नेपालमा एमसीसी अन्तर्गतका परियोजनाहरू स्थगित



प्रकाशित मिति : फाल्गुन ६, २०८१ मंगलबार

नेपालमा अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गतका परियोजनाहरू स्थगित भएका छन् ।

अर्थ मन्त्रालयले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गतका परियोजनाहरू स्थगित भएको जानकारी दिएको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकाल सम्हालेपछि सबै प्रकारका वैदेशिक अनुदान ९० दिनका लागि निलम्बन गर्ने कार्यकारी आदेश जारी गरेका थिए । राष्ट्रपति ट्रम्पको कार्यकारी आदेशसँगै एमसीसीले फागुन २ गते इमेल मार्फत पत्र पठाउँदै एमसीसी फन्डबाट भुक्तानी हुने क्रियाकलाप रोकिएको जानकारी दिएको मन्त्रालयले जनाएको छ ।

नेपालमा एमसीसी अन्तर्गतका परियोजनाहरू स्थगित

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)ले मिति २०८१/११/२ गतेको इ-मेल पत्रमार्फत नेपाल सरकार र उक्त निकायबिच संवत् २०७४ भदौ २९ मा सम्पन्न कम्प्याक्ट अन्तर्गत कार्यान्वयन भइरहेका आयोजनाहरूसँग सम्बन्धित एमसीसी फन्डबाट भुक्तानी हुने क्रियाकलापहरू अमेरिकी राष्ट्रपतिको जनवरी २०, २०२५ मा जारी ९० दिनको स्थगनसम्बन्धी कार्यकारी आदेशअनुसार रोकिएको ब्यहोरा सरोकारवालाहरूलाई जानकारी गराइन्छ ।”





Source link

Leave a Comment