स्ववियु चुनाव चैत ५ गते गर्ने सहमति



प्रकाशित मिति : माघ ७, २०८१ सोमबार

स्वतन्त्र विद्यार्थी युनियनको चुनाव आगामी चैतको ५ गते हुने भएको छ । २०७९ को चैत ५ गते नै स्ववियु चुनाव भएको थियो ।

त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष डाक्टर खड्क केसीको अध्यक्षतामा बसेको विद्यार्थी कल्याण परिषद्को बैठकले चैत्र ५ गते स्ववियु चुनाव गर्ने सहमति जुटाएको परिषद्का सदस्य सचिव पशुपति अधिकारीले जानकारी दिनुभयो ।

त्रिविको वार्षिक क्यालेण्डरमा फागुनको १५ गते चुनावको समय तोकिएको छ । तर अघिल्लो चुनाव चैत ५ गते भएकाले कानुनी जटिलता आउनसक्ने संभावनालाई मध्यनजर गरेर चुनावको मिती तय गरिएको बताइएको छ ।

प्रत्येक दुई दुई वर्षमा हुने स्ववियु निर्वाचन २०६५ सालदेखि नियमित रुपमा हुन सकेको थिएन।

विसं २०६५ चैत ६ गते भएको स्ववियु निर्वाचन एकैपटक २०७३ चैत १५ गते भएको थियो । त्यसपछि भने २०७९ चैत ५ गते देशभरि नै केही क्याम्पसबाहेकमा सम्पन्न भएको थियो ।

स्ववियु निर्वाचन देशभरिका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा हुनेछ । निर्वाचनका लागि २८ वर्षे उमेर हद र मिश्रित निर्वाचन प्रणालीको व्यवस्था अवलम्बन गरिएको छ।





Source link

Leave a Comment