ग्रिनकार्ड वा आप्रवासी भिसा स्पोन्सरका लागि स्पोन्सरकर्ताको आम्दानीको मापदण्ड बढाइदै



प्रकाशित मिति : माघ ५, २०८१ शनिबार

set of black opened envelope and cash dollars

परिवारमा आधारित ग्रिनकार्ड वा आप्रवासी भिसा स्पोन्सरका लागि स्पोन्सरकर्ताको आम्दानी गतबर्षको तुलनामा बढी हुनुपर्ने प्रावधान ल्याउने तयारी गरिएको छ । डिपार्टमेन्ट अफ हेल्थ एण्ड ह्युमन सर्भिसले  पोभर्टी गाइडलाइन अपडेट गरेको छ भने आगामी केही दिनमा युएससीआइएसले यसको आधारमा स्पोन्सरकर्ताको आम्दानीको स्तर निर्धारण गर्ने अपेक्षा गरिएको छ ।

अहिलेसम्म अलास्का र हवाई बाहेक ४८ राज्यमा बस्नेहरुका सन्दर्भमा यदि स्पोन्सरकर्ताले कसैलाई स्पोन्सर गर्नुपर्ने भएमा उसको बार्षिक आम्दानी कम्तीमा २५ हजार ५ सय ५० डलर  भन्दा माथि हुनुपर्ने प्रावधान रहेकोमा अब छिट्टै युएससीआईएसले यो रकम २६ हजार ४ सय ३७ डलर  ५० सेन्टस भन्दा बढी हुनुपर्ने प्रावधान ल्याउने अपेक्षा गरिएको छ ।

ग्रिनकार्ड वा आप्रवासी भिसा स्पोन्सरका लागि स्पोन्सरकर्ताको आम्दानीको मापदण्ड बढाइदै
अलास्का र हवाईबाहेक अमेरिकाका ४८ राज्य र वासिंटन डिसीका लागि २०२५ का लागि तोकिएको पोभर्टी गाइडलाइनको १२५ प्रतिशत ।

डिपार्टमेन्ट अफ हेल्थ एण्ड ह्युमन सर्भिसले शतप्रतिशत पोभर्टी गाइडलाइनको रकम २ जनाको परिवारका लागि २१ हजार १ सय ५०  कायम गरेको छ, जुन २०२४ को  २० हजार ४ सय ४० डलर भन्दा बढी हो ।  एकजना भन्दा बढी स्पोन्सर गर्नेहरुको सन्दर्भमा वा परिवारमा एकजनाभन्दा बढी हुनेहरुको सन्दर्भमा भने आम्दानीको मापदण्ड प्रतिव्यक्ति ६ हजार ८ सय ७५ डलर थप्दै जानुपर्छ । कसैलाई स्पोन्सर गर्नका लागि पोभर्टी गाइडलाइनको १२५ प्रतिशत भन्दा माथि आम्दानी हुनुपर्ने भएकाले स्पोन्सरकर्ताको आम्दानीको मापदण्डमा परिवर्तन हुने भएको हो ।

स्पोन्सरकर्ता अमेरिकी सेनामा रहेको छ र उसले दम्पत्ति वा छोराछोरीलाई स्पोन्सर गर्नुपर्ने छ भने पोभर्टी गाइडलाइनको १ सय प्रतिशतमात्र आम्दानी भए पुग्छ । अर्थात् २१ हजार १ सय ५० डलरसम्म आम्दानी भएको एकल व्यक्तिले एकजनालाई स्पोन्सर गर्नसक्छ ।

युएससीआइएसले गतबर्ष नयाँ मापदण्ड मार्च १ बाट लागु गरेको थियो । यो बर्षपनि त्यही सेरोफेरोमा लागु गर्ने अपेक्षा गरिएको छ । अर्थात् अहिले नै स्पोन्सर गर्नेहरुका लागि सन् २०२४  को मापदण्ड अनुशार नै आम्दानी भए पुग्छ । अलास्का र हवाई राज्यमा बस्नेहरुका सन्दर्भमा यो रकम अलग्गै रहेको छ ।

तोकिएको आम्दानी हुने व्यक्तिले भिसा वा ग्रिनकार्डका लागि स्पोन्सर गर्न सक्छ । खासगरी फर्म आई ८६४ भर्दा न्यूनतम आम्दानीको मापदण्ड पूरा गरेको हुनुपर्छ । यसरी स्पोन्सर गरिएको व्यक्तिले १० बर्षभित्र अमेरिकामा आएर सरकारी सुविधा लिएमा त्यसको क्षतिपूर्ति स्पोन्सरकर्ताबाट अमेरिकी सरकारले लिनसक्ने कानुनी प्रावधान रहेको छ ।

अलास्का र हवाईमा हुनेहरुका लागि भने अन्य राज्यको तुलनामा बढी आम्दानी भएको हुनुपर्छ । हवाईमा हुनेहरुको तुलनामा अलास्कामा हुनेहरुको तुलनामा अझ बढी आम्दानी हुनुपर्ने प्रावधान रहेको छ ।

अमेरिकामा विभिन्न प्रकारका आप्रवासी भिसामा आउनका लागि दुई प्रकारका स्पोन्सर फर्मको आवश्यकता पर्छ । सामान्यतया परिवारमा आधारित भिसाका लागि स्पोन्सरकर्ताले आई ८६४ नामको स्पोन्सर फर्म भर्नुपर्छ भने रोजगारमा आधारित, डिभी लोटरी र मंगेतर भिसा के वानका लागि आई १३४ नामको स्पोन्सर फर्म भर्नुपर्छ ।

ग्रिनकार्ड वा आप्रवासी भिसा स्पोन्सरका लागि स्पोन्सरकर्ताको आम्दानीको मापदण्ड बढाइदै

स्पोन्सरकर्ताले आई ८६४ नामको स्पोन्सर फर्म भर्दा आम्दानीको मापदण्ड पोभर्टी गाइडलाइनभन्दा १२५ प्रतिशतमाथि हुनुपर्छ भने आई १३४ नामको स्पोन्सर फर्म भर्दा पोभर्टी गाइडलाइनभन्दा एकसयप्रतिशतमाथि भए पुग्छ । अर्थात् आई १३४ फर्म भरेर स्पोन्सर गर्दा कम आम्दानी भए पुग्छ ।

फर्म आई ८६४ भर्ने स्पोन्सरकर्ताले स्पोन्सर गरिएको व्यक्ति अमेरिकामा आएर सरकारी सुविधा खाएमा त्यसको क्षतिपूर्ति सरकारलाई तिर्नुपर्ने हुनसक्छ भने आई १३४ स्पोन्सरमा त्यस्तो बाध्यता नहुनसक्छ ।





Source link

Leave a Comment