संसदमा झुट बोलेको आरोपमा सिंगापुरमा विपक्षी दलका नेतामाथि कारबाही



प्रकाशित मिति : फाल्गुन ५, २०८१ सोमबार

संसदमा झुट बोलेको आरोपमा सिंगापुरमा विपक्षी दलका नेतालाई जरिवाना तिराइएको छ ।

सिङ्गापुरका विपक्षी दलका नेतालाई संसदमा झुट बोलेको आरोप लगाइएको छ । उनलाई पार्टीका एक सदस्यलाई झूटो साक्षीको विवरण ढाकछोप गर्न सहयोग गरेको अभियोग लगाइएको छ ।

सिंगापुर वर्कर्स पार्टीका महासचिव ४८ वर्षीय प्रितम सिंहलाई एक जना सांसदमाथि छानबिन गरिरहेको संसदीय समितिसमक्ष झूट बोलेको अभियोगमा दोषी ठहर गरिएको हो ।

संसदमा झुट बोलेको आरोपमा सिंगापुरमा विपक्षी दलका नेतामाथि कारबाही

केही महिनाभित्रै हुने चुनावमा सत्तारुढ पिपुल्स एक्सन पार्टी (पिएपी) लाई चुनौती दिन खोजिरहेको बेला विपक्षी दलका नेतालाई यो सजाय सुनाइएको हो । पिएपीले सन् १९५९ देखि धनी शहर–राज्यमा शासन गर्दै आएको छ ।

अदालत बाहिर पत्रकारहरूसँग बोल्दै आफूलाई राजनीतिक प्रतिशोध लिने मनसायबाट सत्ताधारीहरूले फसाएको सिंहले बताएका छन ।

प्रत्येक अभियोगमा सात हजार सिंगापुर डलर जरिवाना गरिएको अदालतको फैसलाविरुद्ध अपिल गर्ने सिंहले बताए ।

संविधानअनुसार न्यूनतम १० हजार सिंगापुर डलर (सात हजार ४०० अमेरिकी डलर) जरिवाना वा कम्तीमा एक वर्षको जेल सजाय पाउने व्यक्ति निर्वाचनमा भाग लिन वा पाँच वर्षसम्म संसदीय सिट धारण गर्न अयोग्य ठहरिन्छ ।

२०२० को आम चुनावमा पीएपीले आफ्नो प्रभुत्व कायम राख्न ९३ मध्ये ८३ सिट जितेको थियो । प्रमुख विपक्षी वर्कर्स पार्टीले सन् १९६५ मा स्वतन्त्र भएयताको सबैभन्दा बलियो प्रदर्शन गर्दै १० सिट जितेको थियो ।

संसदमा झुट बोलेको आरोपमा सिंगापुरमा विपक्षी दलका नेतामाथि कारबाही

यसका नेताहरूले आगामी चुनावमा संसद्मा पार्टीको संख्या अझ बढाउने आशा व्यक्त गरेका छन् । नयाँ प्रधानमन्त्री लरेन्स वोङको लागि यो पहिलो ठूलो राजनीतिक परीक्षा हुनेछ।





Source link

Leave a Comment