प्रकाशित मिति : माघ २५, २०८१ शुक्रबार
अमेरिकाले जनवरी महिनामा १ लाख ४३ हजार नयाँ रोजगारी सृजना गरेको छ । यसले बेरोजगारी दर ४प्रतिशतमा मा घटेको छ । जनवरीमा सृजना गरिएको रोजगारी अपेक्षा भन्दा कम हो ।
आर्थिक विज्ञहरूले जनवरी महिनामा १ लाख ७० हजार नयाँ रोजगारी सृजना हुने प्रक्षपण गरेका थिए । उनीहरुले बेरोजगारी दर ४ दशमलव १ प्रतिशतमा रहने अनुमान गरेका थिए ।
अत्यधिक चिसो र कडा मौसम तथा लस एन्जलसको जंगलमा लागेको आगोले जनवरीमा सृजना हुने रोजगारीमा असर गर्ने पूर्वानुमान गरिएको थियो ।
सन २०२४ मा अर्थतन्त्रमा ५ लाख ८९ हजार रोजगारी सृजना भएको थियो । महामारीपछि श्रम बजारको वृद्धिमा गिरावट आएको छ । तर बजार भने पूर्ण रूपमा धरापमा परेको देखिदैन ।
जनवरी सम्म अमेरिकाले ४९ महिनासम्मको लगातार रोजगारी वृद्धिको अवधि देखाएको छ ।
जुन १९३९ देखि उपलब्ध बीएलएस डेटा अनुसार यो दोस्रो लामो अवधि हो। सबैभन्दा लामो अवधि अक्टोबर २०१० देखि फेब्रुअरी २०२० सम्मको ११३ महिनाको श्रृंखला थियो।
राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यापार, आप्रवासन र संघीय रोजगारसँग सम्बन्धित व्यापक नीतिगत परिवर्तनहरू लागू गर्दै गर्दा संभावित परिवर्तनको अवस्था अझ गम्भीर भएको देखिएको छ।
स्वास्थ्य सेवा र सामाजिक सहायता क्षेत्रहरूले ६६ हजार नयाँ रोजगारी थपेका थिए ।