भिजिटर, विद्यार्थी लगायतका अस्थायी भिसाहरु रद्द गर्नसक्नेबारे क्यानडाले ल्यायो नयाँ नियम

प्रकाशित मिति : फाल्गुन १, २०८१ बिहीबार

भिजिटर, विद्यार्थी लगायतका अस्थायी भिसाहरु रद्द गर्नसक्नेबारे क्यानडाले ल्यायो नयाँ नियम

क्यानडाले भिजिटर लगायतका अस्थायी भिसाहरु रद्द गर्नसक्नेबारे नयाँ नियम ल्याएको छ । क्यानडाले आफ्नो आप्रवासन र शरणार्थी सुरक्षा नियमावलीलाई अद्यावधिक गर्दै अस्थायी भिसा कागजातहरु रद्द गर्ने प्रक्रियामा सुधार गरेको छ।

अब क्यानाडाको आप्रवासन, शरणार्थी र नागरिकता विभाग आईआरसीसीका अधिकारीहरूलाई अस्थायी भिसा कागजातहरु रद्द गर्न स्पष्ट अधिकार प्राप्त भएको छ। नयाँ नियमहरू अनुसार आवेदकको अधयमगन स्थीति परिवर्तनका लागि दिएको आवेदन अस्वीकृत भएमा, क्यानडामा बैध आवास सकिएपछि देश छोड्ने कुरा प्रमाणित गर्न असफल भएमा, कागजात हराएको, चोरेको, नष्ट भएको, वा परित्याग गरिएको अवस्थामा अधिकारीहरुले उनीहरुको इलेक्ट्रोनिक ट्राभल अथोराइजेशन वा अस्थायी भिसा रद्द गर्न सक्नेछन् ।

भिजिटर, विद्यार्थी लगायतका अस्थायी भिसाहरु रद्द गर्नसक्नेबारे क्यानडाले ल्यायो नयाँ नियम

भिजिटर, विद्यार्थी लगायतका अस्थायी भिसाहरु रद्द गर्नसक्नेबारे क्यानडाले ल्यायो नयाँ नियम

यदि व्यक्ति स्थायी निवासी बनेको छ भने अधिकारीहरूले इलेक्ट्रोनिक ट्राभल अथोराइजेशन, अस्थायी भिसा, वर्क परमिट वा विद्यार्थी भिसा रद्द गर्न सक्छन् । त्यस्तै व्यक्तिको मृत्यु भएमा वा कागजातहरु प्रशासनिक त्रुटिको कारण प्राप्त गरेका भएमा पनि भिसाहरु रद्द हुनेछन् । यसभन्दा पहिले रद्द गर्ने विशेष कारणहरूको स्पष्ट नियमावली थिएन र अधिकारीहरूको अधिकारलाई स्पष्ट रूपमा परिभाषित गरिएको थिएन।

आईआरएसीसी अनुसार यी परिवर्तनहरू क्यानाडाको अस्थायी आवास कार्यक्रमहरूको अखंडता बढाउने र सीमा सुरक्षा सुदृढ गर्ने उद्देश्यले ल्याइएका हुन्।

Source link

Leave a Comment