अमेरिकी राष्ट्रपति ट्रम्पले दिए अप्रिल २ सम्मका लागि मेक्सिकोलाई भन्सार करमा छुट



प्रकाशित मिति : फाल्गुन २२, २०८१ बिहीबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिका–मेक्सिको–क्यानडा सम्झौता (युएसएमसीए) अन्तर्गत मेक्सिकोका सामानहरूमा लाग्ने करमा अप्रिल २ सम्मका लागि छुट गरेका छन् ।

ट्रम्पले मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शिनबाउम पार्डोसँगको फोन वार्तापछि आफ्नो सोसल मिडिया प्लेटफर्म ‘ट्रुथ सोसल’ मार्फत यसबारे जानकारी दिएका हुन्।

उनले भनेका छन्, ‘राष्ट्रपति क्लाउडिया शिनबाउमसँग कुरा गरेपछि मैले मेक्सिकोलाई (युएसएमसीए) अन्तर्गत कुनै पनि वस्तुमा शुल्क तिर्नुपर्ने छैन भन्ने सहमति जनाएको छु। यो निर्णय मैले राष्ट्रपति शिनबाउमप्रति सम्मान स्वरूप र आपसी सहकार्यलाई ध्यानमा राख्दै लिएको हुँ।’

अमेरिकी राष्ट्रपति ट्रम्पले दिए अप्रिल २ सम्मका लागि मेक्सिकोलाई भन्सार करमा छुट

अमेरिकी राष्ट्रपति ट्रम्पले दिए अप्रिल २ सम्मका लागि मेक्सिकोलाई भन्सार करमा छुट

अमेरिकी राष्ट्रपति ट्रम्पले सीमा सुरक्षालाई कडाइ गर्ने विषयमा दुवै देशले सँगै काम गरिरहेको पनि उल्लेख गरे।

मेक्सिकोकी राष्ट्रपति शिनबाउमले अमेरिकी निर्णयको स्वागत गर्दै एक्समा लेखिन्, ‘राष्ट्रपति ट्रम्पलाई धेरै धन्यवाद। हामीबिच आपसी सम्मानसहितको उत्कृष्ट वार्ता भयो, जसमा हामीले आप्रवासन र सुरक्षाका विषयहरूमा संयुक्त रूपमा काम गर्ने सहमति जनायौँ।’

उनले फेन्टानाइल (नशालु पदार्थ)को अवैध ओसारपसार रोक्नका लागि मेक्सिकोले आफ्नो भूमिकामा प्रतिबद्ध रहेको बताइन्।

तर, क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले भने क्यानडा अमेरिकाद्वारा सुरु गरिएको व्यापार युद्धमा यथावत् रहने बताएका छन्। ओटावामा पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘हामी यी शुल्कहरूले हाम्रो उद्योगलाई कम प्रभाव पारोस् भन्ने सुनिश्चित गर्न प्रयास गरिरहेका छौँ।’

उनले अमेरिकी नीतिका कारण केही क्यानडाली उद्योगहरू प्रभावित हुन सक्ने चेतावनी दिएका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले दिए अप्रिल २ सम्मका लागि मेक्सिकोलाई भन्सार करमा छुट





Source link

Leave a Comment