अमेरिकापछि विश्व स्वास्थ्य सङ्गठनबाट अर्जेन्टिना पनि बाहिरियो



प्रकाशित मिति : माघ २४, २०८१ बिहीबार

अर्जेन्टिनाले विश्व स्वास्थ्य सङ्गठन ‘डब्लुएचओ’बाट बाहिरिने घोषणा गरेको छ । अर्जेन्टिनाका राष्ट्रपतिका प्रवक्ता म्यानुएल एडोर्नीले निर्णयको घोषणा गरेका हुन ।

राष्ट्रपति ‘जेभियर’ मिलेईले ‘विदेश मन्त्री’ गेरार्डो वर्थेनलाई विश्व स्वास्थ्य सङ्गठनमा अर्जेन्टिनाको सहभागिता फिर्ता लिन निर्देशन दिएका छन ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लुएचओबाट अमेरिकालाई फिर्ता लिने घोषणा गर्दै कार्यकारी आदेशमा हस्ताक्षर गरेको केही हप्तापछि अर्जेन्टिनाको यो घोषणा बाहिर आएको हो ।

अमेरिकापछि विश्व स्वास्थ्य सङ्गठनबाट अर्जेन्टिना पनि बाहिरियो

अर्जेन्टिनाका राष्ट्रपति कार्यालयले डब्लुएचओमाथि कोभिड–१९ महामारीको समयमा अन्तहीन क्वारेन्टाइनलाई बढावा दिएर आर्थिक क्षति पुर्याएको आरोप लगाएको छ ।

डब्लुएचओले अर्जेन्टिनामा काम गर्छ । तथापि एडोर्नीले अर्जेन्टिनाले स्वास्थ्य व्यवस्थापनका लागि डब्लुएचओबाट आर्थिक सहयोग प्राप्त नगरेको बताए ।

यसअघि जनवरीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकालको पहिलो दिन विश्वव्यापी स्वास्थ्य एजेन्सीबाट अमेरिकालाई फिर्ता लिने घोषणा गरेका थिए ।

ट्रम्पले जनवरीको कार्यकारी आदेशमा डब्लुएचओको आलोचना गर्दै ‘चीनको वुहानबाट उत्पन्न भएको कोभिड–१९ महामारी र अन्य विश्वव्यापी स्वास्थ्य सङ्कटहरूको व्यवस्थापन गनै नसकेको , तत्काल आवश्यक सुधारहरू अपनाउन असफल भएको र डब्लुएचओका सदस्य राष्ट्रहरूको अनुपयुक्त राजनीतिक प्रभावबाट स्वतन्त्रता प्रदर्शन गर्न नसकेको’ आरोप लगाएका थिए ।

विश्व स्वास्थ्य संगठनले अमेरिकाले आफ्नो निर्णयमा पुनर्विचार गर्ने आशा गरेको छ । उसले विश्वभरका लाखौँ मानिसहरूको स्वास्थ्य र कल्याणका लागि अमेरिका र निकायबीचको साझेदारी कायम राख्न ‘रचनात्मक संवाद’ मा संलग्न हुन तत्पर रहेको पनि बताएको छ ।

अमेरिकापछि विश्व स्वास्थ्य सङ्गठनबाट अर्जेन्टिना पनि बाहिरियो





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School