क्यालिफोर्नियाले मागेको ४० अर्ब डलर दिन राष्ट्रपति ट्रम्पको शर्त



प्रकाशित मिति : फाल्गुन १०, २०८१ शनिबार

अमेरिकाको क्यालिफोर्निया राज्यले पुनर्निर्माणका लागि संघीय सरकारसँग ४० अर्ब डलर रकम माग गरेको छ ।

गभर्नर ग्याभिन न्यूसमले जनवरी महिनामा जङ्गलको आगोले गर्दा नष्ट भएका लस एन्जलसका क्षेत्रहरूलाई पुनर्निर्माण गर्न अमेरिकी संघीय सरकारसँग ४० अर्ब डलर रकम माग गरेका हुन ।

गभर्नर न्यूसमले कांग्रेसका नेताहरूसँग पत्र मार्फत यो अनुरोध गरेका बताइएको छ । उनले यो रकमले तत्कालीन र दीर्घकालीन पुनर्निर्माण कार्यका लागि मद्दत पुर्याउने बताएका छन ।

क्यालिफोर्नियाले मागेको ४० अर्ब डलर दिन राष्ट्रपति ट्रम्पको शर्त

क्यालिफोर्नियाले मागेको ४० अर्ब डलर दिन राष्ट्रपति ट्रम्पको शर्त

‘म कांग्रेसलाई अमेरिकी जनताको साथ दिन र क्यालिफोर्नियालाई चाँडो पुनर्निर्माण गर्न र पुनस्थापना गर्न आपतकालीन कोष प्रदान गर्न अनुरोध गर्दैछु, उनले सामाजिक सञ्जालमा लेखेका छन ।

७ जनवरीदेखि सुरु भएको आगलागीले ३७ हजार ४६९ एकड क्षेत्र जलेको थियो । कम्तीमा २६ जनाको मृत्यु भएको थियो । आगलागीका कारण लस एन्जलसको ठूलो क्षेत्रमा क्षति पुर्याएको थियो।

न्यूसमले संघीय सरकारसँग मागिएको रकम कार्यबल पुनर्निर्माण, कर प्रोत्साहन, जंगलको आगोको प्रतिरोधक क्षमता र निजी सम्पत्ति पुनर्विकासका लागि प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन ।

जनवरीको शुरुमा लागेको आगोका कारण १ लाख ५० हजार भन्दा बढी बासिन्दा विस्थापित भएका छन् । तर, यो अनुरोधलाई कांग्रसमा कसरी प्रतिक्रिया जनाइन्छ भन्ने स्पष्ट भएको छैन ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले फक्स न्यूजसँग कुरा गर्दै क्यालिफोर्नियाले राज्यको दक्षिणतिर पानी आपूर्ति सिफ्ट नगरेसम्म संघीय सरकारले क्यालिफोर्नियालाई “कुनै पनि” रकम नदिने बताएका थिए ।

क्यालिफोर्नियाले मागेको ४० अर्ब डलर दिन राष्ट्रपति ट्रम्पको शर्त





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School