प्रकाशित मिति : फाल्गुन ३, २०८१ शनिबार
लोकतान्त्रिक गणतन्त्र कङ्गोको युद्ध रोक्न राष्ट्रसङ्घले आग्रह गरेको छ ।
संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले रुवान्डासमर्थित लडाकूहरूले डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गो ९डीआरसी० को दोस्रो प्रान्तीय राजधानी कब्जा गरेको भोलिपल्ट यो आग्रह गरेका हुन ।
उनले अफ्रिकी शिखर सम्मेलनमा प्रजातान्त्रिक गणतन्त्र कङ्गोको ‘क्षेत्रीय अखण्डता’को सम्मान गर्न र क्षेत्रीय युद्धबाट जोगिन आग्रह गरेका छन ।
पूर्वी कङ्गोमा जारी द्वन्द्व रोक्न रुवान्डामाथि अन्तर्राष्ट्रिय दबाब बढेसँगै अदिस अबाबामा सुरु भएको अफ्रिकी युनियनको शिखर सम्मेलनमा द्वन्द्वले चर्चा पाउने निश्चित थियो ।
रुवान्डाका राष्ट्रपति पल कगामे उक्त भेलामा सहभागी भए पनि डिआर कङ्गोका राष्ट्रपति फेलिक्स शिसेकेदी आफ्नो देशमा एम–२३ भनिने मार्च २०२३ अभियान अघि बढेपछि उक्त भेलामा अनुपस्थित रहे ।
गत महिना उत्तरी किवुको प्रमुख प्रान्तीय राजधानी गोमा कब्जा गर्न कङ्गोली सेनालाई परास्त गरेपछि रुवान्डा समर्थित सशस्त्र समूहले छिमेकी दक्षिण किवुमा आक्रमण गरेको थियो ।
सुरक्षा तथा मानवीय स्रोतका अनुसार बुकावुमा एक महत्वपूर्ण विमानस्थललाई विद्रोहीले कब्जामा लिएका छन ।
सम्मेलनको आयोजक इथियोपियाका प्रधानमन्त्री अबी अहमदले द्वन्द्व समाधान, कूटनीति र शान्ति स्थापना आफूहरूको प्रयासको केन्द्रबिन्दुमा रहनुपर्नेमा जोड दिएका छन ।