नेपालको दोस्रो जंगबहादुर को हो ? : RajdhaniDaily.com


नेपालको इतिहासमै चर्चित जंगबहादुर राणा पहिले को थिए ? उनी कसरी जंगबहादुर भए ? उनान्तीस वर्षसम्म नेपालकै सर्वशक्तिमान् बनेका जंगबहादुर राणाको सबल र दुर्बल पक्ष के कस्तो थियो ? अहिले मुलुकमा उनै जंगबहादुरकै कार्यशैली र व्यवहारको नक्कल गर्ने अर्को जंगबहादुरको उदय भएको छ । नेपाली जनताले नै दोस्रो जंगबहादुरको उपनामले सम्बोधन गर्ने नयाँ जंगबहादुरको वास्तविक नाम के हो ? विगतमा उनी कुन नामले परिचित थिए ? पहिलो जंगबहादुरसँग मिल्ने अहिलेका जंगबहादुरको कार्यशैली र व्यवहार के के हुन् ? तुलनात्नमक रूपमा उनी दोस्रो जंगबहादुर भन्नलायक छन्÷छैनन् ? यही कुरा पहिचान गर्न हामीले पहिलेको र अहिलेकै जंगबहादुरको कार्यशैली, व्यवहार तुलनात्मक रूपमा हेर्नुपर्ने हुन्छ । सर्वप्रथम पहिलेकै जंगबहादुरका ’boutमा संक्षिप्त चर्चा गरौं ः

पहिलो जंगबहादुर, कुँवर थरका थिए । उनको बाल्यकालको नाम वीरनरसिंह कुँवर थियो । उनी गोरखा जिल्लाको वोर्लाङ निवासी वालनसिंह कुँवरका छोरा थिए । वीरनरसिंह कुँवको जन्म १८७४ सालमा वोर्लाङको कुँवर गाउँमै भएको थियो । बाल्यावस्थादेखि नै वीरनरसिंह कुँवर हक्की, शूरो र चतुर स्वभावको भएकाले उनैका मामा माथवरसिंह थापाले वीरनरसिंहको नाम जंगबहादुर राखिदिए । यसपछि उनी जंगबहादुर कुँवरको नामले परिचित हुँदै आए । जंगबहादुर कुँवरकी आमाको नाम गणेशकुमारी थियो । उनी माथरवसिंह थापाकी दिदी, नयनसिंह थापाकी छोरी थिइन् । जंगबहादुरका बाबु वालनरसिंह कुँवर गोरखा दरबारका इमानदार कर्मचारी भएकाले जागिरको क्रममा धनकुटा, जुम्ला, डडेलधुरालगायतका स्थानमा सरुवा भई जाँदा जंगबहादुर पनि साथै गएका थिए ।

विसं १८९० पछि नेपाल दरबारमा प्रारम्भ भएको शक्तिको प्रतिस्पर्धाले विभिन्न गुटउपगुटको उदय हुँदै आयो । जसमध्ये ब्राह्मणहरूको गुट, गोरखालीको गुट, गैरगोरखाली गुट, राजाको गुट, युवराजको गुट थापाको गुट पाण्डेको गुट तथा चौतरियाहरूको गुट प्रमुख थिए । गुटहरूबीच पनि पारस्परिक प्रतिस्पर्धा तीव्र हुँदै आयो । एकले अर्कोलाई असफल बनाउने प्रतिस्पर्धाले जंगबहादुरलाई अवसर प्रदान गरायो । यसको लगत्तै राजा सुरेन्द्रलाई रिझाएबापत १८९६ सालमा राजा सुरेन्द्रले जंगबहादुरलाई राणाको उपाधि प्रदान गरे । यसपछि जन्मका वीरनरसिंह कुँवर नै जंगबहादुर कुँवर हुँदै जंगबहादुर राणामा परिणत भए । राणा पदवी धारण गर्नेले जस्तोसुकै अपराध गरे पनि मृत्युदण्ड, सर्वस्वहरण र जतिच्युतजस्तो कठोर सजाय नहुने व्यवस्था भयो । राजपरिवारबीचकै गुट एवं भारदारकै गुटगत प्रतिस्पर्धाले १९०३ सालमा कोतपर्व निम्त्याएपछि एकाएक जंगबहादुर राणाले प्रधानमन्त्री बन्ने मौका पाए । राजा सुरेन्द्रले नै पुनः १९१३ सालमा जंगबहादुरलाई कास्की र लमजुङको श्री ३ महाराजको पदवी दिएपछि उनी श्री ३ महाराज जंगबहादुर राणाको नामबाट १९३३ सालसम्म नेपालको प्रधानमन्त्री भएका थिए । जंगबहादुर राणाको मृत्यु ३१ माघ १९३३ मा सर्लाहीको पत्थरघट्टामा भएको थियो ।

जंगबहादुर राणा नेपालको अहिलेसम्मकै सबैभन्दा कम उमेरमा प्रधानमन्त्री बन्ने व्यक्ति हुन् । उनी २९ वर्षकै उमेरमा प्रधानमन्त्री बनेका थिए । १९०३ देखि १९३३ सालसम्म प्रधानमन्त्री भए पनि जंगबहादुर राणा १९०६÷०७ मा एक वर्षको बेलायत भ्रमणमा जाँदा उनकै अनुपस्थितिमा बमबहादुर राणा एक वर्षका लागि प्रधानमन्त्री भएका थिए । बेलायत भ्रमणको क्रममा जंगबहादुरले फ्रान्स र इजिप्टको पनि भ्रमण गरेका थिए । श्री ३ महाराजको पदवी पाएपछि शक्तिशाली बनेका जंगबहादुर राणालाई राजा सुरेन्द्रले केही विशेषाधिकारहरू पनि दिए । जंगबहादुरले पाएका विशेषाधिकारमा, युद्ध घोष्णा गर्न सक्ने, सबै तहका कर्मचारीको नियुक्ति, पजनी र खोसुवा गर्न सक्ने, जंगी, निजामती र अदालती क्षेत्रको सम्पूर्ण आन्तरिक स्थितिमाथि नियन्त्रण गर्ने, मृत्युदण्डलगायत अन्य सबै प्रकारका दण्ड दिने, कानुन बनाउने संशोधन गर्ने र खारिज गर्न सक्ने तथा भारत, भोट र चीनसँग मैत्री सम्बन्ध विस्तार गर्ने प्रमुख विशेषाधिकार थिए ।

जंगबहादुरको सबल पक्ष
नेपालमा पहिलो लिखित नियम, मुलुकी ऐन १९१० बनाउने व्यक्ति जंगबहादुर हुन् । उनी अधिकांश कार्य कानुनअनुसारै गर्थे । जंगबहादुरले सतीप्रथा रोक्ने प्रयास गरेको भए पनि यसमा उनी सफल भएनन् । दासप्रथा रोक्ने क्रममा ४ सय ५० जना दासदासीलाई उन्मुक्ति दिलाए पनि जंगबहादुरले पूर्ण रूपमै दासप्रथा अन्त्य गर्न सकेनन् । तथापि, कसैले दासदासी राखेमा ३ सय ५० रुपैयाँसम्म जरिमाना गर्ने नियम बसालेर दासदासी राख्नेलाई निरुत्साहित बनाएका थिए । जंगबहादुरले १ वर्षमा ११ दिन मात्र जुवातास खेल्न पाइने थिति बसालेका थिए । हुलाक व्यवस्थालाई परिमार्जन गरेर हुलाकी नियुक्ति गर्ने परिपाटी बसाले । बालविवाह निर्मूल गर्ने उद्देश्यले जंगबहादुरले पाँच वर्षमुनिको बालबालिकाको विवाह गर्न नपाउने नियम बनाएका थिए । जंगबहादुरले व्यवस्थित सैनिक तालिमको सुरुवात गरे । उनले टेलिफोन र विद्युत् सम्भाव्यताको अध्ययन गर्न लगाएका थिए । जंगबहादुरले बाग्मती, विष्णुमती, बालाजु, धोवीखोला र हेटौंडाजस्ता स्थानमा आवागमन गर्न सहज हुने काठेपुल बनाएका थिए ।

यसैगरी, जंगबहादुरले गरेका अन्य उल्लेखनीय कार्यमा १९०५ सालदेखि प्रारम्भ गरेको कर्मचारीको अभिलेख राख्न स्थापना गरेको कमान्डरी, किताबखाना, अंगभंगको सजायउपर लगाएको प्रतिबन्ध, भारतमा अंग्रेजविरुद्ध भएको सन् १८५७ को सिपाही विद्रोहमा अंग्रेजको सहयोगार्थ नेपाली फौज पठाई अंग्रेजले कब्जा गरेको साबिकको नेपाली भूमि बाँके, बर्दिया, कैलाली, कञ्चनपुर फिर्ता गराएका थिए । राष्ट्रिय स्वाधीनता अक्षुण्ण राख्न १९१२ चैतमा तिब्बतसँग गरेको थापाथली सन्धि उनको गर्व गर्नलायक ऐतिहासिक कार्य हो । यस्तै जंगबहादुरले प्रहरी थानामा लेफ्टिनेन्टको कमान्डमा हवल्दार, अमल्दार, कोटवाल, मुन्सी, नौसिन्दा र सिपाही राख्ने परिपाटी बसालेका थिए । जुन नेपाल प्रहरीको पहिलो व्यवस्थित संगठनात्मक स्वरूप हो ।

ज्यानसम्बन्धी घटनाको अनुसन्धान वा तहकिकात गर्ने प्रथा पनि जंगबहादुरले नै बसालेका हुन् । कानुन कार्यान्वयन गराउन जंगबहादुर कति कठोर थिए भन्ने कुरा उनले १९३२ सालमा प्रहरी थानालाई प्रदान गरेको अधिकारले नै पुष्टि गर्छ । स्मरण रहोस्, १९३२ सालमा कानुन उल्लंघन गर्नेलाई अमिनी र अदालतबाट दण्ड–जरिमाना गराउने व्यवस्था भए पनि नीति नियम उल्लंघन गर्नेलाई पुलिस थानाले नै दण्डित गराउन सक्ने अख्तियार जंगबहादुरले दिएका थिए । यस’boutको जंगबहादुरकै यो आदेशलाई हेरौं । ‘जनकपुरधामका अन्तरगृही भित्रका तलाउ पोखरी ओरिपरी बगैंचामा कसैले माछा नमार्नु और चिढीया नमार्नु । कसैले अन्तरगृही भित्र मा¥यो भन्या जो मारेको जसले देख्छ, तेसले मारेको जनावर, चिढई र मान्र्यालाई समेत पक्रि अदालत थानामा लगि फि माछाको २।। मोहर, फि चिढाईको २।। मोहरका दरले दण्ड गर्नु’ भन्ने व्याख्या गरेका थिए ।

जंगबहादुरले गरेको अन्य कार्यमा कौशल गठन हो । कौशलको संरचना र कार्य बेलायती काउन्सिलसँग मिल्थ्यो । कौशलले अहिलेको कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाले गर्ने कार्य गथ्र्याे । कौशलको प्रमुख जंगबहादुर आफैं हुन्थे । कौशलले कानुन बनाउने, तल्लो अदालतले छिन्न नसकेका मुद्दा छिन्ने, राष्ट्रिय स्तरका काम–कार्य गर्नुपर्दा निर्णय गर्ने गथ्र्याे । जंगबहादुरले विभिन्न स्थानमा छरिएर रहेका मोठ अड्डालाई एकत्रित गरी एउटै मोठ अड्डा बनाएर जग्गा जमिनको लगत राख्ने, दर्ता गर्ने व्यवस्था गरेका थिए । जंगबहादुरकै पालाको मोठ अड्डा नै परिमार्जित हुँदै अहिलेको माल अड्डा भएको हो । जंगबहादुरको पालामा तराई क्षेत्रका प्रगन्ना र पहाडी क्षेत्रका थुमहरूलाई नै अदालतको कार्य गर्ने अख्तियारी दिइएको थियो । केन्द्रीय स्तरमा भने चारवटा अदालत थिए । मुख्य अदालतलाई कोटीलिङ्ग भनिन्थ्यो । मुख्य अदालतबाहेकका अन्य तीन अदालतलाई इटाचपली, टकसार र धनसार भनिन्थ्यो । यसबाहेक पाटन र भादगाउँमा अलगै जिल्ला अदालत थिए । जंगबहादुरको पालाको न्यायप्रणाली सुदृढ र प्रभावकारी थियो ।

जंगबहादुरको दुर्बल पक्ष
जहानियाँ राणा शासनको संस्थापक जंगबहादुर राणाको कार्य देश र जनताको हितमा केन्द्रित भएको उल्लिखित दृष्टान्तले नै पुष्टि गर्छ । उनीपछिका अन्य उत्तराधिकारीहरू पारिवारिक हित र विलासितामा आकर्षित हुँदा नै राणा शासन देश र जनताका निम्ति कालो शासनमा परिणत भएको हो । तथापि, औसत कार्य जंगबहादुरका राम्रा वा सबल भए पनि उनको वैयक्तिक व्यवहार र कतिपय कार्य गलत पनि थिए । जंगबहादुरको गलत कार्य वा दुर्बल पक्षमा, नेपाली समाजलाई तागाधारी, मतवाली र पानी नचल्ने गरी तीन समूहमा गरेको वर्गीकरण, प्रधानमन्त्री बन्ने रोलक्रम आफूपछि भाइहरू, भाइहरूपछि आफ्नो छोराहरू छोराहरूपछि, नातिहरू र नातिहरूपछि भाइका छोराहरूलाई तोकिदिएर जहानियाँ राणा शासन स्थापित गराउने जंगबहादुरको प्रमुख दुर्बल पक्ष थियो । यसको अतिरिक्त दरबारमा रख्यौटीहरू राखी विलासी जीवन बिताउने । युरोपमा बनेका रक्सी मात्र खाने । राष्ट्रको ढिकुटीलाई निजी ठान्ने जंगबहादुरका अरू दुर्बल पक्ष थिए । यसैगरी, जंगबहादुरले कोतपर्व, भण्डारखाल पर्व र अलौ पर्वमा सांघातिक आक्रमण गराएर ठूलो संख्यामा भारदारहरूको हत्या गराएका थिए । जंगबहादुर हक्की स्वभावका थिए उनी जे बोल्थे त्यो गर्थे, यस क्रममा कतिपय कठोर दण्ड सजाय दिनपछि पर्दैनथे ।

दोस्रो जंगबहादुर पहिचानको आधार
दोस्रो जंगबहादुरको सही नाम र उपनाम के हो ? उनी कहाँ जन्मिए, कसरी हुर्किए ? प्रारम्भमा उनको हैसियत कस्तो थियो, अहिले कस्तो छ ? उनको परिवारमा को–को छन् ? उनी के पेसा अपनाउँछन् ? भन्ने कुरा गोप्य नै छ । पहिलो जंगबहादुरसँग तुलना गरिएको कारण पक्कै पनि उही पेसा, उही व्यवहार र उही कार्यशैलीका व्यक्ति हुन सक्छन् । उनी नेपालको राष्ट्रिय व्यक्तित्वमध्येमै पर्ने अनुमान गर्न सकिन्छ । विगतमा २९ वर्षसम्म मुलुककै हर्ताकर्ता व्यक्तिसँग तुलना गरिएको आधारमा दोस्रो जंगबहादुर पनि उच्चपदस्थ राजनीतिक व्यक्ति नै हुनुपर्छ । किनकि अन्य भारेभुरे त चर्चामै आउन सक्दैनन् । यसैले नेपालको दोस्रो जंगबहादुर पहिचान गर्न राष्ट्रिय राजनीतिमा चर्चाको शिखरमा पुगेकै व्यक्ति छान्नुपर्ने हुन्छ ।

स्मरण रहोस्, पहिलो जंगबहादुरको स्वरूप विशेषतासँग हुबहु नमिले पनि उनकै कार्यशैली र व्यवहारसँग मिल्ने एक वरिष्ठ राजनीतिज्ञलाई सर्वसाधारण नागरिककै एक समूहले स्तम्भकारको नजरमा पारेका छन् । स्तम्भकारको मूल्यांकनमा पनि उनको कार्यशैलीको झलक र विशेषता खुलस्त राखिदिए पाठकलाई पहिचान गर्न सहज हुन्छ भन्ने मान्यता छ । यहाँ उल्लिखित विशेषताकै आधारमा उनको पहिचान गर्ने जिम्मा पनि म पाठक महानुभावहरूलाई दिन्छु । हामीले पहिचान गर्नुपर्ने सम्भावित व्यक्ति पनि नेपालकै चर्चित राजनीतिज्ञ नै हुन् । उनको राजनीतिक हट भने पहिलो जंगबहादुरसँग ठ्याक्कै मिल्छ । जंगबहादुरजस्तै उनी पनि आजीवन पदमै बस्न रुचाउँछन् । जंगबहादुरकै जस्तो उनको प्रशासनिक ठाडो आदेशलाई कानुनसरह मानी सबैले पालन गर्नुपर्दछ । अन्यथा कठोर दण्ड सजायको भागीदार बन्नुपर्छ । उनका केही अतिविशिष्ट विशेषता पहिलो जंगबहादुरलाई नै पछाडि धकेल्नेछन् । उनी जे भन्छन् त्यो गर्दैनन् । जे भन्दैनन् त्यो गर्छन् । जंगबहादुरजस्तै उनी पनि आफन्त, परिवार, गुट, समूह र निकटतम व्यक्तिकै हितका निम्ति पदमा बस्न रुचाउँछन् । जनताकै भ¥याङ चढेर सत्तामा पुग्छन् तर जंगबहादुरकै शैलीमा एकलै शासन चलाउँछन् ।

जंगबहादुरकै जस्तो उनले पनि परिवार, निकटतम सहयोगीलाई कानुन नलाग्ने उपल्लो श्रेणीमा राखेका छन् । आफैं संरक्षक बनी अपराधीलाई अपराधी कार्यमै परिचालित गराएका छन् । जंगबहदाुर जस्तै उनी पनि विलासितामा कम छैनन् । तुक्का जोडीजोडी जनतालाई भ्रमित बनाउँछन् । जंगबहादुरकै जस्तो आफूसँग मनमोटाव गर्ने, वैचारिक प्रतिस्पर्धा गर्ने, आफ्नो भनाइ खण्डन गर्ने, राजनीतिक प्रतिस्पर्धी र प्रतिपक्षीलाई उनी पनि शत्रु ठान्छन् । जंगबहादुरले आफ्ना विरोधीलाई विभिन्न पर्वकै आयोजना गरेर हत्या नै गराएका थिए । तर, दोस्रो जंगबहादुर पनि त्यही प्रवृत्तिको भए पनि समय उनीअनुकूल नभएर रोकिएका छन् । पहिलेका जंगबहादुरले जहानियाँ शासनकै जग बसालेकाका थिए । अहिलेका जंगबहदुरले सन्तानकै चाहना नराखेकाले उनी नातागोता र साथ सहयोगीलाई आफ्नो उत्तराधिकारी बनाउन चाहन्छन् । पहिलेका जंगबहादुरकै जस्तो, अहिलेका जंगबहादुरले मुलुकको ढिकुटीलाई निजी बनाएकै छन् । पाठक महानुभावहरू अब तपाईंहरू आफैं पत्ता लगाउनुहोस्, जनताले नै दोस्रो जंगबहादुरको उपाधि प्रदान गरेका ती व्यक्ति को हुन् ? उनको सक्कली नाम के हो ?

(Visited 12 times, 1 visits today)





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School