अदालतमा मुद्दाको चर्को ब्याकलगबीच ट्रम्प प्रशासनद्वारा २० जना अध्यागमन न्यायाधीश बर्खास्त



प्रकाशित मिति : फाल्गुन ४, २०८१ आईतबार

अदालतमा मुद्दाको चर्को ब्याकलगबीच ट्रम्प प्रशासनद्वारा २० जना अध्यागमन न्यायाधीश बर्खास्त

ट्रम्प प्रशासनले कुनै स्पष्टिकरण बिना २० जना अध्यागमन न्यायाधीशलाई हटाएको छ । यो निर्णय संघीय सरकारको आकार घटाउने व्यापक कदमको एक भाग भएको बताइएको छ।

सपथ लिने तयारीमा रहेका १३ न्यायाधीश र पाँच सहायक प्रमुख आप्रवासन न्यायाधीशलाई शुक्रबार कुनै सूचना नदिई बर्खास्त गरिएको थियो । गत सातामा थप दुई न्यायाधीश पनि यस्तै परिस्थितिमा हटाइएका थिए।

ती न्यायाधीशहरूलाई प्रतिस्थापन गरिने वा नगरिने स्पष्ट छैन। ७ सय न्यायाधिसलाई सम्हाल्ने अमेरिकी न्याय मन्त्रालयअन्तर्गत एक्जुकेटिभ अफिस फर इमिग्रेशन रिभ्युले यसबारे केही बताएको छैन र

अदालतमा मुद्दाको चर्को ब्याकलगबीच ट्रम्प प्रशासनद्वारा २० जना अध्यागमन न्यायाधीश बर्खास्त

अध्यागमन अदालतहरूमा हाल ३ दशमलव ७ मिलियनभन्दा बढी मुद्दाहरु विचाराधिन रहेका छन् । एसाइलम सम्बन्धी मुद्दा टुंगो लगाउन वर्षौं लाग्ने गरेको छ । राजनीतिक रूपमा फरक विचार राख्ने समूहहरूबीच पनि थप न्यायाधीशहरू र सहयोगी कर्मचारीहरूको आवश्यकता रहेको छ । पहिलो ट्रम्प प्रशासनले केही न्यायाधीशहरूलाई मुद्दा छिटो टुंग्याउन दबाब समेत दिएको थियो।

यसअघि ट्रम्प प्रशासनले अदालतका पाँच शीर्ष अधिकारीहरूलाई प्रतिस्थापन गरिसकेको छ, जसमा निकायकी कार्यवाहक निर्देशक मेरी चेङ समेत छन्। हालको प्रमुख सिरस ओवेन यसअघि एक पुनरावेदन अध्यागमन न्यायाधीश थिए, उनले बाइडेन प्रशासनका धेरै नीतिहरू उल्ट्याउने गरी नयाँ निर्देशनहरू जारी गरेका छन्।

यस अघि न्याय मन्त्रालयले गैरसरकारी संस्थाहरुलाई निर्वासन सामना गरिरहेका व्यक्तिहरूलाई जानकारी र मार्गनिर्देशन प्रदान गर्न आर्थिक सहयोग रोक्ने निर्णय गरेको थियो, तर गैरनाफामूलक समूहहरूको गठबन्धनले संघीय मुद्दा दायर गरेपछि पुनः सो सहयोग बहाल गरिएको थियो।

यी बर्खास्तीहरू ट्रम्प प्रशासनका दुई प्रमुख प्राथमिकताहरु ठूलो मात्रामा देशनिकाला र संघीय सरकारको आकार घटाउने नीतिसँग जोडिएका छन् । बिहीबार प्रशासनले नागरिक सेवा संरक्षण नपाएका सबै प्रारम्भिक कर्मचारीहरूलाई हटाउन निर्देशन दिएको थियो, जसले हजारौं कर्मचारीहरूलाई असर गर्न सक्ने देखिन्छ। प्रारम्भिक कर्मचारीहरूले प्रायः एक वर्षभन्दा कम सेवा गरेका हुन्छन्।

 

अदालतमा मुद्दाको चर्को ब्याकलगबीच ट्रम्प प्रशासनद्वारा २० जना अध्यागमन न्यायाधीश बर्खास्त





Source link

Leave a Comment