रुसको तेल प्रशोधन केन्द्रमा युक्रेनले गर्यो अहिलेसम्मकै ठूलो आक्रमण



प्रकाशित मिति : माघ १२, २०८१ शनिबार

रुसको तेल प्रशोधन केन्द्रमा युक्रेनले अहिलेसम्मकै ठूलो आक्रमण गरेको छ । कम्तीमा १२१ ड्रोन प्रयोग गर्दै रुसी तेल प्रशोधन केन्द्र र मस्कोलाई लक्षित गरी युक्रेनले अहिलेसम्मकै ठूलो आक्रमण गरेको बताइएको छ ।

रुसको दक्षिणपूर्वमा रहेको रियाजन क्षेत्रको तेल प्रशोधन केन्द्र र पम्पिङ स्टेसनमाथि युक्रेनले आक्रमण गरेपछि आगो लागेको थियो ।

रुसले आफनो देशमा विभिन्न क्षेत्रहरुमा प्रहार गरिएका १२१ ड्रोनहरू खसालेको दाबी गरेको छ ।

युक्रेनको गलत सूचना नियन्त्रण केन्द्रका प्रमुख आन्द्रेइ कोभालेन्कोले टेलिग्राममा लेख्दै रियाजनको तेल प्रशोधन केन्द्र र ब्रायान्स्कको क्रेम्नी कारखाना निशाना बनाइएको बताए ।

युक्रेनका अनुसार क्रेम्नी कारखानामा मिसाइलका पुर्जाहरू र अन्य हतियार उत्पादन हुने गर्छ ।

ब्लगरहरूले रियाजनको तेल प्रशोधन केन्द्रमा आगो लागेको तस्बिर र भिडियोहरू पोस्ट गरेका छन् । यो केन्द्र करिब ६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ ।

रुसी राज्य सञ्चालित समाचार संस्था च्क्ष्ब् का अनुसार क्रेम्नी कारखानाले आक्रमणपछि काम स्थगन गरेको छ । रुसले आक्रमण भएकोको स्वीकार गरेको छैन ।

युक्रेनी अधिकारीहरूले रुसी आक्रमणमा प्रयोग भएका ५८ ड्रोनमध्ये २५ ड्रोन नष्ट गरिएको बताएका छन ।

रुसको तेल प्रशोधन केन्द्रमा युक्रेनले गर्यो अहिलेसम्मकै ठूलो आक्रमण

किभ क्षेत्रको हलेभाखामा रुसले प्रहार गरेका ड्रोनका टुक्राले दुई पुरुष र एक महिलाको ज्यान लिएको छ । एक व्यक्ति घाइते भएको त्यहाँको आन्तरिक मन्त्रालयले जनाएको छ ।





Source link

Leave a Comment