टिकटकको चेतावनी : अमेरिकी सरकारले हस्तक्षेप नगरे जनवरी १९ मा प्लेटफर्म बन्द गर्न बाध्य हुने छौं



प्रकाशित मिति : माघ ४, २०८१ शुक्रबार

अमेरिकी सरकारले हस्तक्षेप नगरे टिकटकले आफू ‘गो डार्क’ हुने चेतावनी दिएको छ ।

टिकटकले ह्वाइट हाउस र न्याय विभागले सेवा उपलब्ध गराउने प्रदायकहरूलाई आवश्यक स्पष्टता र आश्वासन प्रदान गर्न नसकेको आरोप लगाएको छ।

टिकटकलाई प्रतिबन्ध उल्लंघन गरेकोमा सजाय नदिने आश्वासन सरकारले दिएन भने जनवरी १९ मा प्लेटफर्म बन्द गर्न बाध्य हुने टिकटकले जनाएको छ ।

यो वक्तव्य अमेरिकी सर्वोच्च अदालतले शुक्रबार दिएको निर्णयपछि आएको हो । अदालतले टिकटकको चीनमा आधारित मूल कम्पनी बाइटडान्सले आइतबारभित्र प्लेटफर्मलाई बेच्नुपर्छ, अन्यथा प्रतिबन्ध लाग्ने निर्णय सुनाएको थियो ।

पछिल्लो वर्ष अप्रिलमा पारित उक्त कानुनले बाइटडान्सलाई अमेरिकी संस्करणको टिकटक तटस्थ पक्षलाई बेच्नुपर्ने व्यवस्था गरेको थियो ।

टिकटकले यो कानुनले अमेरिकी प्रयोगकर्ताहरूका अभिव्यक्ति स्वतन्त्रताको उल्लंघन गरेको तर्क गर्दै चुनौती दिएको थियो ।

तर सर्वोच्च अदालतको निर्णयसँगै केही दिनभित्र खरिदकर्ता नभेटिएमा अमेरिकी संस्करण एप स्टोर र वेब होस्टिङ सेवाबाट हटाइनेछ । यो प्रतिबन्ध चिनियाँ जासुसीको विषयमा अमेरिकामा बढ्दो चिन्तासँग मेल खान्छ ।

साइबर सुरक्षासम्बन्धी विश्लेषकहरूले टिकटकले प्रयोगकर्ताका डाटाहरूलाई सीमाभन्दा बाहिर सङ्कलन गर्नसक्ने आशंका गरेका छन् । अमेरिकी महान्यायाधिवक्ता मेरिक गार्ल्यान्डले अधिनायकवादी शासनले अमेरिकी डाटाहरूमा अप्रतिबन्धित पहुँच पाउन नहुने बताएका छन्।

टिकटकको चेतावनी : अमेरिकी सरकारले हस्तक्षेप नगरे जनवरी १९ मा प्लेटफर्म बन्द गर्न बाध्य हुने छौं

चीनले २०१७ मा एक कानुन लागू गरेको थियो । जसले विदेशी चिनियाँ नागरिकहरूलाई आफ्ना गुप्तचर एजेन्सीसँग सहकार्य गर्न बाध्य बनाउँछ ।

तर बेइजिङले यस्तो आरोप अस्वीकार गर्दै टिकटकलाई प्रतिबन्ध लगाउने कदमको आलोचना गरेको छ । टिकटकले पटक–पटक आफ्नो डाटा कुनै पनि सरकारलाई नदिएको बताउँदै आएको छ।

यो प्रतिबन्धले टिकटकका १७ करोड अमेरिकी प्रयोगकर्ता, सामग्री निर्माता र कर्मचारीहरूलाई गम्भीर रूपमा प्रभावित पार्नेछ ।





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School