अमेरिका, अस्ट्रेलियालगायतका देशमा पठाइदिन्छु भनी ठगी गर्ने ६ जना पक्राउ



प्रकाशित मिति : फाल्गुन २७, २०८१ मंगलबार

आकर्षक तलबसहित वैदेशिक रोजगारीमा पठाउने प्रलोभनमा पारी रकम ठगी गरेको आरोपमा प्रहरीले छ जनालाई पक्राउ गरेको छ ।

गोरखा आरूघाट गाउँपालिका–४ घर भई काठमाडौँ महानगरपालिका–१६ बस्ने २४ वर्षीया सरू परियार, कञ्चनपुर बेलौरी नगरपालिका–३ घर भई काठमाडौँ टोखा नगरपालिका–३ बस्ने ३२ वर्षीय जेम्स राना, काठमाडौँ कीर्तिपुर नगरपालिका–६ घर भएकी ३४ वर्षीया रेखा तुलाधार, धादिङ निलकण्ठ नगरपालिका–९ घर भई काठमाडौँ महानगरपालिका–१६ बस्ने २७ वर्षीय रवि खनाल, ताप्लेजुङ सिरिजङ्घा गाउँपालिका–१ घर भई काठमाडौँ बुढानिलकण्ठ नगरपालिका–८ बस्ने ४० वर्षीय ललितबहादुर ईवारम र ३३ वर्षीय दिपेश सुब्बालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकामध्ये सरूले अष्ट्रेलिया पठाइदिन्छु भनी एक जनासँग रु दुई लाख ५० हजार, जेम्सले क्रोएसिया पठाइदिन्छु भनी एक जनासँग रु तीन लाख, रेखाले जापान पठाइदिन्छु भनी चार जनासँग रु १३ लाख दुई हजार, रविले अमेरिका पठाइदिन्छु भनी एक जनासँग रु १४ लाख तथा ललित र दिपेशले अमेरिका पठाइदिन्छु भनी एक जनासँग रु ५३ लाख लिई सम्पर्कविहीन भएको पीडितको उजुरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएका प्रहरीले उपत्यकाको विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

अमेरिका, अस्ट्रेलियालगायतका देशमा पठाइदिन्छु भनी ठगी गर्ने ६ जना पक्राउ

अमेरिका, अस्ट्रेलियालगायतका देशमा पठाइदिन्छु भनी ठगी गर्ने ६ जना पक्राउ

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।





Source link

Leave a Comment