डीआर कंगोमा भिषण युद्ध जारी, ५ दिनमा ७०० मानिस मारिए



प्रकाशित मिति : माघ १८, २०८१ शुक्रबार

लोकतान्त्रिक गणतन्त्र कंगोमा ५ दिनमा ७ सय मानिस मारिएका छन । संयुक्त राष्ट्रसंघका अनुसार मङ्गलबारदेखि सुरु भएको भिडन्तमा ७०० जनाभन्दा बढी मानिसहरू मारिएका हुन । यो भिडन्त विद्रोहीले नियन्त्रणमा लिएको भनिएको गोमा शहरमा भएको हो ।

संयुक्त राष्ट्रसंघका प्रवक्ता स्तेफान दुजारिकले २ हजार ८०० जना मानिस घाइते भएका छन् । एम २३ विद्रोही समूहले रुवान्डाको समर्थनमा उत्तर किभु प्रान्तको राजधानी गोमालाई कब्जा गरेको बताएको छ ।

विद्रोहीहरू अब दक्षिण किभु प्रान्तको राजधानी बुकावु नियन्त्रणका लागि अघि बढेका देखिएको छ । पूर्वी डीआर कंगोमा युद्ध १९९० को दशकदेखि चलेको भए पनि पछिल्लो केहि दिनदेखि तीव्र भएको छ।

तुत्सी जातिका मानिसहरु रहेको विद्रोही समूह एम २३ ले आफ्नो अल्पसंख्यक अधिकारको रक्षा गर्नको लागि लडिरहेको बताउदै आएका छन । तर डीआर कंगो सरकारले भने विद्रोहीहरूले पूर्वी क्षेत्रको विशाल खनिज सम्पत्ति कब्जा गर्न चाहेका बताएको छ ।

मृत्यु र घाइते हुनेको संख्या विश्व स्वास्थ्य संगठन (WHO) र साझेदार संस्थाहरूको मूल्याङ्कनबाट आएको हो । जुन डीआर कंगोको सरकारसँग मिलेर आइतबारदेखि बिहीबारसम्म गरेको मूल्याङ्कन हो ।

मृतक संख्या अझै बढ्न सक्ने संयुक्त राष्ट्रसंघका प्रवक्ताले चेतावनी दिएका छन् । एम २३ को प्रगति रोक्नको लागि कंगोका सैनिकहरूले गोमा र बुकावु बीचको सडकमा रक्षात्मक रेखा बनाएका छन् ।

यो साता एम २३ ले आफ्नो आक्रमण जारी राख्ने घोषणा गरेको छ । उनीहरूले पश्चिमी क्षेत्रमा २ हजार ६०० किलोमिटर टाढा रहेको राजधानी किङसासा कब्जा गर्ने उद्देश्य राखेका छन् ।

रुवान्डाको ३ देखि ४ हजार सैनिक पूर्वी डीआर कंगोमा एम २३ का साथ क्रियाशील रहेका संयुक्त राष्ट्रसंघका विशेषज्ञहरूले गत वर्ष अनुमान गरेका थिए ।

डीआर कंगोमा भिषण युद्ध जारी, ५ दिनमा ७०० मानिस मारिए

पछिल्लो हप्तामा गोमामा एम २३ सँगको लडाइँमा दक्षिणी अफ्रिकी देशका १६ सैनिकहरू मारिएका थिए । २०२५ को सुरुवातदेखि ४ लाख भन्दा बढी मानिसहरू आफ्नो घरबाट विस्थापित भएका संयुक्त राष्ट्रसंघका शरणार्थी एजेन्सीले बताएको छ ।

डीआर कंगो अफ्रिकाको दोस्रो ठूलो देश हो । जुन पश्चिमी युरोपको लगभग दुई तिहाइ आकारको छ । यसको नौ देशसँग सिमाना जोडिएको छ ।





Source link

Leave a Comment