हमासले शनिबार थप ३ जना बन्धकलाई मुक्त गर्ने



प्रकाशित मिति : माघ २५, २०८१ शुक्रबार

हमासले शनिबार गाजाको पट्टीबाट फिर्ता गर्ने ३ जना इजरायलका बंदीहरूको नाम सार्वजनिक गरेको छ । ती बन्धकहरू सिभिलियन पुरुष इली शाराबी, ओहद बेन अम्मि र ओर लेवी छन् ।

शाराबीका सासु ससुराका अनुसार इली जीवित फर्किनु लियान र छोरीहरूको महानतम सम्झना हुनेछ उनले भने। ओहद बेन अम्मि, ५६, पनि बीरी किबुत्जबाट अपहरित भएका थिए । उनकी पत्नी राजलाई पछि हामासले मुक्त गरेको छ ।

३४ बर्षीय ओर लेवी रिशोन लेसियोनका एक कम्प्युटर प्रोग्रामर थिए । जो नोवामा भएको कार्यक्रमबाट पत्नी एयनावसँग भागेका थिए । उनीलाई अपहरण गरिएको थियो ।

हमासले शनिबार थप ३ जना बन्धकलाई मुक्त गर्ने

इली शाराबी, ५२ बर्षीय बीरी किबुत्जबाट अपहरित भएका थिए र उनका भाइ योसीको मृत्यु पुष्टि गरिएको छ । इलीकी पत्नी, लियान र दुई छोरीहरू नोइया र याहेललाई आक्रमणमा हत्या गरिएको थियो ।

इजरायलका प्रधानमन्त्री बेंजामिन नेतन्याहूको कार्यालयले शनिबारको लागि निर्धारित बन्धकहरूको सूची प्राप्त भएको र उनका परिवारलाई सूचित गरिएको पुष्टि गरेको छ ।

२० जनवरीदेखि भएको युद्धविरामपछि हालसम्म १८ बन्धकहरूलाई हमासले मुक्त गरेको छ । बदलामा इजरायलले ३८३ प्यालेस्तीनी कैदीहरूलाई रिहा गरेको छ । हामासले भने शनिबार थप १८३ जनालाई इजरायलले फिर्ता गर्ने जनाएको छ ।

युद्धविरामको पहिलो चरण समाप्त हुँदै गर्दा ३३ बन्धक र १ हजार ९०० कैदीहरूको फिर्ती हुने अनुमान गरिएको छ । इजरायलका अनुसार ती ३३ बन्धकहरूमा आठ जना मृत छन् ।

७ अक्टोबर २०२३ मा हामासले इजरायलमा आक्रमण गर्दा २५१ जनालाई बन्धक बनाएको थियो । लगभग १ हजार २०० इजरायली नागरिक मारिएका थिए ।

हमासले शनिबार थप ३ जना बन्धकलाई मुक्त गर्ने

यद्यपि गाजा स्वास्थ्य मन्त्रालयका अनुसार, इजरायलको आक्रमणमा ४७ हजार ५०० भन्दा बढी प्यालेस्तीनीको मृत्यु भएको छ ।

संयुक्त राष्ट्रसंघको अनुसार गाजाका दुई तिहाई भवनहरू नष्ट वा क्षतिग्रस्त भएका छन् ।





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School