युक्रेनसँग शान्ति सम्झौता नभएसम्म रुसमाथि कडा प्रतिबन्ध लगाउने ट्रम्पको चेतावनी



प्रकाशित मिति : फाल्गुन २३, २०८१ शुक्रबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसविरुद्ध थप कडा प्रतिबन्धहरू लगाउने चेतावनी दिएका छन्। रुसले युक्रेनलाई युद्ध भूमिमा पूर्ण रूपमा ध्वस्त गरिरहेको अवस्थामा ट्रम्पले बैङ्किङ, व्यापार र अन्य क्षेत्रमा ठुलो मात्रामा प्रतिबन्धहरू लगाउने चेतावनी दिएका हुन्  ।

ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै भने,’रुस र युक्रेन तुरुन्त वार्ता टेबलमा बस्नुपर्छ । जबसम्म युद्ध विराम र अन्तिम शान्ति सम्झौता हुँदैन, म रुसमाथि ठुला आर्थिक प्रतिबन्धहरू लगाउने विचार गरिरहेको छु।’

ट्रम्पको यो धम्की ओभल अफिसमा गत हप्ता भएको युक्रेनी राष्ट्रपतिसँगको तनावपूर्ण बैठकपछि आएको हो । गत हप्ता ट्रम्प, उपराष्ट्रपति जेडी भान्स र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीबीच अमेरिका-युक्रेन खनिज सम्झौतासम्बन्धी वार्ता असफल भएको थियो।

युक्रेनसँग शान्ति सम्झौता नभएसम्म रुसमाथि कडा प्रतिबन्ध लगाउने ट्रम्पको चेतावनी

युक्रेनसँग शान्ति सम्झौता नभएसम्म रुसमाथि कडा प्रतिबन्ध लगाउने ट्रम्पको चेतावनी

यसअघि ट्रम्प प्रशासन रुसप्रति नरम देखिएको र युक्रेनलाई दिइँदै आएको अमेरिकी सहायता (सहायता, हतियार, र गुप्तचर जानकारी) रोक्न प्रयास गरिरहेको आरोप लागेको थियो।

हिजो मात्र अमेरिकी ट्रेजरी सचिव स्कट बेसेन्टले न्यूयोर्कको इकोनोमिक क्लबमा दिएको सम्बोधनमा रुसमाथि थप कडा प्रतिबन्धहरू लगाउन सक्ने सङ्केत गरेका थिए ।

उनले भने, ‘राष्ट्रपति ट्रम्पको निर्देशनअनुसार प्रतिबन्धहरू तुरुन्तै अधिकतम प्रभाव पार्ने गरी आक्रामक रूपमा प्रयोग गरिनेछन्।’

राजनीतिक विश्लेषकहरूका अनुसार ट्रम्प प्रशासनको यो रणनीति रुस र युक्रेनबिचको शान्ति वार्तालाई तीव्र बनाउनका लागि हो।





Source link

Leave a Comment