क्यानडाका प्रधानमन्त्रीलाई अमेरिकी राष्ट्रपति ट्रम्पले ‘क्यानडाको गभर्नर’ भन्दै टिप्पणी गरेपछि…



प्रकाशित मिति : फाल्गुन २२, २०८१ बिहीबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोबीच भन्सार शुल्कको विषयमा टेलिफोन वार्ता भएको छ ।

टेलिफोन वार्तापछि राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोस्ट गर्दै क्यानडाका प्रधानमन्त्री ट्रुडोलाई ‘क्यानडाको गभर्नर’भन्दै टिप्पणी गरेका छन्।

अमेरिकी राष्ट्रपति ट्रम्पले कमजोर सीमा नीतिका कारण अमेरिकामा देखिएको समस्या क्यानडाले थप बढवा गरिदिएको बताएका छन् । उनले कमजोर सीमा नीतिका कारण धेरै निर्दोष व्यक्तिहरूको ज्यान लिएको समेत उल्लेख गरेका छन् ।

क्यानडाका प्रधानमन्त्रीलाई अमेरिकी राष्ट्रपति ट्रम्पले ‘क्यानडाको गभर्नर’ भन्दै टिप्पणी गरेपछि…

क्यानडाका प्रधानमन्त्रीलाई अमेरिकी राष्ट्रपति ट्रम्पले ‘क्यानडाको गभर्नर’ भन्दै टिप्पणी गरेपछि…

क्यानडाका प्रधानमन्त्री ट्रुडोले ट्यारिफको बारेमा के गर्न सकिन्छ ? भनेर सोधेको समेत ट्रम्पले उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘क्यानडा र मेक्सिकोबाट सीमा पार गर्दै आएको फेन्टानिल (नशालु पदार्थ)बाट धेरै मानिसहरूको मृत्यु भएको छ ।’

ट्रुडोले अहिले अवस्था राम्रो रहेको बताए पनि आफूले त्यो पर्याप्त नभएको बताएको उनले जिकिर गरे । ट्रम्पले कुराकानी केही हदसम्म मैत्रीपूर्ण तरिकाले समाप्त भएको बताए।

डोनाल्ड ट्रम्पले क्यानडा र मेक्सिकोबाट अमेरिका आउने उत्पादनहरूमा २५ प्रतिशत कर लगाएका छन्। क्यानडाले पनि प्रतिशोधात्मक कर घोषणा गरेको छ।

साथै, क्यानडालाई अमेरिकाको ५१ औँ राज्य बनाउने ट्रम्पको दाबीले पनि दुई देशबिच तनाव सिर्जना गरेको छ।





Source link

Leave a Comment