राष्ट्रपति ट्रम्पले भने : पहिलो अन्तर्राष्ट्रिय भ्रमण बेलायतबाट सुरु हुन सक्छ



प्रकाशित मिति : माघ १३, २०८१ आईतबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफनो पहिलो अन्तर्राष्ट्रिय भ्रमण बेलायतबाट सुरु हुनसक्ने बताएका छन ।

पत्रकारहरुसँग कुराकानी गर्दै उनले बेलायतबाट अमेरिकी राष्ट्रपतिको भ्रमण सुरुवात गर्ने परम्परालाई अंगाल्नसक्ने सकेत गरेका हुन । तर उनले साउदी अबरबाट पनि भ्रमण सुरु हुन सक्ने संभावनालाई नकारेका छैनन ।

पहिलो कार्यकालमा उनले साउदी अरबबाट आफनो भ्रमण सुरु गरेका थिए । त्यतीबेला साउदी अबरले ४५० अर्ब डलरको अमेरिकी उत्पादन खरिद गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो ।

उनले बेलायती प्रधानमन्त्री सर कीर स्टारमरको प्रशंसा गरेका छन । स्टामरसँग विचार नमिलेपनि उनले राम्रो गरेका छन् भन्ने मलाई लाग्छ ट्रम्पले भनेका छन । बेलायती प्रधानमन्त्रीसँग राम्रो संम्बन्ध रहेको उनले बताए ।

अमेरिकी राष्ट्रपति चुनावको अभियानका क्रममा बेलायती प्रधानमन्त्री सर कीरले न्यूयोर्कको ट्रम्प टावरमा ट्रम्पसँग भेट गरेका थिए।

तर, ट्रम्पका निकट सहयोगी एलन मस्कले भने सर कीरको कडा आलोचना गर्दै बारम्बार उनलाई पदबाट हटाउन आह्वान गरेका छन्।

किरले आफ्नो देशलाई दर्शनको दृष्टिकोणबाट राम्रोसँग प्रतिनिधित्व गरेका छन । म उहाँको दर्शनसँग सहमत नहुन सक्छु, तर हाम्रो सम्बन्ध निकै राम्रो छ ट्रम्पले भनेका छन ।

नोभेम्बरमा ट्रम्प पुनःनिर्वाचित भएपछि सर कीर र ट्रम्पबीच टेलिफोन वार्ता भएको थियो ।

राष्ट्रपति ट्रम्पले भने : पहिलो अन्तर्राष्ट्रिय भ्रमण बेलायतबाट सुरु हुन सक्छ

कीरले अमेरिकाका लागि पूर्व लेबर मन्त्री लर्ड पीटर म्यान्डेल्सनलाई बेलायती राजदूतको रूपमा मनोनयन गरेका छन् । तर, ट्रम्पले यसलाई स्वीकार गर्ने वा नगर्ने भन्ने अझै स्पष्ट छैन ।

ट्रम्पको चुनाव अभियानका सहप्रबन्धक क्रिस लासिभिटाले लर्ड म्यान्डेल्सनलाई ‘पूर्ण मूर्ख’ भन्दै घरमै बस्न सुझाव दिएका छन ।





Source link

Leave a Comment