ट्रम्पले अन्तर्राष्ट्रिय फौजदारी अदालतविरुद्ध प्रतिबन्ध लगाए, इजरायलमाथि आधारहीन कारबाही गरेको आरोप



प्रकाशित मिति : माघ २४, २०८१ बिहीबार

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तर्राष्ट्रिय फौजदारी अदालत ‘आईसीसी’ विरुद्ध प्रतिबन्धको घोषणा गरेका छन ।

अमेरिका र यसको सहयोगी इजरायलविरुद्ध अनुचित र आधारहीन कारबाही अदालतले गरेको आरोप ट्रम्पले लगाउदै प्रतिबन्धको घोषणा गरेका हुन ।

बीबीसीका अनुसार ट्रम्पले अन्तर्राष्ट्रिय फौजदारी अदालतविरुद्ध प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा समेत हस्ताक्षर गरेका छन । नोभेम्बर २०२४ मा अन्तर्राष्ट्रिय फौजदारी अदालतले इजरायली प्रधानमन्त्री नेतन्याहुविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।

ट्रम्पले अन्तर्राष्ट्रिय फौजदारी अदालतविरुद्ध प्रतिबन्ध लगाए, इजरायलमाथि आधारहीन कारबाही गरेको आरोप

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको अमेरिका भ्रमणका क्रममा ट्रम्पले उक्त आदेशमा हस्ताक्षर गरेका हुन्।

यो कार्यकारी आदेशपछि अमेरिका र सहयोगी देशहरुका नागरिक वा अधिकारीका बिरुद्ध अनुसन्धान गर्ने आईसीसीका अधिकारी तिनका परिवार र अनुसन्धानमा सहयोग गर्नेमाथि आर्थिक र भिषा प्रतिबन्ध लाग्नेछ ।

आईसीसीले गाजामा इजरायली प्रधानमन्त्री नेतन्याहुले युद्ध अपराध गरेको आरोप लगाएको छ । इजरायलले भने आरोपलाई अस्वीकार गरेको छ । हमास प्रमुख बिरुद्ध पनि आईसीसीले वारेन्ट जारी गरेको छ ।

अमेरिकाले आईसीसीको को सदस्यता लिएको छैन । यसले अमेरिकी अधिकारीहरू वा नागरिकहरूका लागि आईसीसीको कुनै पनि क्षेत्राधिकारलाई अस्वीकार गरेको छ ।

ट्रम्पले पहिलो कार्यकालमा आईसीसीका अधिकारीहरूलाई अफगानिस्तानमा अमेरिकी सेनाले गरेको युद्ध अपराध अनुसन्धान गर्न अस्वीकार गर्दै प्रतिबन्ध लगाएका थिए । ती प्रतिबन्धहरू राष्ट्रपति जो बाइडनको प्रशासनद्वारा हटाइएको थियो ।

ट्रम्पले अन्तर्राष्ट्रिय फौजदारी अदालतविरुद्ध प्रतिबन्ध लगाए, इजरायलमाथि आधारहीन कारबाही गरेको आरोप

आईसीसी २००२ मा स्थापना भएको हो । विश्वका १२० भन्दा बढी राष्ट्रहरूले रोम संन्धिलाई स्वीकार गरेका छन् । अमेरिका र इजरायल भने यो संधिको पक्षधर छैनन् ।

आईसीसी अन्तिम उपायको अदालत हो । राष्ट्रिय अधिकारीहरूले अभियुक्तलाई अभियोजन गर्न असमर्थ वा अस्वीकृत गरेमा मात्रै यसले हस्तक्षेप गर्ने गर्दछ ।





Source link

Leave a Comment