प्रकाशित मिति : माघ १३, २०८१ आईतबार
रुपन्देही जिल्ला अदालतले सहकारी ठगीको आरोपमा पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई एक करोड धरौटीमा छाड्न आदेश दिएको छ ।
आइतबार रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दामा लामिछानेलाई एक करोड धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
