अमेरिकाले कागजातविहीन भारतीय नागरिकलाई फिर्ता पठाएपछि विदेश मन्त्रीले के भने ?



प्रकाशित मिति : माघ २४, २०८१ बिहीबार

अमेरिकामा बिना वैध कागजात बसिरहेका भारतीय आप्रवासीलाई फिर्ता भारत पठाउने विषयमा विदेश मन्त्री एस जयशंकरले संसदमा प्रतिक्रिया दिएका छन्।

उनले विदेशमा अवैध रुपमा बसिरहेका आफ्ना नागरिकहरुलाई फिर्ता ल्याउने सबै देशहरुको जिम्मेवारी रहने जिकिर गरे । उनले भने, “आफ्ना नागरिक विदेशमा अवैध रूपमा बसिरहेका छन् भने उनीहरूलाई फिर्ता ल्याउनुपर्छ । यो सबै देशहरूको जिम्मेवारी हो ।”

विदेश मन्त्री जयशंकरले थपे, “यो त्यतिबेला मात्र सम्भव हुन्छ, जब उनीहरूको नागरिकताको स्पष्ट रूपमा पुष्टि गरिन्छ। यो कुनै विशेष नीति होइन, न त मात्र भारतले अपनाएको नीति हो। यो अन्तर्राष्ट्रिय सम्बन्धहरूमा सामान्य रूपमा स्वीकार गरिएको सिद्धान्त हो।”

अमेरिकाले कागजातविहीन भारतीय नागरिकलाई फिर्ता पठाएपछि विदेश मन्त्रीले के भने ?

उनले निर्वासनको प्रक्रिया कुनै नयाँ नभएको जिकिर गरे । “निर्वासनको प्रक्रिया कुनै नयाँ होइन, यो धेरै वर्षदेखि चल्दै आएको छ। यो कुनै एक देशमा मात्र लागू हुने नीति होइन।”, उनले भने ।

बुधबार अमेरिकी सेनाको एउटा विमान अमेरिकामा बिना कागजात बसिरहेका भारतीयहरूलाई लिएर अमृतसरको श्री गुरु रामदास अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो।





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School