युक्रेनलाई दिने गुप्तचर जानकारी पनि अमेरिकाले रोक्यो, युद्धभूमिमा गम्भीर असर पुग्ने अनुमान



प्रकाशित मिति : फाल्गुन २१, २०८१ बुधबार

युक्रेनलाई दिदै आएको युद्धसम्वन्धी गुप्तचर जानकारी दिन अमेरिकाले रोकेको छ । राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्जले अमेरिकाले युक्रेनलाई दिदै आएको गुप्तचर जानकारी दिन रोकेको बताएका छन ।

यो संँगै अमेरिकाले युक्रेनलाई दिदै आएको समर्थनको भविष्य संकटमा परेको छ । अमेरिकाले गुप्तचर जानकारी युक्रेनलाई नदिएमा रुससँग युद्ध लडिरहेको युक्रेनसेनालाई असर पुराउने निश्चित जस्तै छ ।

ट्रम्प प्रशासनले सबै पक्षको समीक्षा गर्दै यसलाई गुप्तचर जानकारी दिन रोक्ने निर्णय गरेको सुरक्षा सल्लाहकार वाल्ट्जले बताएका हुन ।

युक्रेनलाई दिने गुप्तचर जानकारी पनि अमेरिकाले रोक्यो, युद्धभूमिमा गम्भीर असर पुग्ने अनुमान

युक्रेनलाई दिने गुप्तचर जानकारी पनि अमेरिकाले रोक्यो, युद्धभूमिमा गम्भीर असर पुग्ने अनुमान

फ्रान्सका राष्ट्रपति इमैनुएल म्याक्रोनले पेरिसमा फ्रान्सले अमेरिकी सहयोग बिना पनि अघि बढ्नको लागि तयारी गर्नुपर्ने आवश्यकता देखिएको बताए । उनले भनेका छन ‘हाम्रो पक्षमा अमेरिका रहेनछ भन्ने प्रष्ट भयो अव हामी अमेरिकाको पक्षमा हुनुपर्दछ भन्ने छैन ।’

युरोप नयाँ युगमा प्रवेश गरेको र युरोपले आफ्नो रक्षा खर्च बढाउनुपर्ने आवश्यकता म्याक्रोनले गरेका छन । उनले फ्रान्स, युक्रेन र अन्य देशहरूले एउटा दिगो शान्ति योजना तयार पारेका बताएका छन्।

अमेरिकाले २०२२ मा रूसले युक्रेनलाई हमला गरेपछि प्रारम्भिक चरणदेखि युक्रेनसँग गुप्तचर जानकारी साझा गर्दै आएको थियो । सोमबार अमेरिकी निर्णयले युक्रेनलाई दिदै आएको सैनिक सहायता रोकिएको थियो ।

गत हप्तामा ओवल अफिसमा राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेंस्कीबीचको तनावपूर्ण वार्तापछि सम्बन्ध गम्भीर रुपमा बिग्रिएको छ ।

सीआईएका निर्देशक जोन राटक्लिफले जेलेंस्की शान्ति प्रक्रियामा प्रतिबद्ध छन् कि छैन भन्ने वास्तविक प्रश्न ट्रम्पले उठाएका बताएका छन ।

युक्रेनलाई दिने गुप्तचर जानकारी पनि अमेरिकाले रोक्यो, युद्धभूमिमा गम्भीर असर पुग्ने अनुमान

तीन वर्षदेखि अमेरिकाले लगातार युक्रेनलाई सैन्य सहायता प्रदान गर्दै आएको छ । अमेरिकाले सैन्य र गुप्तचर जानकारी रोक्दा यसको प्रत्यक्ष असर युद्धभूमिमा देखिने छ ।





Source link

Leave a Comment