ट्रम्पको रक्षामन्त्रीमा हेगसेथको मनोनयनमा सिनेटमा बराबर मत, उपराष्ट्रपतिले गरे टाइब्रेक



प्रकाशित मिति : माघ ११, २०८१ शुक्रबार

ट्रम्पको रक्षामन्त्रीमा हेगसेथको मनोनयनमा सिनेटमा बराबर मत, उपराष्ट्रपतिले गरे टाइब्रेक

ट्रम्पको रक्षामन्त्रीमा पिट हेगसेथको मनोनयनमा सिनेटमा बराबर मत खसेपछि उपराष्ट्रपति जेडी भान्सले टाइब्रेक गर्दै हेथसेथको मनोनयनलाई अनुमोदन गराएका छन् । ३ जना रिपब्लिकन सिनेटरहरुले नै हेगसेथको मनोनयनविरुद्ध मतदान गरेपनि सिनेटबाट उनको नाम अनुमोदनमा हम्मे हम्मे भएको हो । जेडी भान्सले टाइब्रेक गरेपछि मनोनयनका पक्षमा ५१ र विपक्षमा ५० मत खसेको थियो ।

फक्स न्युजका कार्यक्रम संचालक पिट हेगसेथ भूतपूर्व अमेरिकी सैनिक समेत हुन् । हेगसेथले अफगानिस्तान र इराकमा सेवा गरेर लामो सैन्य अनुभव बटुलेका थिए । मिनेसोटा निवासी हेगसेथले प्रिन्सटन विश्वविद्यालयबाट स्नातक गरेका थिए । जहाँ उनी द प्रिन्सटन टोरी नामको एक रूढिवादी पत्रिकाका प्रकाशक थिए । त्यसमा उनले बगदादमा २००३ मा सद्दाम हुसेनको मूर्ति ढालेको देखेको बारेमा लेखेका थिए।

ट्रम्पको रक्षामन्त्रीमा हेगसेथको मनोनयनमा सिनेटमा बराबर मत, उपराष्ट्रपतिले गरे टाइब्रेक
(साउल लोब / एएफपी )

उनले हार्वर्ड केनेडी स्कूलबाट सार्वजनिक नीतिमा स्नातकोत्तर गरेका थिए । हेगसेथको पुस्तक न्यु योर्क टाइम्सको बेस्ट सेलर “द वार अन वारियर्स: बिहाइन्ड द बिट्रेयल अफ द मेन हु किप अस फ्री” जुनमा प्रकाशित भएको थियो।

उनले अनौपचारिक सल्लाहकारको रूपमा पनि वर्षौंदेखि ट्रम्पलाई सहयोग गरेका थिए । पहिलो कार्यकालमा उनलाई विभिन्न पदका लागि विचार गरिए तापनि अन्ततः उनी छनोटमा परेनन् ।





Source link

Leave a Comment