अमेरिकामा विश्वकप हेर्न अहिले नै भिसा आवेदन दिन सुझाव, खेल टिकट वा बुकिङ नचाहिने



प्रकाशित मिति : माघ २१, २०८१ सोमबार

अमेरिकामा विश्वकप हेर्न अहिले नै भिसा आवेदन दिन सुझाव, खेल टिकट वा बुकिङ नचाहिने

२०२६ फिफा विश्वकप अमेरिकासहित क्यानडा र मेक्सिकोमा आयोजना हुने तयारीका साथ अमेरिकी दूतावासहरू र वाणिज्य दूतावासहरूले विश्वभरका प्रशंसकहरूलाई समयमै अमेरिकको भिसाका लागि आवेदन दिन सल्लाह दिएका छन्। करोडौँ आगन्तुकहरू अपेक्षित भएकाले तथा विशेष गरी फाइनल सहित अधिकांश खेलहरू अमेरिका स्वयंले आयोजना गर्ने भएकाले अमेरिकाले भिसा आवेदनको ठूलो चापको तयारी गरिरहेको छ ।

अमेरिकी कूटनीतिक मिशनहरूले भिसा आवेदन गर्नका लागि खेलको टिकट, होटल आरक्षण वा उडान बुकिङ देखाउन आवश्यक नपर्ने बताएका छन्। हालै, मौरिटानियामा रहेको अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत भनेको छ, “यदि तपाईं २०२६ मा अमेरिका आयोजना हुने फिफा विश्वकपमा सहभागी हुन चाहनुहुन्छ र अमेरिकी प्रवेश भिसा आवश्यक छ भने अहिले नै आवेदन दिनुहोस् । भिसाका लागि खेलको टिकट, होटल आरक्षण वा उडान टिकट देखाउन आवश्यक छैन। हामी लाखौँ मानिसहरूको सुरक्षित यात्रा सहज बनाउँछौं।”

अमेरिकामा विश्वकप हेर्न अहिले नै भिसा आवेदन दिन सुझाव, खेल टिकट वा बुकिङ नचाहिने

यसैगरी, मेक्सिकोस्थित अमेरिकी दूतावासले मेक्सिकोका नागरिक तथा बासिन्दाहरूलाई प्रतियोगिताअघि नै भिसा नवीकरण गर्न सल्लाह दिएको छ। वेबसाइटमार्फत सार्वजनिक सन्देशमा भनिएको छ – “के तपाईं २०२६ फिफा विश्वकप हेर्न तयार हुनुहुन्छ? अमेरिकामा हुने खेलहरू हेर्न भिसा नवीकरण गर्नुहोस्।”

तर, भिसा आवेदनको प्रतीक्षा अवधि प्रमुख चुनौती बनेको छ। केही स्थानहरूमा ७०० दिनभन्दा बढी ढिलाइ भइरहेको छ। अमेरिकी विदेश मन्त्रालयका अनुसार, प्रतीक्षा समय क्षेत्रअनुसार फरक रहन्छ—कतै भिसा अन्तरवार्ताको समय एकै दिन पाइन्छ भने कतै निकै लामो समय लाग्छ। पछिल्लो तथ्यांक अनुसार मुम्बईमा ४४४ दिन, चेन्नईमा ४३६ दिन र बोगोटामा ७०० दिनसम्मको प्रतीक्षा समय छ। नेपालबाट पर्यटक भिसाका लागि हाल २२१ दिनको प्रतीक्षा समय रहेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २०२६ विश्वकपका लागि सबै योग्य खेलाडी, प्रशंसक, र अधिकारीहरूलाई कुनै भेदभावबिना प्रवेशको अनुमति दिने आश्वासन दिएका छन्। तर, उनको प्रशासनको विगतको कडा आप्रवासन नीतिले अन्तर्राष्ट्रिय आगन्तुकहरूका लागि चुनौती निम्त्याउन सक्ने सम्भावना छ।

लामो भिसा प्रक्रिया र ट्रम्प प्रशासनअन्तर्गत सम्भावित नीतिगत परिवर्तनहरूका कारण विश्वभरका फुटबल प्रशंसकहरूका लागि अमेरिका पुगेर विश्वकप हेर्न झन् जटिल हुन सक्छ।





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School