अस्ट्रेलियामा समुद्री आँधी, नेपालीहरुलाई पनि असर पु¥याउन सक्ने पूर्वानुमान



प्रकाशित मिति : फाल्गुन २४, २०८१ शनिबार

अस्ट्रेलियामा समुद्री आँधीका कारण ३ लाखभन्दा धेरै घरधुरी प्रभावित भएका छन । ति घरधुरीहरु बिद्युत विहिन भएको समाचारहरुमा उल्लेख गरिएको छ ।

समुद्री आँधीले उच्च वर्षा निम्त्याएका कारण अस्ट्रेलियाको पूर्वी तटीय क्षेत्रमा केही व्यक्ति समेत हताहत भएका अनुमान गरिएको छ । उक्त आँधीका कारण ३ लाख ३० हजारभन्दा धेरै घरधुरी बिद्युत् विहीन भएका छन् ।

अल्फ्रेड नाम दिइएको उक्त आँधीका कारण १ जनाको मृत्यु भएको छ । उद्धारका लागि खटिएका १३ सैनिक घाइते भएका अस्ट्रेलियाली अधिकारीहरूले जनाएका छन् ।

अस्ट्रेलियामा समुद्री आँधी, नेपालीहरुलाई पनि असर पु¥याउन सक्ने पूर्वानुमान

अस्ट्रेलियामा समुद्री आँधी, नेपालीहरुलाई पनि असर पु¥याउन सक्ने पूर्वानुमान

आँधी मत्थर भएपछि वर्षामा परिणत भएको हो । तर आँधीको प्रभाव जमिनमा आइपुग्न बाँकी रहेको कारण स्थानीय प्रशासनले यसको खतरा अझै ‘नटरेको’ बताएका छन् ।

उक्त आँधी जमिनमा अवतरण हुनअघि नै रूख र बिजुलीका प्रसारण लाइनहरू ढलेका थिए । होचा क्षेत्रमा सडकहरू डुबानमा परेका छन् ।

अल्फ्रेड आँधीले नेपालीहरूको समेत उल्लेख्य बसोबास रहेको ब्रिसबेनमा असर पु¥याउने पूर्वानुमान गरिएका छन् ।

शनिवारबाट आँधीको प्रभाव त्यसभन्दा भित्री क्षेत्रहरूमा पर्ने आँकलन गरिएको छ ।

आँधीको बाटोमा पर्ने स्थानहरूबाट दशौँ हजार मानिसहरूलाई उद्धार गरेर अन्यत्रै सारिएको छ । बाँकी मानिसहरूलाई पनि घर बाहिर ननिस्कन भनिएको छ ।

अस्ट्रेलियामा समुद्री आँधी, नेपालीहरुलाई पनि असर पु¥याउन सक्ने पूर्वानुमान

क्विन्स्ल्यान्ड र उत्तरी न्यू साउथ वेल्सका करिब ४० लाख मानिसहरू आँधीको जोखिममा छन् । दुवै क्षेत्रमा मौसमका दर्जनौँ चेतावनीहरू जारी गरिएका छन् ।

ऊर्जा वितरक कम्पनी इनर्जेक्सले उत्तरपूर्वी क्विन्स्ल्यान्ड क्षेत्रमा २ लाख ८७ हजार उपभोक्ताहरू बिजुलीविहीन भएको बताएको छ ।





Source link

Leave a Comment