आगामी महिनामा आफ्नो स्वास्थ्य परीक्षण गराउँदै अमेरिकी राष्ट्रपति ट्रम्प

प्रकाशित मिति : फाल्गुन १७, २०८१ शनिबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी महिनामा नियमित वार्षिक स्वास्थ्य परीक्षण गर्ने भएका छन्।

शनिबार ट्रम्पका निजी चिकित्सक डा. सीन बार्बाबेलाले विज्ञप्ति जारी गर्दै वाल्टर रीड नेशनल मिलिटरी मेडिकल सेन्टरमा उनको परीक्षण सम्पन्न हुने जानकारी दिएका छन्।

डा. बार्बाबेलाका अनुसार परीक्षणको मिति केही हप्ताभित्र सार्वजनिक गरिनेछ।

आगामी महिनामा आफ्नो स्वास्थ्य परीक्षण गराउँदै अमेरिकी राष्ट्रपति ट्रम्प

आगामी महिनामा आफ्नो स्वास्थ्य परीक्षण गराउँदै अमेरिकी राष्ट्रपति ट्रम्प

७८ वर्षीय ट्रम्प अमेरिका कै सबैभन्दा वृद्ध राष्ट्रपतिहरूमध्ये एक हुन्। यदि उनी दोस्रो कार्यकाल पूरा गर्छन् भने अमेरिकी इतिहासकै सबैभन्दा ज्येष्ठ राष्ट्रपति हुनेछन्।

यसअघि ट्रम्पले आफ्नो पहिलो कार्यकालमा वाल्टर रीड मेडिकल सेन्टरमा स्वास्थ्य परीक्षण गराएका थिए।

Source link

Leave a Comment