प्रकाशित मिति : माघ २९, २०८१ मंगलबार
इजरायलले हमासलाई युद्धविराम भंग गर्ने चेतावनी दिएको छ । शनिबारसम्म बन्धकहरुलाई मुक्त नगरे युद्धविराम भंग गर्ने चेतावनी हमासलाई दिएको हो ।
इजरायलका प्रधानमन्त्री बेञ्जामिन नेतन्याहूले हमासलाई चेतावनी दिएका हुन ।
प्यालेस्तिनी लडाकु समूह हमासले शनिबार दिउँसोसम्म इजरायली बन्धकहरूलाई फिर्ता नगरे गाजा क्षेत्रका विरुद्ध संघर्ष पुनः तीव्र पार्ने चेतावनी इजरायलले दिएको छ ।
नेतन्याहूले सेनालाई गाजा वरिपरि र भित्र थप बल राख्न आदेश दिएका छन् । यसको उद्देश्य हमासको घोषणाको जवाफ दिनु रहेको छ । हमासले थप बन्धकहरूलाई मुक्त गर्ने योजना स्थगित गरेका छन् ।
नेतन्याहूले हमासको नियन्त्रणमा रहेका ७६ बन्धकको मुक्तिको माग गरिरहेको बताइएको छ ।
हमासले तीन महिने युद्धविराम सम्झौतामा प्रतिबद्ध रहेको बताएका छन । तर उनीहरुले इजरायलले युद्धविराम सम्झौता पालना नगर्दा बन्धक रिहाईमा ढिलाई भएको आरोप लगाएका छन ।
हमासले इजरायल माथि युद्धविराम सम्झौता उल्लङ्घन गरेको आरोप लगाएको छ । मानवीय सहायतामा इजरायलले अवरोध पुर्याइएको दाबी हमासले गरेको छ । तर यसलाई इजरायलले अस्वीकार गरेको छ ।
हमासले शनिबारका लागि तय गरेको बन्धक मुक्तिको योजना स्थगित गर्ने निर्णयपछि, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इजरायललाई युद्ध विराम सम्झौता रद्द गर्न प्रस्ताव गरेका छन् ।
गाजा क्षेत्रमा ७ अक्टोबर २०२३ मा इजरायलले हमासलाई समाप्त गर्न सैन्य कारवाही सुरु गरेको थियो । त्यसबाट लगभग १ हजार २०० मानिसको मृत्यु भएको थियो । २५१ जनालाई हमासले बन्धक बनाएको थियो ।
युद्धको कारण गाजा क्षेत्रका ४८ हजार २१० व्यक्तिहरूको मृत्यु भएको हमास नियन्त्रित स्वास्थ मन्त्राललय बताएको छ ।