प्रकाशित मिति : फाल्गुन ८, २०८१ बिहीबार
इजरायलको तेल अवीवमा ३ वटा बसमा विष्फोट भएको छ । विष्फोटमा कुनै मानवीय क्षति नभएको बताइएको छ ।
अन्य २ वटा बसमा राखिएका विष्फोटक पदार्थहरु भने नपडकिएको त्यहाँको प्रहरीले बताएको छ ।
यो आक्रमणलाई आतंकारी हुन सक्ने भन्दै प्रहरीले अनुसन्धानलाई तिब्र बनाइएको बताएको छ । यातायात मन्त्री मिरी रिगेभले देशभरिका सबै बस, रेल र लाइट रेल सेवा रोक्न निर्देशन दिएकी छन ।
सोसल मिडियामा फैलिएको भिडियोमा बस पार्किङ स्थलमा जलेको देखिन्छ । प्रहरी प्रवक्ता आर्ये डोरोनले अझै पनि तेल अविवमा राखिएको हुन सक्ने थप बमहरू खोजिरहेको बताएका छन ।
बट यामको घटनामा प्रतिक्रिया स्वरूप, रक्षा मन्त्री इजरायल काट्जले पश्चिमी किनाराका शरणार्थी शिविरहरूमा निगरानी तीव्र रुपमा बढाउन सैन्यलाई निर्देशन दिएका छन् ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई घटनाबारे जानकारी दिइएको छ ।