युक्रेनमा रुसी आक्रमणपछि पोल्यान्डका प्रधानमन्त्रीको प्रतिक्रिया – ‘युक्रेनमा अर्को दु:खद रात’

प्रकाशित मिति : फाल्गुन २४, २०८१ शनिबार

पोल्यान्डका प्रधानमन्त्री डोनाल्ड टस्कले युक्रेनमा रातभर भएको आक्रमणको प्रतिक्रिया दिएका छन् । रुसले युक्रेनमाथि गरेको आक्रमणमा कम्तीमा २० जनाको ज्यान गएको छ ।

उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘जब कसैले बर्बरहरूलाई खुसी पार्छ तब यस्तो हुन्छ। थप बम, थप आक्रामकता, थप पीडितहरू। युक्रेनमा अर्को दुखद रात।’

पछिल्लो समय पोल्यान्डले आफ्नो राष्ट्रिय सुरक्षालाई थप मजबुत बनाउने प्रयास गर्दै आएको छ। हिजो मात्रै प्रधानमन्त्री टस्क ले देशका सबै पुरुषलाई सैन्य तालिम दिइने घोषणा गरेका थिए। यस निर्णयपछि पोल्यान्डको सेना हालको २ लाखबाट ५ लाखसम्म पुर्‍याउने लक्ष्य राखिएको छ।

युक्रेनमा रुसी आक्रमणपछि पोल्यान्डका प्रधानमन्त्रीको प्रतिक्रिया – ‘युक्रेनमा अर्को दु:खद रात’

युक्रेनमा रुसी आक्रमणपछि पोल्यान्डका प्रधानमन्त्रीको प्रतिक्रिया – ‘युक्रेनमा अर्को दु:खद रात’

उनले भनेका थिए, ‘हाम्रो सुरक्षालाई सम्भावित खतराहरूसँग तुलनात्मक रूपमा मजबुत बनाउन यो आवश्यक छ।’

युक्रेनसँग सीमा जोडिएको पोल्यान्डले यस वर्ष आफ्नो कुल अर्थतन्त्रको ४ दशमलव ७ प्रतिशत रक्षा क्षेत्रमा खर्च गर्ने योजना बनाएको छ, जुन नेटो गठबन्धनमा सबैभन्दा उच्च अनुपात रहेको छ।

Source link

Leave a Comment