क्यानडाको सार्वभौमिकताको इज्जत गरेको नयाँ व्यापार सम्झौताका लागि वार्ता गर्न तयार रहेको बताएको छ ।

क्यानडाका नव निर्वाचित प्रधानमन्त्री मार्क कार्नीले ह्यामिल्टन ओन्टारियोमा रहेको स्टील प्लान्टको भ्रमण गर्ने क्रममा यो कुरा भनेका हुन ।

क्यानाडाले अमेरिकी आयातहरूमा झण्डै २१ बिलियन डलरका प्रतिरोधका करहरू सार्वजनिक गरेको छ ।

क्यानडाले अमेरिकालाई भन्यो : नयाँ व्यापार सम्झौता गर्न तयार छौं

क्यानडाले अमेरिकालाई भन्यो : नयाँ व्यापार सम्झौता गर्न तयार छौं

ट्रम्पले क्यानडाबाट आयात हुने सबै स्टील र एल्युमिनियममा २५ प्रतिशत कर लगाए पछि क्यानडाले प्रतिरोध कर घोषणा गरेको थियो ।

जनवरीमा राष्ट्रपति ट्रम्पको पदभार ग्रहणपछि यी दुई देशहरू व्यापार युद्धमा संलग्न भएका छन् । क्यानडाका नव निर्वाचित प्रधानमन्त्री कार्नीले अमेरिकी करहरूको नयाँ चक्रलाई अवाञ्छनीय भन्दै आलोचना गरेका छन ।

संसारको सबैभन्दा ठूलो आर्थिक र सुरक्षा साझेदारीलाई नवीकरण गरेर पुनः आरम्भ गर्न सकियो भने सबैभन्दा ठूलो उपलव्धि हुने उनले बताए ।

क्यानाडा अमेरिकी स्टील र एल्युमिनियमको सबैभन्दा ठूलो विदेशी आपूर्तिकर्ता हो । अमेरिकी राष्ट्रपति ट्रम्पले क्यानडा र मेक्सिकोबाट आयात हुने वस्तुहरूमा २५ प्रतिशतको समग्र कर लागू गरेका थिए ।

विशेषज्ञहरूले यो बढ्दो व्यापार विवादले दुबै देशहरूको आर्थिक स्थिरता संकटमा पार्न सक्ने चेतावनी दिएका छन ।

क्यानडाले अमेरिकालाई भन्यो : नयाँ व्यापार सम्झौता गर्न तयार छौं

अर्थतन्त्रमा पर्नसक्ने संभावित जोखिमलाई मध्यनजर गरेर क्यानाडाको केन्द्रीय बैंकले ब्याज दरलाई ३ प्रतिशतबाट घटाएर २.७५ प्रतिशतमा झारेको छ ।





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School