इजरायलले कैदीलाई रिहा गर्न मानेन, युद्धविराम संकटमा पर्ने संभावना



प्रकाशित मिति : फाल्गुन १०, २०८१ शनिबार

इजरायल र हमासबीचको युद्धविराम संकटमा पर्ने संभावना बढेको छ ।

शनिबार हमासले ६ जना इजरायली बन्धकलाई रिहा गरेको बदलामा मुक्त गरिने भनिएका ६०२ जना प्यालेस्टिनी कैदीहरुलाई इजरायलले नछोडेपछि युद्धविराम संकटमा पर्ने हो कि भन्ने आशंका बढेर गएको हो ।

इजरायलले कैदीलाई रिहा गर्ने कार्य अनिश्चितकालका लागि भनेर स्थगित गरेको छ । इजरायलको यो निर्णय ६ जना इजरायली बन्धकलाई हमासले मुक्त गरेपछि आएको हो ।

इजरायलले कैदीलाई रिहा गर्न मानेन, युद्धविराम संकटमा पर्ने संभावना

इजरायलले कैदीलाई रिहा गर्न मानेन, युद्धविराम संकटमा पर्ने संभावना

हमासले अरु बन्धक हस्तान्तरण गर्ने सुनिश्चित नहुँदासम्म कैदीहरुलाई नछोडिने इजरायलका प्रधानमन्त्री बेञ्जामिन नेतान्याहूले बताएका छन ।

हमासले बन्धकहरु मुक्त गर्दा आयोजना गर्ने समारोहलाई प्रधानमन्त्री नेतान्याहूले राम्रो मानिरहेका छैनन । अवका बन्धक मुक्ती बिना समारोह हुनुपर्ने उनको भनाईछ ।

युद्धविरामको पहिलो चरणमा बन्दीगृहमा मृत्यु भएका ४ बन्धकहरूको हस्तान्तरण मात्र बाकि छ । युद्धविरामको दोस्रो चरणमा अन्य जीवित बन्धकहरूको रिहाइको कुनै व्यवस्थापन गरिएको छैन ।

मध्यस्थकर्ताहरूले सम्झौतालाई पुन सहि मार्गमा ल्याउन र युद्धविराम भंग हुनबाट जोगाउन कडा परिश्रम गर्ने अनुमान गरिएको छ ।

७ अक्टोबर २०२३ मा हमास र इजरायलबीच युद्ध सुरु भएपछि गाजा क्षेत्र अशान्त छ ।

इजरायलले कैदीलाई रिहा गर्न मानेन, युद्धविराम संकटमा पर्ने संभावना





Source link

Leave a Comment