जनस्वास्थ्य शिक्षा आवश्यक : RajdhaniDaily.com


नेपाली समाजले शिक्षा आर्जन गर्नु भनेको जागिर खानका लागि हो भन्ने कोणबाट बुझेको पाइन्छ । समाजमा पढे–लेखेपछि ठूलाठूला पदहरूमा पुग्न सकिन्छ । धन तथा सामाजिक प्रतिष्ठा आर्जन गर्न सकिन्छ भन्ने बुझाइले जरा गाडेको छ । अझै कतिपय अभिभावकहरूको मनोविज्ञान त छोराछोरीलाई डाक्टर वा इन्जिनियर बनाउनुपर्छ भन्ने रहेको पाइन्छ । उल्लिखित सामाजिक बुझाइलाई पूर्ण रूपमा गलत भन्न त मिल्दैन तथापि शिक्षा आर्जनको उद्देस्य डाक्टर, इन्जिनियर बन्न वा जागिर खाएर धन आर्जन गर्नका लागि मात्र होइन । शिक्षाले व्यक्ति, समाज र सिंगो मुलुकको सर्वांगीण विकासका लागि भूमिका खेल्छ ।

व्यक्ति वा समाजको सर्वांगीण विकासअन्तर्गतको एउटा पाटो हो स्वस्थ जीवनयापन गर्नु । स्वस्थ जीवनका लागि जनस्वास्थ्य शिक्षाको ज्ञान आवश्यक ठानिन्छ । जनस्वास्थ्य शिक्षाअन्तर्गत सरसफाइ, खानपान, घरवरिपरिको वातावरण, भान्सामा प्रयोग हुने खाद्यपदार्थ, पिउने पानी, स्वास्थ्यलाई आवश्यक पर्ने प्रोटिन, भिटामिन, क्याल्सियमलगायतका आवश्यक तत्वहरूको उपयोग, आहार, विहार, ध्यान, व्यायाम आदिजस्ता कुराहरूका ’boutमा ज्ञान हुन आवश्यक हुन्छ । मादक पदार्थको सेवन, धूमपान, लागूपदार्थ दुव्र्यसनका कुलतहरूबाट टाढा रहन सक्ने चेतनाको विकास गर्नका लागि पनि जनस्वास्थ्य शिक्षाको ज्ञान आवश्यक ठानिन्छ ।

उपभोक्ता अधिकारको उपयोग पनि जनस्वास्थ्य शिक्षासँग सम्बन्धित हुन्छ । उपभोक्ता अधिकार बीसांै शताब्दीको उत्तराद्र्धतिर अमेरिकाबाट विकास भएको हो । उपभोक्ताको हकहितको संरक्षणका लागि नेपाल सरकारले पनि २०५४ मा उपभोक्ता संरक्षण ऐन २०५४ जारी ग¥यो । नेपालको संविधान २०७२ ले पनि उपभोक्ता अधिकारलाई मौलिक अधिकारको रूपमा स्वीकार गरेको छ । उपभोक्तहरूले उपयोग गर्ने खाद्य पदार्थ, औषधिलगायतका उपभोग गर्ने वस्तुहरूप्रति सचेत हुनका लागि समाजमा जनस्वास्थ्य शिक्षाको ज्ञान अनिवार्य हुन्छ । अहिले आम जनतामा उपभोक्ता अधिकारसम्बन्धी चेतनाको अभाव छ । समाजमा रहेका अशिक्षा, अज्ञान तथा जनस्वास्थ्य शिक्षाको ज्ञान कमजोर भएकाले उपभोक्ताहरू ठगिएको अवस्था छ ।

हाम्रो समाजमा उपभोक्ताहरू अनुचित व्यापारी क्रियाकलापहरूबाट ठगिएको अवस्था छ । व्यापारीहरूले गुणस्तरहीन वस्तुहरूको बेचबिखन गर्न नपाइने व्यवस्था छ । तर, बजारमा बिक्री गरिने उपभोग्य वस्तु वा सेवाको मूल्य, गुण, परिमाण, शुद्धता, गुणस्तर, उत्पादन मिति, गुणस्तरहीन वस्तुको पहिचान, म्याद समाप्त हुने मिति, मिश्रणको अवस्था, मूल्य, तौललगायतका विशेषताहरूका ’boutमा समाज सचेत भएको पाइँदैन । उपभोक्ता अधिकारसम्बन्धी ज्ञानको अभावले उपभोक्ताहरू ठगिएको अवस्था छ । यस कोणबाट हेर्दा समाजमा जनस्वास्थ्य शिक्षाको ठूलो अभाव रहेको अवस्था देखिन्छ ।

जनस्वास्थ्य शिक्षाले समाजलाई भान्सामा प्रयोग गर्ने खाद्य पदार्थ, औधषि, पेय पदार्थ वा उपभोग्य सम्पूर्ण सामग्रीप्रति सचेत हुन ज्ञान दिन्छ । यसले बजारमा उपलब्ध हुने सम्पूर्ण वस्तुका ’boutमा जानकारी लिई गणस्तरीय वस्तुहरू खरिद गर्न सचेत बनाउँछ । जनस्वास्थ्य शिक्षाको अभावमा देशको संविधानले प्रदान गरेको उपभोक्तासम्बन्धी अधिकारका ’boutमा समाज प्रशिक्षित हुन सकेको अवस्था छैन । जनस्वास्थ्य शिक्षाले उपभोक्ताहरूलाई सचेत बनाउनुका साथै बजारमा व्यापारीहरूले सिर्जना गर्ने कृत्रिम अभाव, मूल्य सूचीको अवस्था, बिलहरू लिने बानीको विकास, जीउ, ज्यान, स्वास्थ्यमा पर्ने प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा पर्ने नकारात्मक असरजस्ता कुराको जानकारी दिन्छ ।

स्वास्थ्य नै मानिसको पहिलो धन हो । स्वस्थ नागरिक देशको ठूलो पुँजी हो । पढ्नु, प्रमाणपत्रधारी हुनु शिक्षाको एउटा पक्ष हो भने व्यावहारिक ज्ञानसहितको शिक्षा आर्जन गर्नु अर्को महत्व पूर्ण पक्ष हो । सिद्धान्तले भरिएका किताबहरूको पठनपाठनले तर्क, वितर्क, व्याख्या, विश्लेषण तथा विचारविमर्श गर्न सिकाउँछ । परन्तु, व्यावहारिक पक्ष सिकाउन सक्दैन । व्यावहारिक शिक्षा आजको आवश्यकता हो । व्यावहारिक शिक्षाअन्तर्गतको एउटा सेक्सन भनेको जनस्वास्थ्य शिक्षा हो । स्वास्थ्य विज्ञहरू भन्छन्, मानिसको धेरैजसो रोगको कारण हाम्रो भान्सा हो । मानिसले गर्ने खानपानबाट नै धेरैजसो रोग लाग्ने गर्छन् । एउटा व्यक्तिको स्वास्थ्यको अवस्थाले उसको परिवारलाई असर गर्छ । घर, परिवारमा अस्वस्थ तथा रोगी भएमा परिवारको आर्थिक प्रगतिमा प्रत्यक्ष प्रभाव पार्छ । यसैगरी, समाजका धेरै मानिस अस्वस्थ भएमा समाज र सिंगो देशलाई नै प्रभाव पार्छ । यस कोणबाट हेर्दा समाजका हरेक व्यक्ति स्वस्थ हुन आवश्यक हुन्छ । यसका लागि समाज जनस्वास्थ्य शिक्षाले प्रशिक्षित हुन आवश्यक छ ।

अहिले बजारमा जंकफुडहरूको प्रयोग व्याप्त छ । जसलाई फास्टफुट पनि भन्ने गरिन्छ । आधुनिक समाज निर्माणको प्रक्रियासँग सहरदेखि गाउँसम्म चाउचाउ, चाउमिन, मोमोलगायतका खानेकुराहरू व्याप्त रूपमा खाद्यपदार्थको रूपमा प्रयोग हुने गरेको छ । विद्यालयदेखि विश्वविद्यालयसम्मका विद्यार्थी, शिक्षक, प्राध्यापकहरूलगायत विभिन्न कार्यालयहरूमा कार्यरत पढे–लेखेको जमातले पनि उल्लिखित परिकारहरूको अत्यधिक प्रयोग गरेको अवस्था छ । चुरोट खान स्वास्थ्यका लागि हानिकारक हुन्छ भन्ने पाठ पढाउने गुरुहरूले नै चुरोट सल्काएको देखिन्छ । बिरामीलाई चिल्लो, पिरो, चुरोट, सुर्तीजस्ता पदार्थहरू खानु हुँदैन भनेर सल्लाह दिने कुनै न कुनै डाक्टरहरू पनि चुरोट खाने गरेको देखिन्छ । यस कोणबाट हेर्दा अरूलाई सल्लाह दिन जति सजिलो छ, त्यत्ति नै गाह्रो हाम्रो व्यावहारिक जीवनमा लागू गर्न हुँदो रहेछ । यसरी हेर्दा पढेको कुराहरू हरेक व्यक्ति एवं व्यक्तित्वहरूले व्यवहारमा लागू गर्नुपर्छ भन्ने कुरा बुभ्mन पनि त्यत्तिकै जरुरी छ ।

पढ्नुको अर्थ प्रमाणपत्र मात्र आर्जन गर्नु होइन । व्यावहारिक जीवनमा परिवर्तन गर्नु हो । व्यावहारिक जीवनको पहिलो सर्त आप्mनो स्वास्थ्यलाई स्वस्थ राख्नु हो । समाजका हरेक मानिस स्वस्थ भएमा समाज तथा देशको सिंगो स्वास्थ्य जीवन स्वस्थ हुन्छ । स्वस्थ जीवनका लागि आहार, विहार तथा वातावरणको ठूलो महत्व हुन्छ । हाम्रो देशको सन्दर्भमा उल्लिखित तीनवटै पक्षहरूमा गम्भीर भएर ध्यान दिएको पाईंदैन । खानपानको सन्दर्भमा कुरा गर्दा गाउँले जीवनभन्दा सहरी जीवन अझै जोखिममा रहेको देखिन्छ । हरेक वस्तुमा मिसावट छ । हाम्रा भान्सामा भित्रिने तरकारी, फलपूmल आदिमा अत्यधिक मात्रामा रासायनिक मलको प्रयोग भएको अवस्था छ ।

सिद्धान्तले भरिएका किताबहरूको पठनपाठनले तर्क, वितर्क, व्याख्या, विश्लेषण तथा विचारविमर्श गर्न सिकाउँछ । तर व्यावहारिक पक्ष सिकाउन सक्दैन । व्यावहारिक शिक्षा आजको आवश्यकता हो । व्यावहारिक शिक्षाको एउटा शाखा जनस्वास्थ्य शिक्षा हो । घर, परिवारमा अस्वस्थ तथा रोगी भएमा परिवारको आर्थिक प्रगतिमा प्रत्यक्ष प्रभाव पार्छ । समाजका धेरै मानिस अस्वस्थ भएमा समाज र सिंगो देशलाई नै प्रभाव पार्छ । समाजका हरेक व्यक्ति स्वस्थ हुन आवश्यक हुन्छ । यसका लागि समाज जनस्वास्थ्य शिक्षाले प्रशिक्षित हुन आवश्यक छ

बढ्दो यातायात, धूलाम्मे बाटाहरू, जथाभावी रूपमा प्mयाँकिने फोहोर, आगजनीलगायतले वातावरणलाई प्रदूषित बनाएको अवस्था छ । यसर्थ, स्वस्थ वातावरणको महत्वका ’boutमा जानकारी गराउन पनि जनस्वास्थ्य शिक्षा आवश्यक ठानिन्छ । सहरी क्षेत्रमा अग्र्यानिक खाद्यवस्तुको अभाव छ । रासायनिक मलको अत्यधिक प्रयोगले खाद्यवस्तुहरू रोग निम्त्याउने स्रोत बनेको अवस्था छ । अहिले नेपाली समाजको भान्साघरमा अखाद्य वस्तुको भेला हुने गर्छ । एकातिर यो अवस्था उपभोक्ताको बाध्यात्मक परिस्थिति हो भने अर्कोतिर नेपाली समाजमा उपभोक्ता अधिकारका ’boutमा समाज त्यति जागरुकता देखिँदैन ।

देशको राजधानी काठमाडौं अत्यन्त प्रदूषित सहरहरूमध्ये एक हो । काठमाडौं उपत्यकाभित्र बग्ने नदीहरू अत्यन्त प्रदूषित छन् । यहाँका नदीहरूमा ढलहरू मिसाइएको छ । आपूm बस्ने सहर तथा यहाँका नदीनाला, पर्यावरणलगायतलाई स्वच्छ, सफा र सुन्दर बनाउने काम राज्य, सम्बन्धित संघसंस्थाहरूलागायत त्यहाँका नागरिकहरूको हो । हाम्रो राजधानी काठमाडौं संसारकै प्रदूषित सहरको रूपमा परिणत हुने गरेका समाचारहरू आउने गर्छन् ।

शिक्षाविद थोमसनले भनेझैं शिक्षा व्यक्तिको बानी, व्यवहार, विचार र धारणाहरूको स्थायी रूपमा परिवर्तन ल्याउने माध्यम हो । जनस्वास्थ्य शिक्षाले गुणस्तरीय जीवनमा महत्वपूर्ण भूमिका खेल्छ । गुणस्तरीय जीवनअन्तर्गत स्वस्थ जीवन जिउने कलाको ज्ञान तथा अभ्यास आवश्यक छ । स्वस्थ वातारण, सरसफाइ, खानपान, सोचविचारजस्ता कुराहरूको ज्ञानको स्रोत जनस्वास्थ्य शिक्षा हो । जनस्वास्थ्य शिक्षाको ज्ञानबाट मात्र स्वस्थ समाज निर्माण हुन सक्छ । यस अर्थमा जनस्वास्थ्य शिक्षाको ठूलो महत्व छ ।

शिक्षा आर्जनका बाटा र पाटाहरू धेरै छन् । औपचारिक, अनौपचारिक एवं अनियमित शिक्षाको माध्यमले व्यक्ति एवं समाज शिक्षित, दीक्षित तथा प्रशिक्षित हुन्छ । जनस्वास्थ्य शिक्षाको सन्दर्भमा उल्लिखित शिक्षाका तीनवटै क्षेत्रहरू कमजोर रहेको अवस्था छ । देशको शिक्षा प्रणालीमा जनस्वास्थ्य शिक्षाको विषयवस्तुलाई पर्याप्त रूपमा समावेश गरिएको छैन । विद्यालयतहको पाठ्यक्रम, पाठ्यपुस्तक तथा शिक्षण सिकाइमा जनस्वास्थ्य शिक्षाको विषयवस्तुलाई समेट्न जरुरी छ । कम से कम विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूले अस्वस्थ खानेकुराले विभिन्न प्रकारका रोग निम्त्याउने विषयका ’boutमा हाम्रा विद्यार्थीहरूले अध्ययन गर्न पाउनुपर्छ ।

हामीले खाने खाद्यवस्तु जिब्राको स्वादका लागि मात्र नभएर सम्पूर्ण शरीर प्रणालीलाई फाइदा हुने खालको हुनुपर्छ । स्वास्थ्य विज्ञहरूका अनुसार बेलाबेलामा सरुवा रोगहरूको संक्रमण बढ्नुके पछाडि जनतामा रहेको जनस्वास्थ्यको कारण हो । समाजमा सामान्य जनस्वास्थ्यसम्बन्धी ज्ञानको अभाव छ । नेपालको ठूलो जनसंख्याले आप्mनो स्वास्थ्यको अवस्था के कस्तो छ भनेर कम से कम एक वर्षमा एकपटक अस्पतालहरूमा चेकजाँच गराएको अवस्था छैन । मानिस बिरामी परे भने उसलाई अस्पतालमा नलग्ने, धामी, झाँक्री लगाउने, तातो फलामले डाम्नेजस्ता कार्यहरू हुने गर्छन् ।

जनस्वास्थ्य शिक्षालाई औचारिक तथा अनौपचारिक शिक्षाको माध्यमबाट समाजलाई प्रशिक्षित गराउनु आजको आवश्यकता हो । औपचारिक शिक्षाको माध्यमको कुरा गर्दा विद्यालयतहको पाठ्यक्रम तथा पाठ्यपुस्तकहरूमा जनस्वास्थ्य शिक्षाको विषयवस्तुलाई समावेश गर्नुपर्छ । पाठ्यक्रमविद् हिल्टा टावाले पाठ्यक्रमलाई विद्यालयभित्र र बाहिर विद्यार्थीमा ऐच्छिक उपलब्धिहरू प्राप्त गराउने साधन भनेजस्तो यो साधनबाट विद्यालयस्तरका विद्यार्थीहरूलाई जनस्वास्थ्य शिक्षाको ज्ञान प्रदान गर्नुपर्छ ।

पाठ्यक्रमलाई राष्ट्रिय शिक्षा पद्घति योजना २०२८ ले शिक्षाको उद्देश्य प्राप्तिका लागि बनाइएको शैक्षिक कार्यक्रम हो, भनेको छ । यो कार्यक्रमअन्तर्गत शिक्षाको उद्देश्य स्वस्थ जनशक्ति उत्पादन गर्न राज्यले जनस्वास्थ्य शिक्षालाई शिक्षा प्रणालीमा समावेश गर्नुपर्छ । यसो गर्दा जनस्वास्थ्य शिक्षालाई विद्यालयतहदेखि उच्चशिक्षाको पाठ्क्रममा पनि आवश्यकताको आधारमा समावेश गर्नुपर्छ । यसो भएमा हरेक घर परिवारहरूमा जनश्वास्थ्य शिक्षाको ज्ञान भएका शिक्षत जनशक्ति उत्पादन हुन सक्छन् ।

युनेस्कोले शिक्षाको उद्देश्य प्राप्तिका लागि विद्यालय तथा शिक्षकद्वारा विद्यार्थीका लागि तयार गरिएको योजना र निर्देशनअनुसारको सम्पूर्ण अनुभवको सँगालो हो भनेको छ । वर्तमान समाजको चरित्रको अध्ययन तथा अभिभावकहरूको अनुभवले के बताउँछ भने अहिलेका बालबालिकाहरूले घरको स्वस्थ खानेकुराभन्दा बढी बजार वा पसलमा पाइने रेडिमेड खानेकुराहरू अत्यन्त मन पराउँछन् । बजारमा पाइने विभिन्न प्रकारका खानेकुराहरूमा बालबालिकाहरूको जिब्राको स्वाद बसेको छ । यो स्वादभित्र निम्तने अनेक प्रकारका रोगका ’boutमा सचेतनाको अभाव छ । स्वस्थ तथा अग्र्यानिक खानेकुरामा भन्दा विभिन्न रसायनहरूको मिलावटबाट निर्मित जिब्राको स्वादका लागि बनेका खानेकुराहरूको प्रयोग भइरहेको छ ।

नेपाली समाजमा हुर्कदै गएको आधुनिक जीवनशैलीसँगै प्रयोगमा आएका खाद्य तथा उपभोग्य वस्तुहरूका ’boutमा पर्याप्त ज्ञान हुन आवश्यक हुन्छ । एकातिर औपचारिक शिक्षा प्रणालीमा जनस्वास्थ्य शिक्षाको विषयवस्तुलाई समावेश गर्नुपर्छ भने अर्कोतिर समाजमा अझै पनि विद्यालय शिक्षाबाट वञ्चित रहेको ठूलो जनसंख्यालाई जनस्वास्थ्य शिक्षाका ’boutमा प्रशिक्षित गराउनु त्यत्तिकै ठूलो चुनौती छ । औपचारिक शिक्षाको सुविधाबाट बञ्चितहरूलाई पनि अनौपचारिक जनस्वास्थ्य शिक्षाका तालिमहरू चलाउनुपर्छ ।

अन्त्यमा, राज्यले स्वास्थ्यामा ठूलो लगानी गरेको छ । नागरिकहरू रोगी वा कमजोर भएमा देशको विकासको गति रोकिन्छ । रोग लागेर उपचार गर्नुभन्दा रोग नै लाग्न नदिने उपायहरू अवलम्बन गर्न बुद्धिमानी ठहर्छ । यस सन्दर्भमा जनस्वास्थ्य शिक्षाअन्तर्गत पर्ने सम्पूर्ण कुराको जानकारी उपलब्ध गराउन शिक्षाको सहारा लिन अनिवार्य हुन्छ । यस सन्दर्भमा राज्यले औपचारिक शिक्षाअन्तर्गत देशको शिक्षा प्रणालीमा जनस्वास्थ्य शिक्षालाई समावेश गर्नुपर्छ भने अर्कोतिर हरेक स्थानीय तहहरूमा जनस्वास्थ्य शिक्षाको विषयवस्तुको आधारमा तालिम कक्षाहरू राष्ट्रव्यापी अभियानको रूपमा सञ्चालन गरी जनस्वास्थ्य शिक्षाको विषयवस्तुले प्रशिक्षित गर्न आवश्यक छ ।

(Visited 13 times, 1 visits today)





Source link

Leave a Comment